Sajhamanch Archive

३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित नभए सामूहिक राजीनामा दिने चेतावनी

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित नभए सामूहिक राजीनामा दिने चेतावनी.

मोरङ । ३३ प्रतिशत महिला उम्मेद्ववार सुनिश्चित गर्न माग गर्दै नेपाल महिला संघ मोरङले विराटनगरमा प्रदर्शन गरेको छ। उम्मेदवार मनोनयन सुरु हुनुअघि आइतबार बिहान विराटनगरस्थित नेपाली काँग्रेस प्रदेश १ को कार्यालय परिषरमा महिला संघले प्रदर्शन गरेको हो। गठबन्धनका कारण महिलाहरुले पाउने ३३ प्रतिशत पनि कुण्ठित हुने अवस्था आएपछि महिला संघले स्थानीय तह निर्वाचनमा कम्तिमा ३३ […]

आज १६औँ लोकतन्त्र दिवस देशभर मनाइँदै

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज १६औँ लोकतन्त्र दिवस देशभर मनाइँदै.

झापा । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे। विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो। […]

राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश, एसियाली खेलकुदमा २३ खेलमा सहभागिता

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश, एसियाली खेलकुदमा २३ खेलमा सहभागिता.

बिर्तामोड । सरकारले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने र एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद -राखेप_ बोर्ड बैठकले नवौँ राष्ट्रिय खेलकुदको खेल संख्या र चीनको होङझोउमा हुने १९औँ संस्करणको एसियाडका लागि सहभागी खेल संख्या निर्धारण गरेको हो । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा […]

निर्वाचनका लागि मोरङमा नेपाली सेनाको गस्ती सुरु, ४ हजार १ सय कर्मचारी खटिए

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on निर्वाचनका लागि मोरङमा नेपाली सेनाको गस्ती सुरु, ४ हजार १ सय कर्मचारी खटिए.

विराटनगर । प्रदेश १ का १ हजार ८ सय ७७ मतदान स्थलको सुरक्षाका लागि जनशक्ति परिचालनको काम अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश निर्वाचन आयोग विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता रहेका छन् । जसका लागि ४ हजार ५१ वटा […]

पेप्सिकोलामा जिपमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on पेप्सिकोलामा जिपमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु.

काठमाडौं । काठमाडौंको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलालीका १८ वर्षीय जगदीश […]

नगरपालिकाहरुले दर्ता गरेको रिटमाथि सर्वोच्चमा सुनुवाइ सुरु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on नगरपालिकाहरुले दर्ता गरेको रिटमाथि सर्वोच्चमा सुनुवाइ सुरु.

काठमाडौ् । संविधानसँग बाँझिएका कानूनहरु खारेजीको माग गर्दै नगरपालिकाहरुले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । संविधान जारी भएको साढे ६ वर्ष बितिसक्दा पनि पुराना कानून खारेज नभएको भन्दै देशभरका नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो । त्यो निवेदन शुक्रवारको संवैधानिक इजलासमा पहिलोपटक सुनुवाइ […]

सेनाको हेलिकोप्टर मार्फत सुत्केरीको उद्धार

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on सेनाको हेलिकोप्टर मार्फत सुत्केरीको उद्धार.

झापा । सङ्खुवासभको सिलिचोङ गाउँपालिकाबाट हेलिकोप्टर मार्फत एक सुत्केरीको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक लालध्वज सुवेदीले सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरेको जानकारी दिए । सुत्केरी व्यथा लागेपछि उनलाई बुधबार राति प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु भर्ना गरिएको थियो । उच्च रक्तचाप प्रभावित उनको त्यहाँ उपचार […]

सातामा नेप्से ८९.७९ अंकले गिरावट

Published: in अर्थतन्त्र by . Leave a Comment on सातामा नेप्से ८९.७९ अंकले गिरावट.

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको छ । चालू आर्थिक वर्षको सुरुवातसँगै शेयर बजारमा तिव्र रुपमा उतारचढाव भइरहेको छ । गत साता तीन दिन मात्रै कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो । पछिल्लो एक सातामा नेप्से गत साताको भन्दा उच्च ८९.७९ अंकले गिरावट आएको […]

दरबारमार्गबाट रेडपाण्डाको छालासहित २ जना पक्राउ

Published: in मिडियाबाट साभार by . Leave a Comment on दरबारमार्गबाट रेडपाण्डाको छालासहित २ जना पक्राउ.

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट प्रहरीले रेडपाण्डको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका–२ घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठ छन् । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरुलाई दरबारमार्गस्थित होटल मिर्चीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ […]

महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ.

पर्सा । महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ। दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भएको थियो। उनी घटनापछि फरार […]