मकवानपुर । मकवानपुर प्रहरीले ६ ग्राम ६८० मिली ग्राम लागुऔषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा हेटौंडा–२ बस्ने सन्तोष पोखरेलको कोठा चेकजाँच गर्ने क्रममा शंखभित्र लुकाएर राखेको अवस्थामा लागुऔषध खैरो हिरोइनसहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेको पोखरेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको […]
बाँके । बाँकेलगायत पश्चिम तराईका केही क्षेत्रमा दैनिक गर्मी बढ्दैसँगै लु–लाग्न सुरु भएको छ। दिउँसो १२ बजेदेखि २ बजेसम्म लु–लाग्ने गरेको हो। दिउँसो तातो लु अर्थात तातो हावा चल्दा यहाँको दैनिकी कष्टकर हुँदै गएको छ। दैनिक एकदेखि दुई घण्टासम्म तातो हावा लाग्ने गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ। तातो हावा चल्न थालेपछि […]
काठमाडौं । विक्रम लामाको अध्यक्षतामा फुटबल खेलाडी संघको नयाँ कार्यसमिति चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को असार ६ गते हुने केन्द्रीय निर्वाचनका र प्रतिनिधि छनोट तथा नयाँ कार्यसमिति छनोटका लागि आइतबार भएको बैठकले राष्ट्रिय खेलाडी लामालाई चयन गरेको हो । एन्फाको चुनावमा फुटबल खेलाडी संघको एक जनाले मतदान अधिकार पाउने छ […]
ताप्लेजुङ । १ लाख ५० हजार रुपैयाँ घुससहित ताप्लेजुङबाट मालपोत अधिकृतलाई अख्तियारले पक्राउ गरेको छ । कार्यालय प्रमुख समेत रहेकी अधिकृत लेखा पनेरू महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग माग गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको […]
झापा । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन सफल बनाउन झापाका नागरिक समाज, अधिकारकर्मी, निजी क्षेत्र तथा विभिन्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । संवाद समूह झापाको संयोजनमा आइतबार बिर्तामोडमा भएको छलफलमा सहभागीहरूले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय, उत्साहजनक सहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोगी एवम् सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका […]
झापा । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ३४ गैँडा मरेका छन्। दुई चोरी शिकारीबाट मारिएको अनुमान छ भने अन्य प्राकृतिक कारणले मरेका हुन्। निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणबाट ३३ गैँडा मरेका थिए। सबैभन्दा बढी एकै वर्षमा प्राकृतिक कारणबाट ४३ सम्म गैँडा मरेको तथ्याङ्क छ। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सबैभन्दा बढी जुधेर गैँडा मरेका […]
झापा । सुनसरीको बराहक्षेत्र नगरपालिकापा–४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । हिजो दिउँसो पौने १ बजे चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५०४ नम्बरको बस अनियनन्त्रीत भई नहरको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा बस धनि बराहक्षेत्र नगरपालिका–१ चतरा […]
काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो । बोर्डले यसअघि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका […]
सल्यान । सल्यानको बागचौर नगरपालिका–६ सिमखोलास्थित सडकमा शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन् । दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्र बहादुर विकको जिल्ला अस्पताल सल्यानमा […]
काठमाडौँ । आजदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकाको धारामा पुनः वितरण सुरु गरिएको छ। खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यकाको खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गरेका छन्। २०७८ साल अषाढ १ गते र त्यसपछिको बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचना पुनर्निर्माणपछि पुन काठमाडौँ उपत्यकामा पानी वितरण सुरु गरिएको […]