Sajhamanch Archive

अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on अमेरिकी सांसदको प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने.

काठमाडौँ । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन्। सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल आउन लागेको हो। यही शुक्रबार यहाँ आइपुग्ने सो प्रतिनिधिमण्डलका सदस्यहरु आगामी आइतबारसम्म नेपालमा रहनेछन्। अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले उनीहरुले आगामी अप्रिल २२ देखि २४ सम्म […]

बालुवाटारमा सत्तागठबन्धन बैठक, उपमहानगर भागबन्डा टुंग्याउने तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on बालुवाटारमा सत्तागठबन्धन बैठक, उपमहानगर भागबन्डा टुंग्याउने तयारी.

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको छ। आज मध्यान्हदेखि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ। आजको बैठकमा ११ उपमहानगर भागबन्डा गर्ने तयारी छ। गए राति अबेरसम्म पनि गठबन्धन बैठक बालुवाटारमा बसेको थियो तर सहमतिमा पुग्न सकेको थिएन। जनकपुर उपमहानगरमा कांग्रेस र जसपाले दाबी गरेका […]

गण्डकीका अर्थमन्त्रीको गाडीको ठक्करबाट घाइते भएका व्यक्तिको मृत्यु

Published: in मिडियाबाट साभार by . Leave a Comment on गण्डकीका अर्थमन्त्रीको गाडीको ठक्करबाट घाइते भएका व्यक्तिको मृत्यु.

झापा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ को गाडीको ठक्करबाट घाइते भएका एक जनाको मृत्यु भएको छ। नयाँ वर्षका दिन वैशाख १ गते ग १ झ ४४५ नम्बरको अर्थमन्त्रीको गाडीले तनहुँको शुक्लागण्डकी–२ एक्लेखेतका मीनबहादुर पाइजालाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते पाइजाको उपचारका क्रममा गएराति मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले […]

गभर्नर अधिकारी आजदेखि काममा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on गभर्नर अधिकारी आजदेखि काममा.

काठमाण्डौ । सर्वोच्च अदालतको आदेशपछि गभर्नर महाप्रसाद अधिकारी आजदेखि काममा फर्कीएका छन् । सर्वोच्चले हिजो गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । मन्त्रिपरिषद्ले गएको चैत २४ गते गभर्नर अधिकारीमाथि छानबिन गर्ने भन्दै निलम्बन गरेपछि उन्ले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले निर्णय तत्काल […]

माछा मार्ने क्रममा डुबेर मृत्यु

Published: in समाज by . Leave a Comment on माछा मार्ने क्रममा डुबेर मृत्यु.

झापा । झापाको भद्रपुर नगरपालिका–७ का ५५ बर्षीय संजय उरावको माछा मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो १ बजेको समयमा देउनिया खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने सूचना प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली गई घटना बारे अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

निर्वाचनको ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

Published: in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on निर्वाचनको ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय.

झापा । स्थानीय तह निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ। भारतको मधुवनी जिल्लास्थित जयनगरमा आज बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो। खुल्ला सीमा नाकाका […]

मोटरसाइकलको चक्कामा सल बेरिँदा लडेर मोरङमा एक युवतीको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on मोटरसाइकलको चक्कामा सल बेरिँदा लडेर मोरङमा एक युवतीको मृत्यु.

विर्तामोड । मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार मोटरसाइकलको चक्कामा आफैँले लगाएको सल बेरिँदा लडेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका ८ की २१ वर्षीया रेश्मा नेपाली रहेको मोरङ प्रहरीले जनाएको छर लडेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङहोममा मृत्यु भएको हो। बेलुका पौने ७ बजे को ३८ प […]

चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु, दुई जना घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु, दुई जना घाइते.

झापा । मंगलबार साँझ चट्याङ लागेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ। काभ्रेको महाभारत गाउँपालिका–७ स्थित केराबारीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय देवीटारका सई प्रणनी देवान रामले चट्याङ लागेर डिलबहादुर मोक्तानकी कान्छी छोरी १६ वर्षीय कान्छीमाया मोक्तानको मृत्यु भएको जानकारी दिए। पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा मोक्तानको […]

काठमाडौँमा वायु प्रदूषण बढ्दै

Published: in स्वास्थ्य by . Leave a Comment on काठमाडौँमा वायु प्रदूषण बढ्दै.

काठमाडौँ । धुलो, धुवाँ र तुवाँलोका कारण काठमाडौँ लगायतका विभिन्न स्थानमा वायु प्रदूषण बढ्दै गएको छ। उपत्यकामा सोमबारदेखि राम्ररी आकाश खुलेको छैन। मौसम तातो छ, हावा कम चलेको छ। सर्वसाधारणले पनि अन्य दिनभन्दा तातो बढेको अनुभव गरेका छन्। मौसमविद् वरुण पौडेलले भने, “ठूलो वर्षा हुने सम्भावना छैन।” फाट्टफुट्ट पानी पर्न सक्ने अनुमान गरिएको छ। मौसम […]

ललितपुरको साझा पेट्रोल पम्पभित्र आगलागी, ‘ठूलो क्षति हुनबाट जोगियो’

Published: in मिडियाबाट साभार by . Leave a Comment on ललितपुरको साझा पेट्रोल पम्पभित्र आगलागी, ‘ठूलो क्षति हुनबाट जोगियो’.

ललितपुर । ललितपुरको पुल्चोकमा रहेको साझा पेट्रोल पम्पभित्र ट्याङ्करमा आगलागी भएको छ । आगो लाग्नेबित्तिकै ललितपुरको दमकल पुगेर आगो निभाएको छ । इन्धन अनलोड गर्ने क्रममा ट्याङ्करमा आगो लागेको थियो । आगो तत्कालै निभाइएकाले ठूलो क्षति हुनबाट जोगिएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ । आगलागीका कारण पम्पमा तेल हाल्न पुगेका एक जना ग्राहक सामान्य […]