Sajhamanch Archive

अमेरिकाबाट १० नेपाली निष्काशित

Published: (Updated: ) in समाज by . Leave a Comment on अमेरिकाबाट १० नेपाली निष्काशित.

झापा । शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ। उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन । अमेरिकाको अध्यागमनले गैरकानुनी रुपमा छिरेका नेपालीहरु राजु पौडेल, प्रविन बस्नेत,पेम्बा लामा, ध्रुव कुमार र शंकर विष्ट मगरलाई निष्काशन गरेको हो। अमेरिकाको अध्यागमनले लुकीछिपी बस्दै […]

मेयरको टिकट नपाउने भएपछि घिमिरेले त्यागे एमाले

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on मेयरको टिकट नपाउने भएपछि घिमिरेले त्यागे एमाले.

झापा । मेचीनगर नगरपालिकाको मेयरका आकांक्षी बनेका नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले टिकट नपाउने भएपछि पार्टी परित्याग गरेको घोषणा गरेका छन् । काँकरभिट्टा निवासी एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटीका संयोजक समेत रहेका नेता घिमिरे तत्कालीन काँकरभिट्टा गाविसको अध्यक्ष रहेका थिए । नेता घिमिरेले पार्टी निर्माण र संगठन बिस्तारसंगै जनसेवामा समर्पित […]

पानीमा डुबेर बालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पानीमा डुबेर बालकको मृत्यु.

झापा । संखुवासभाको चैनपुर नगरपालिका–५ मा पानीमा डुबेर बालकको मृत्यु भएको छ। हिजो दिउँसो १२ बजे सोही स्थानका पेमा ओङ्दि शेर्पाका १ बर्षीय छोरा निमा साङ्गे शेर्पालाई जुठेल्नोमा खोले पकाउन राखिएको फोसि भाडामा रहेको पानीमा डुबेर मृत अवस्थामा परीवारले फेला पारेको थियो । ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिगएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी घटना […]

२८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो

Published: in स्थानीय तह by . Leave a Comment on २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो.

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जनाएको छ । अन्य मतपत्र पनि छाप्ने काम जारी रहेको आयोगको भनाइ छ । आयोगले सबै […]

तलब नपाएपछि विराट आधारभूत विद्यालयमा तालाबन्दी

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on तलब नपाएपछि विराट आधारभूत विद्यालयमा तालाबन्दी.

बिर्तामोड । दुई महिनादेखि तलब नपाएपछि बिर्तामोड १० स्थित विराट आधारभूत विद्यालयका शिक्षकहरुले विद्यालय प्रशासनमा तालाबन्दी गरेका छन् । विद्यालयका प्रधानाध्यापक बद्री बाँस्कोटाका कारण विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरुको तलब रोक्का भएको हो । विद्यालयमा कार्यरत ३ जना आयाहरुले माघदेखिको र १९ जना शिक्षक कर्मचारीहरुले फागुनदेखि तलब पाएका छैनन् । तलबविहीन शिक्षक कर्मचारीहरुले तालाबन्दी गर्नुअघि चैत […]

नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नेपाल ताजिकिस्तानसँग ११–१ ले पराजित.

काठमाण्डौ । नेपालले एएफसी फुटसल एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेको छ । किर्गिस्तानको बिश्केकमा आज सोमवार भएको खेलमा नेपालले ताजिकिस्तानसँग ११–१ गोलको फराकिलो हार बेहोरेको हो । यो खेलमा नेपालले सुरुवाती अग्रता बनाए पनि फराकिलो हार बेहोरेको हो । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिए पनि ताजिकिस्तानले १० गोल नै दोस्रो हाफमा गर्‍यो […]

धुलाबारी–भद्रपुर सडकः ३ वर्षमा एक किलोमिटर मात्र कालोपत्र

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on धुलाबारी–भद्रपुर सडकः ३ वर्षमा एक किलोमिटर मात्र कालोपत्र.

झापा – धुलाबारी भद्रपुर जोड्ने सडक बनाउने काम बजेट अभावमा एक किलोमिटर मात्र कालोपत्र भएको छ । आर्थिक वर्ष २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि बजेट अभावमा अहिले मेचीनगर नगरपालिका १० को खयरडाँगीको भेटवाल चोकबाट मेचीनगर १५ को शिवालय मन्दिर छेउसम्मको सडक मात्र कालोपत्र भएको हो । भद्रपुर […]

त्रिभुवन विमानस्थल हुँदै जापान जान लागेकी महिला गोलीसहित पक्राउ

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on त्रिभुवन विमानस्थल हुँदै जापान जान लागेकी महिला गोलीसहित पक्राउ.

काठमाण्डौ । नेपाल प्रहरीले एक राउन्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका ७ की २७ वर्षीया सोविता नेपाली छिन् । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई हिजो आइतवार राति पक्राउ गरिएको हो । नेपाल एअरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद […]

हेलिकप्टर प्रयोग गरी पर्यटकको उद्वार

Published: in मिडियाबाट साभार by . Leave a Comment on हेलिकप्टर प्रयोग गरी पर्यटकको उद्वार.

रसुवा । हिमाली पदयात्राका क्रममा बिरामी परेका एक पर्यटकलाई हेलिकप्टर प्रयोग गरी उद्धार गरिएको छ । राहदानी नं ३३१६२३२२ इजरायली नागरिक ओेरेन जैव इडेनलाई डानेष्टिक एअरको हेलिकप्टरद्वारा रसुवाको चन्दनबारीबाट उद्धार गरी काठमाडौँ पुर्याइएको हो । हिमाली पदयात्राका क्रममा आइतबार गोसाइँकुण्डमा बिरामी परेका पर्यटकलाई आज बिहान मात्र उद्धार गरिएको चन्दनबारीस्थित होटल रेडपान्डाका ङवाङ फिन्जो तामाङले जानकारी […]

करेन्ट लागेर १ जनाको मृत्यु

Published: in मिडियाबाट साभार by . Leave a Comment on करेन्ट लागेर १ जनाको मृत्यु.

झापा । खोटाङ दिपरुङ चुईचुम्मा गाउपालिका–७ स्थितमा बिधुतको नाङ्गो तारमा छुदा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ४ बजे उदयपुरबाट खोटाङको दिलैचि मात्तिमबिर्ता तर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढी यात्रुको सामान झार्ने क्रममा सोही बसका धनी तथा कन्टेक्टर उदयपुर रौतामाई गाउपालिका–४ का २६ बर्षीय प्रताप खड्काले […]