झापा । अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ। गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ। गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा पेयपदार्थ समूहभित्र घिउ तथा तेल, तरकारी, दुग्धजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडीलगायतको मूल्य अत्यधिक बढेको छ। तेलको […]
विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा नगरपालिका–१ का अध्यक्ष एवम् राप्रपा झापा सांस्कृतिक विभाग प्रमुख नरेन्द्र अधिकारीको टिपरको ठक्करबाट मृत्यु भएको छ । टिपरको ठक्करबाट घाइते भएका अर्जुनधारा १ बस्ने ४५ वर्षीय अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो । चैत २७ गते दिउँसो २ः१५ बजेको समयमा अर्जुनधारा–८ शनिश्चरे बजारस्थित भित्री पक्की सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ […]
विर्तामोड । झापामा भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको रु २० लाखको बिस्कुट प्रहरीले बरामद गरेको छ । प्रहरीले बिस्कुटसहित भारतीय नम्बर प्लेटको कन्टेनर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार गए राति भारतबाट नेपाल भित्रिदै गरेको आर जे १८ जी वी ३७२१ नं को […]
काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी भर्न सुरु गरिएको छ । टनेल सफा गर्ने काम सकिएपछि आज मङ्गलवार बिहान ११ बजेर ५५ मिनेटमा सुरुङमा पानी पुनः पथान्तरण गरिएको हो । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले आज एक नम्बर डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर उद्घाटन गरेका थिए । दुई […]
काठमाण्डौ । धौलागिरि हिमाल आरोहण गरेर फर्कने क्रममा एक ग्रिसेली पर्वतारोहीको ज्यान गएको छ । हिजो सोमवार बिहान धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा सात हजार चार सय मिटरको उचाइमा ग्रीसका आरोही एन्टोनिस स्यकारिसको ज्यान गएको आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । ६० वर्षका पर्वतारोही एन्टोनिस पर्वतारोहणसँगै खेलकुदमा […]
बिर्तामोड । बिर्तामोडका सामाजिक युवा व्यक्तित्व भेषराज भण्डारी प्रशान्त खेलकुद विकास समिति झापाको अध्यक्ष नियुक्त भएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको चैत २४ गतेको बैठकले भण्डारीलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । भण्डारी रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका आइपीपी, करातेका सिनियर खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, रोटरी क्लब अफ बिर्तामोड र वीरता […]
काठमाण्डौ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ९ सय रुपैयाँमा पुगेको छ । हिजो एक लाख एक सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि भाउ बढेको हो । यस्तै आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ […]
काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । साविक विजेता चेन्नईले यसअघिका चार खेलमा जित निकाल्न सकेको छैन । अङ्कविहीन चेन्नई तालिकाको पुछारमा छ । बेङ्ग्लोर ४ खेलमा तीनमा जितसहित ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ […]
काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचखाल नगरपालिका–१ की लोसाङ डोल्मा तामाङ रहेकी छिन्। बालिकालाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको थियो। प्रदेश–०२–०२१प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान आफैं दुर्घटना हुँदा बालिकाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।बिहान साढे […]
झापा । कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ हजार पुगेको जानकारी दिएका छन् । सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्यांक हेर्दा दैनिक लगभग २ हजार विदेशी पर्यटन नेपाल आउने गरेको महानिर्देशक भट्टराईले […]