Sajhamanch Archive

नेपालको थप ३ सय २५ मेगावाट बिजुली किन्न भारत सहमत

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेपालको थप ३ सय २५ मेगावाट बिजुली किन्न भारत सहमत.

काठमाण्डौ । भारतले नेपालका चार वटा आयोजनाबाट उत्पादित थप तीन सय २५ मेगावाट बिजुली किन्न सहमति जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज बुधवार पत्रकार सम्मेलन गरेर भारतले विद्युत् प्राधिकरणका तीन वटा सहायक कम्पनी र एउटा निजी कम्पनीले उत्पादन गरिरहेको थप तीन सय २५ मेगावाट बिजुली भारतको प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई […]

टेलिकमका कर्मचारीको मागः बाहिरका मान्छेलाई संस्थाको प्रबन्ध निर्देशक बनाउन हुँदैन

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by . Leave a Comment on टेलिकमका कर्मचारीको मागः बाहिरका मान्छेलाई संस्थाको प्रबन्ध निर्देशक बनाउन हुँदैन.

काठमाण्डौ । नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन् । आज बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो । सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेका बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर […]

बार अध्यक्षमा घिमिरेको अग्रता कायमै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on बार अध्यक्षमा घिमिरेको अग्रता कायमै.

काठमाण्डौ । नेपाल बार एसोसिएशनको २६ औँ केन्द्रीय कार्यसमितिको चुनावको मतगणनामा वृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ । घिमिरेले अहिलेसम्म गणना भएकामध्ये नौ सय पाँच मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले चार सय ४७ मत प्राप्त गर्नुभएको […]

झापामा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार by . Leave a Comment on झापामा भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु.

झापा । बुद्धशान्ति गाँउपालिका–३ स्थित बुद्धचोकमा मंगलबार साँझ पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सोही घटनामा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३८ वर्षीया शान्ता सुब्बा रहेकी छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा बिर्तामोड स्थित बि एण्ड सी […]

कंगोमा ज्यान गुमाएका नेपाली सिपाहीको परिचय खुल्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कंगोमा ज्यान गुमाएका नेपाली सिपाहीको परिचय खुल्यो.

काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको परिचय खुलेको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही […]

फेरि बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on फेरि बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यासको मूल्य पनि बढ्यो.

झापा । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आज देखि निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना […]

चोभार सुक्खा बन्दरगाह आजदेखि सञ्चालनमा

Published: in मिडियाबाट साभार by . Leave a Comment on चोभार सुक्खा बन्दरगाह आजदेखि सञ्चालनमा.

काठमाण्डौ । चोभारमा बनेको सुक्खा बन्दरगाह आज मङ्गलवारदेखि सञ्चालनमा आएको छ । बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। प्रधानमन्त्री देउवाले वीरगञ्ज नाका हुँदै काठमाण्डौका लागि मालवस्तु बोकेर आएका तीन वटा कन्टेनरलाई भित्राएर बन्दरगाहको उद्घाटन गरेका हुन। अब नेपालका विभिन्न देशबाट भित्रिएका ट्रक तथा कन्टेनरलाई सिधै चोभारमा ल्याएर भन्सार जाँच पास गर्न सकिने भएको […]

मोडलिङमा भबिष्य खोज्दै मोडल स्वस्तिका खड्का

Published: in गीत/संगीत/मनोरञ्जन, समाज by . Leave a Comment on मोडलिङमा भबिष्य खोज्दै मोडल स्वस्तिका खड्का.

काठमाडौं । युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत थपिदै गएका छन । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल–नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी मोडल हुन् स्वस्तिका खड्का । नृत्य तथा अभिनयमा पोख्त मोडल स्वस्तिका खड्का सुन्दर मुहार र आकर्षक […]

कक्षा १२ को प्रश्नपत्र अनलाइनबाट

Published: in शिक्षा by . Leave a Comment on कक्षा १२ को प्रश्नपत्र अनलाइनबाट.

झापा । राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ। बोर्डले गएको वर्षको परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाउँदा कुनै समस्या नभएको र सहज रूपमा परीक्षा सम्पन्न गर्न सफल भएको मूल्याङ्कन गर्दै यो वर्षको परीक्षामा पनि अनलाइनबाट प्रश्नपत्र पठाउने निर्णय गरेको हो। बोर्डले आफ्ना सबै प्रदेश परीक्षा कार्यालयलाई […]

कनकाईमा कानून निर्माण सम्बन्धी प्रशिक्षण

Published: (Updated: ) in मिडियाबाट साभार, स्थानीय तह by . Leave a Comment on कनकाईमा कानून निर्माण सम्बन्धी प्रशिक्षण.

विर्तामोेड। प्रदेश तथा स्थानीय तह कानुन निर्माण र कार्यान्वयनको अवस्था विषयक एक दिने विचार गोष्ठी कनकाई नगरपालिका सुरुङ्गामा आयोजना गरिएको छ । प्रदेश सभा सचिवालयको आयोजनामा भएको उक्त कार्यक्रममा शिवसताक्षी नगरपालिका क्षेत्रका स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी गरि ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामीले स्थानीय, प्रदेश […]