काठमाडौं । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई […]
काठमाडौं । १९ औं एसियन गेम्स (एसियाड) का लागि नेपाल बास्केटबल संघले महिला बास्केटबल (थ्री बाई थ्री) राष्ट्रिय टिमको प्रारम्भिक छनोट गर्ने भएको छ । बुधबार संघका कार्यबाहक अध्यक्ष भीमसिंह गुरुङले वैशाख १७ र १८ गते राखेप सेमिइन्डोर कभर्डहलमा खेलाडी छनोट कार्यक्रम रहेको जनाए । ‘हामी यु–२३ को लङ नेम छनोट गर्न गइरहेको छौं,’ उनले […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बुधबार) गुजरात टाइटान्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै गुजरात शीर्ष स्थानमा उक्लने योजनामा छ । लिगमा ७ खेल खेलेको गुजरात १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा […]
काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन्। उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन्। सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा ९एमाले०को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन्। कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन्। उनी हाल तरुण […]
काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ। कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते हुन लागेको निर्वाचनमा सो संख्याको उम्मेदवारी परेको हो। यो सङ्ख्या मंगलबार राती ८ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ। प्रमुखमा ३ हजार ४६६, उपप्रमुखमा २ […]
विर्तामोड । मोरङबाट प्रहरीले दुई जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । क्लिनिक सञ्चालन गरेर ‘डाक्टर हुँ’ भन्दै उपचारको नाममा ठगेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका–१ मा श्री राम पायल्स क्लिनिकका सञ्चालक भारत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका–३ गछियामा कल्पना […]
काठमाडौं । सरकारले उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो । मन्त्रालयका अनुसार कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन […]
काठमाडौं । भारतको तमिलनाडु राज्यको तंन्जापुर जिल्लाको एक मन्दिरको रथ यात्राका क्रममा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। रथ यात्राको समयमा हाइ भोल्टेज तारको बिचमा रथ पुगेपछि करेन्ट लागेको थियो। घटनामा परी १५ जना घाइते भएका छन्। मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्। तन्जापुरका आइजी वि बालकृष्णका अनुसार […]
भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुर थिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन्। मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बरको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बाप्र०२–०२३प ७७६९ नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक–६ […]
झापा । आसन्न स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिए । आज र भोलि छानबिन […]