काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ९१ जनाको नमुना परीक्षण गर्दा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ३४ जना सङ्क्रमित निको भएसँगै अब नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय […]
विर्तामोड । झापाको हल्दिबारीमा विगत दुई महिनादेखि साङ्लोले बाँधिएर राखिएका एक युवकको बीएण्डसी अस्पताल बिर्तामोडले उद्धार गरेको छ । आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरको बरन्डामा बाँधेर राखिएका हल्दिबारी गाउँपालिका–५ निवासी चन्द्रप्रसाद ढकालको २३ वर्षीय छोरा गङ्गाप्रसादको बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँसहित चिकित्सकको टोलीले सोमबार दिउँसो उद्धार गरेका हुन् । मानसिक सन्तुलन बिग्रिएका […]
पाँचथर । फिदिम नगरपालिका–१ बुद्धचोकमा ढिस्कोले पुरिएर गोपाल ढुंगानाको मृत्यु भएको छ । मदन पन्दाकको घडेरीमा घर बनाउन शुभसाइतमा पूजा गर्ने क्रममा माथिबाट झरेको ढिस्कोले ढुंगानालाई पुरेको हो । पुरिएको ठाँउबाट निकालेर पाँचथर अस्पताल पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । ढिस्कोले पुरिएर एक बालिकासमेत घाइते भएकी छन् । शैलेन्द्र पन्दाककी ९ वर्षीया […]
काठमाण्डौ । सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशत कटौती भएको छ । अर्थ मन्त्रालयले आज सोमवार सूचना निकालेर गएको चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार असारसम्मका लागि सरकारी सुविधाकोे इन्धनमा २० प्रतिशत कटौती गरेको जानकारी गराएको हो । पेट्रोलियम पदार्थको उच्च आयातका कारण सरकारको विदेशी मुद्रा सञ्चितिमा चाप परेकोले आउँदो असारसम्मका लागि इन्धन सुविधा […]
झापा । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्नरदेख्न सकिने […]
विर्तामोड । मोरङको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले भन्सार छलेर नेपाल भित्राइएको लत्ताकपडा र सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–७ बाट अवैध रुपमा भन्सार छलेर भित्राइएको १५ लाख १ हजार ७ सय मुल्य बरावरको कपडा बरामद गरेको छ । सो मूल्यको सामान तस्करले प्लास्टिकको बोरामा […]
विर्तामोड । झापाको दमक नगरपालिका ४ स्थित जनचेतना टोलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे ११ बजे बालुवा बोकेर उत्तरबाट दक्षिणतर्फ गइरहेको को २ त १७१ नम्बरको ट्याक्टरमा काम गर्ने स्थानीय १८ वर्षीय सुजन विक ट्याक्टरबाट लडेर घाइते भएका थिए । घाइते भएका विकलाई अरनिको अस्पताल उर्लाबारीमा लगेको र […]
काठमाण्डौ । यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या ६ सय सात जना पुगेको छ । अहिलेसम्म नेपालका १९ वटा हिमाल आरोहणका लागि ७४ आरोहण दलका ६ सय सात जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । गएको वर्षको वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि ६ सय ३५ जनाले अनमुति लिएका थिए […]
झापा। भोजपुरको रामप्रसादराई गाउँपालिका–५ स्थित भोजपुर–मानेभन्ञ्याङ सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । हिजो राति १० बजे भोजपुरबाट ईटा बोकी बासीखोरातर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट २०० मिटर तल झरी दुर्घटना हुँदा ट्रयाक्टरमा सवार रामप्रसाद राई गाउँपालिका–७ का २० बर्षीय जेबि राई घाईते भई उपचारको लागि जिल्ला […]
पाँचथर । विगत वर्षमा जस्तै यस वर्ष पनि पाँचथरको फालेलुङ गाउँपालिकामा नयाँ वर्षका अवसरमा चौँरी महोत्सव आयोजना हुँदैछ । आजदेखि सुरु हुने महोत्सव आगामी वैशाख ४ गतेसम्म चल्नेछ । उच्च पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने, चौँरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो । फालेलुङ गाउँपालिका–४ चाररातेमा आयोजना हुने उक्त […]