काठमाडौं । काठमाडौंमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। यो भेरियन्ट नेपालमा यसअघि धुलीखेल प्रयोगशालामा गरिएको परीक्षणमा अर्का एक जनामा पनि पुष्टि भएको थियो । काठमाडौंमा भने संक्रमण पुष्टि भएको पहिलो पटक हो । यस्तै […]
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति गठन भएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत संलग्न गराउने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र उनीमाथिको संसदीय छानविन सँगसँगै गराउन माग गरेको थियो सो माग अनुसार १ सदस्यीय छानबिन समिति गठन भएको हो। समितिमा नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन्। […]
काठमाडौं । बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढिरहेका छन् । बुधबार भारतमा १६ हजार एकसय ५९ जना, पाकिस्तानमा ८ सय १८ जना र दक्षिण कोरियामा १९ हजार तीनसय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । यसैगरी मलेसियामा २ हजार ९ सय ३२ जना नयाँ बिरामी थपिएका छन् भने ३ […]
काठमाण्डौ । विश्व टेस्ट च्याम्पियनशिप क्रिकेटको तालिकामा पाकिस्तानले भारतलाई उछिनेको छ । इङ्ल्यान्डसँग भएको पाँचौँ टेस्टमा ढिलो ओभर बलिङ गरेबापत भारतको अङ्क खोसिएपछि पाकिस्तान भारतलाई पछि पार्दै तालिकाको तेस्रो स्थानमा पुगेको छ । भारत चौथो स्थानमा झरेको छ । ढिला ओभरका कारण भारतीय खेलाडीको म्याच फी को ४० प्रतिशत रकम पनि कटौती गरिएको अन्तर्राष्ट्रिय क्रिकेट […]
झापा । झापामा परिवार नियोजन अन्तर्गत स्थायी बन्ध्याकरण गराउने पुरुषको सङ्ख्या न्यून रहेको छ । जिल्लामा स्थायी बन्ध्याकरण गराउने महिलाको तुलनामा पुरुषको सङ्ख्या निकै कम रहेको स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराईले जानकारी दिए । चालु आर्थिक वर्षमा हालसम्म ६९३ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । जसमध्ये महिलाको सङ्ख्या ६८४ (मिनिल्याप) र पुरुषको […]
काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनार्दन शर्माको […]
काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आफूबारे लागेको आरोपबारे आजको प्रतिनिधि सभा बैठकमा बोल्ने तयारी गरेका छन । उनले सभामुख अग्निप्रसाद सापकोटासँग बोल्नको लागि समय माग्ने तयारी गरेका छन। तर, प्रमुख प्रतिपक्षी दल एमालेले भने संसद्को रोष्ट्रममा अर्थमन्त्री शर्मालाई बोल्न नदिने बताएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा विचौलिया र व्यापारीका प्रतिनिधि […]
काठमाण्डौ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७ रुपैयाँ ३० पैसा तोकेको छ । यो अहिले सम्मकै उच्च हो । अस्ति एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ७८ पैसा थियो । गएको हप्तादेखि हरेक दिनजसो अमेरिकी डलरको भाउ उकालो लागिरहेको […]
काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडासँग दोस्रो एकदिवसीय क्रिकेट खेल्दैछ । खेल किङ सिटीमा नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ । नेपाल र क्यानडाबीच हिजो हुने भनिएको पहिलो एकदिवसीय भने वर्षाका कारण रद्द भएको थियो । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखला अघि नेपालले क्यानडाको भ्रमण गरेको […]
विराटनगर । विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो । महानगरले सडक मानवमुक्त अभियान सञ्चालनमा बढी जोड दिएको प्रमुख नागेश कोइरालाले बताए। उनका अनुसार काम गरेर खान सक्ने अवस्थाका व्यक्तिहरू पनि माग्न बस्ने गरेका छन् । अशक्त […]