काठमाण्डौ । भोलि शुक्रवारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु हुन लागेको हो । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो […]
ललितपुर । सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विस्फोट हुँदा ज्यान गुमाएका एक जनाको परिचय खुलेको छ । बिहीवार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रमा रहेको बिहान १० बजेर ५ मिनेटमा सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ पड्किँदा ब्रिजमोहन महतोको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक ब्रिजमोहन महतोको शरीर क्षतविक्षत भएको […]
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानविन गर्न […]
झापा । पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा कक्षा ८, १० र १२ को परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन । पालिकाले सञ्चालन गर्ने कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुने कक्षा १२ को परीक्षामा वर्षैपिच्छे प्रायः प्रश्न दोहोरिने गरेका छन् । यसैका कारण पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार […]
दमक । मतदाताहरु सत्ता गठबन्धन दलको बधुवा मजदुर नभएको नेकपा एमाले केन्द्रीय सचिव योगेश भटराईले बताएका छन्। प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सचिव भटराईले सत्तारुढ गठबन्धन दलले अहिलेका मतदातालाई बधुवा मजदुर बनाएर राख्न नसक्ने, आममतदाताहरु आफै स्वतन्त्र रहेको बताए । उनीहरुले सही विवेक प्रयोग गरेर […]
झापा । राजस्व न्यायाधिकरणको काठमाडौँ, विराटनगर, पोखरा, नेपालगन्ज कार्यालयले करसम्बन्धी मुद्दाको पुनरावेदन दर्ता गर्ने क्रममा मिलेमतो गरी धरौटी नै नलिई मुद्दा दर्ता गरिदिएको पाइएपछि लेखा समितिले त्यस सम्बन्धमा छानबिन थालेको हो । लेखा समितिका अनुसार विभिन्न सूचनाका आधारमा न्यायाधिकरणले पुनरावलोकन मुद्दा दर्ता गर्दा धरौटी नलिई मुद्दा दर्ता गरिदिएपछि राज्यकोषमा दाखिला हुनुपर्ने ५ अर्ब देखि ८ […]
झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ मा चितुवा आतंकले स्थानीय आजित बनेका छन् । ३ नम्बर वडा साविक बुधबारे गाविस ८ नम्बरमा पर्छ । स्थानीय आर्दश वन छेउमा गएराति चितुवाले स्थानीयको बाख्रा मारेको छ । खोरभित्र बाँधिएको बाख्रालाई आक्रमण गरि मारेको हो । चितुवाको आक्रमणबाट केही अन्य चौपाय पनि घाइते छन् । स्थानीय भोजराज बाँस्तोलाले […]
झापा । कपिलवस्तुको गोरुसिंगेस्थित सेनाको शमशेर दल गणमा गोली लागेर घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । गणको भित्री पोस्टमा कार्यरत झापा गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशी चौधरीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक जेसी शाहले बताए । राजवंशी गोली लागेको अवस्थामा […]
सिन्धुली । बोलेरोको ठक्करबाट मृत्यु भएपछि विपी राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन्। बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको मृत्यु भएपछि कारबाही र क्षतिपूर्तिको माग गर्दै विपी राजमार्ग अन्तर्गत सिन्धुलीमाडी–खुर्कोटखण्डको पिपल भन्ज्याङमा बुधबार स्थानीयले सडक अवरुद्ध गरेका हुन्। सो अवरोध खुलाउने क्रममा झडप हुँदा ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाका अनुसार, […]
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को ऊर्जा मन्त्रीस्तरीय तेस्रो बैठक आज सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकमा बिजुली व्यापारमा महत्वपूर्ण सफलता मिलेको छ । बैठकमा ऊर्जा व्यापार सहजीकरण, ‘ग्रीड कनेक्सन’ गुरुयोजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्न बिमस्टेक मुलुक सहमत बनेका हुन् । […]