Sajhamanch Archive

सिंहदरबारमा राखेपको बोर्ड बैठक

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on सिंहदरबारमा राखेपको बोर्ड बैठक.

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक सुरु भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक जारी छ । राखेपको बोर्ड बैठक तीन वर्षदेखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका […]

झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु.

विर्तामोड । झापाको बाह्रदशी गाँउपालिका–३ चारपाने राजगढमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय १९ वर्षीय दिपेश विष्ट रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको हो । विष्टले चलाएको प्रदेश २–०३—१९ प १८ ६४ नम्बरको मोटरसाइकल गएराती साढे […]

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

Published: in मिडियाबाट साभार by . Leave a Comment on कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ.

सप्तरी । कर्तव्य ज्यान मुद्दाका २० वर्ष कैद सजाय ठहर भएकी प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डललाई बिहीबार पक्राउ गरिएको सप्तरीका एसपी अभिनारायण काफ्लेले बताए । जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ मा उनलाई २० वर्ष कैद ठहर गरेको थियो । उनलाई राजगढ गाउँपालिका–५ […]

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनको काम स्थगित

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनको काम स्थगित.

काठमाण्डौ । राष्ट्रिय भूमि आयोगले लगत सङ्कलनको काम स्थगित गरेको छ । पालिका तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन हुँदै आएकोमा तत्कालका लागि स्थगित भएको आयोगले जनाएको छ । पालिका तहको चुनावसम्बन्धी आचारसंहिता लागू भएको, कर्मचारी चुनावमा खटिनुपर्ने र जनप्रतिनिधिले पनि चुनावी प्रक्रियामा भाग लिन राजीनामा दिनुपर्ने भएकाले पालिकाबाट भइरहेको लगत […]

आज विश्व पृथ्वी दिवसः ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ मनाइँदै

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on आज विश्व पृथ्वी दिवसः ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ मनाइँदै.

काठमाण्डौ । आज विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व पृथ्वी दिवसका दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरिन्छ । दिवसको अवसरमा पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम हुँदै आएका छन् । रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पुनः प्रयोग गर्न मिल्ने ऊर्जा तथा प्लास्टिकको कम […]

जिम्बाब्वे ए सँगको शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on जिम्बाब्वे ए सँगको शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा.

काठमाण्डौ । त्रिवि क्रिकेट मैदानमा हुने जिम्बाब्वे ए सँगको एकदिवसीय र टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बाब्वे ए सँगको शृङ्खलाका लागि आज शुक्रवार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । सन्दीप लामिछाने कप्तान रहेको टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित […]

हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on हेटौंडामा मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड.

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा निर्माणाधिन दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ। गएराति अज्ञात समूहले पार्कमा रहेका शालिकमाथि तोडफोड गरेको हेटौंडा–९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार पार्कमा बिहान मर्निङ्वाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि आफूलाई खबर गरेका […]

पत्रकार महासङ्घका सदस्य पालिका चुनावमा उम्मेदवार बनेमा स्वतः पदमुक्त हुने

Published: (Updated: ) in समाज by . Leave a Comment on पत्रकार महासङ्घका सदस्य पालिका चुनावमा उम्मेदवार बनेमा स्वतः पदमुक्त हुने.

काठमाण्डौ । नेपाल पत्रकार महासङ्घले आफ्ना कुनै पनि पदाधिकारी र सदस्य पालिका चुनावमा उम्मेदवारी दिएमा महासङ्घको पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ । महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा आज बिहीवार बसेको बैठकले सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले पालिका चुनावमा उम्मेदवार बन्न चाहेमा महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै […]

अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुग्यो

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुग्यो.

काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्को घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो । बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा […]

शेयर बजार सामान्य बढ्यो, १ अर्ब ६२ करोड रुपैयाँको कारोबार

Published: in अर्थतन्त्र by . Leave a Comment on शेयर बजार सामान्य बढ्यो, १ अर्ब ६२ करोड रुपैयाँको कारोबार.

झापा । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९४ अङ्कले बढेर दुई हजार तीन सय २५ दशमलव ४५ विन्दुमा पुगेको छ । आज बैंक, निर्जीवन बीमा, फाइनान्स र व्यापारबाहेक अरू समूहको शेयर सामान्य बढेको छ । शेयर बजार बढेको दिन दुई […]