काठमाडौँ । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ। पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए। उनका अनुसार नेपाल–भारत सिमाना जमुनाहनाकाबाट नेपाल […]
झापा । जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाई वर्गीकरण गरिएको बताए। समितिको बैठकले ३१ स्थललाई अतिसंवेदनशील, ८२ स्थललाई संवेदनशील र ४८ स्थललाई सामान्यरूपमा […]
झापा । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ। आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए। कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ। संस्थागत श्रम स्वीकृतिका लागि […]
झापा । १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई आजदेखि टाइफाइडविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका अनुसारका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल) ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो । खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कुलमा बिहीबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण […]
काठमाण्डौ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ । आयोगले हिजो जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ हिजोदेखि नै हटाइएको हो । उनीहरूको ठाउँमा […]
बिर्तामोड । झापाको दमक नगरपालिका–१० स्थित भित्री सडकखण्डमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा १ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ५ बजे सिमेन्ट बोकेको मे.१त ३७४६ नम्वरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा ईन्जिनको भागले किची घाईते भएका सोहि ट्याक्टरमा सहयोगीको रुपमा काम गर्ने झापा दमक नगरपालिका–८ का २३ बर्षीय विकास ताजपुरियाको एडभान्स अस्पताल दमकमा उपचारको […]
काठमाडौं । निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीवारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्नेछ । ‘सम्भवतः आज अथवा भोलि बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्णय गर्ने’ निर्वाचन आयोग उच्च स्रोतले जानकारी दिएको छ । ‘निर्वाचन सुरु हुन करिबकरिब एक […]
विर्तामोड । झापाको झिलझिलेमा गायक प्रमोद खरेलको विशेष सांगितीक प्रस्तुति हुने भएको छ । चैत २५ गते वाटर किंगडम पार्क एन्ड रिसोर्टमा गायक खरेलले पहिलोपटक आफ्नो औपचारिक ब्यान्डसहित प्रस्तुति दिने भएका हुन् । “झापा धेरैपटक आइसकेको,स्टेज चढिसकेको भएतापनि यो चैत २५ गते विशेष हुनेछ “ खरेलले भने । उनी भन्छन् “पहिलोपटक आफ्नो आधिकारिक ब्याण्डसहित प्रस्तुति […]
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र श्रीलङ्काको बाटोमा पुग्ने अवस्था नभएको बताउनुभएको छ । आज बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलङ्काको बाटोमा भने नपुग्ने बताउनुभएको हो । उपाध्यक्ष ढकालले अहिले देशको अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले यो चुनौती सामना […]