Sajhamanch Archive

शेयर बजार झन्डै १६ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झर्‍यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on शेयर बजार झन्डै १६ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल झर्‍यो.

झापा । शेयर बजार आज सोमवार पनि घटेको छ । हिजो आइतवार झन्डै ३१ अङ्कले घटेको शेयर बजार आज १५ दशमलव ९४ अङ्कले घटेर दुई हजार चार सय ९७ दशमलव ४७ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यस्तै २२६ वटा […]

नेपालले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि, दीपेन्द्र र करणको अलराउन्ड प्रदर्शन

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on नेपालले जित्यो त्रिदेशीय टी–२० शृङ्खलाको उपाधि, दीपेन्द्र र करणको अलराउन्ड प्रदर्शन.

काठमाण्डौ । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृङ्खलाको उपाधि जितेको छ । पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६ ओभर १ बलमा एक सय १८ रन बनाउँदा अलआउट भयो । पीएनजी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए । बलिङतर्फ […]

चितवनका ७ वटै पालिकामा गठबन्धन गर्ने पाँच दलको निर्णय

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on चितवनका ७ वटै पालिकामा गठबन्धन गर्ने पाँच दलको निर्णय.

झापा । चितवनका पाँच वटा राजनीतिक दलले आउँदो स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । आज सोमवार बिहान बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले वैशाख ३० गते हुने चुनावमा चितवनका सात वटै पालिकामा गठबन्धन गर्ने निर्णय गरेको हो । कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको […]

प्रतिबन्धित गाँजालाई वैधानिकता माग गर्दै धनकुटामा गाँजा मेला

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on प्रतिबन्धित गाँजालाई वैधानिकता माग गर्दै धनकुटामा गाँजा मेला.

धनकुटा । प्रतिबन्धित गाँजा खेतीलाई वैधानिकता दिन माग गर्दै धनकुटाकाको सहिदभूमि गाउँपालिकामा पहिलो पटक तीन दिने गाँजा सचेतना मेला शुरु भएको छ । भोजपुर, उदयपुर र धनकुटा गरी ३ जिल्लाका अभियान्ताहरुको संयुक्त आयोजनामा सहिदभूमि गाउँपालिका वडा नं.२ को अखुवा टारमा मेला शुरु भएको हो । मेलामा नेपालका विभिन्न संस्थाका गाँजा अभियान्ताहरु पुगेर कार्यक्रममा ऐक्यबद्धता जनाउँदै […]

दीपेन्द्रले पूरा गरे टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on दीपेन्द्रले पूरा गरे टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन.

काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पपुवा न्यूगिनीविरुद्धको त्रिकोणात्मक टी–२० श्रृंखलाको फाइनल खेलमा २१ रन जोडेसँगै दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका हुन् । उनले १३ औं ओभरमा २१ रन जोडेका थिए । उनले […]

टी–२० फाइनल स् टस हारेर ब्याटिङ गर्दै नेपाल

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on टी–२० फाइनल स् टस हारेर ब्याटिङ गर्दै नेपाल.

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टिममा एक परिवर्तन गरिएको छ । लिगको अन्तिम खेलमा घाइते भएका कमल सिंह ऐरीको स्थानमा […]

मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on मत पत्रमा ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो.

झापा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको […]

भद्रपुरमा माओवादी केन्द्रः वडा–वडामा वाइसीएल गठन हुँदै

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on भद्रपुरमा माओवादी केन्द्रः वडा–वडामा वाइसीएल गठन हुँदै.

भद्रपुर । माओवादी केन्द्र भद्रपुर नगर कमिटीले संगठन निर्माणलाई तीव्रता दिएको छ । स्थानीय तह निर्वाचन नजिकिएसँगै नगर कमिटीले विभिन्न भातृ संघ–संगठन गठन, पुनःगठनलाई तीव्रता दिएको हो । यसैबीच, नेकपा (माओवादी केन्द्र) २ नं. वडा समितिको आयोजनामा दुर्गा मगर (सञ्जिप) को अध्यक्ष ५१ सदस्यीय वाइसीएल वडा नं. २ कमिटी गठन गरेको छ । नवगठित कमिटीको […]

रुसद्वारा युक्रेनको ओडेसामा ‘डरलाग्दो’ आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on रुसद्वारा युक्रेनको ओडेसामा ‘डरलाग्दो’ आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त.

काठमाडौँ । रुसले युक्रेनको ओडेसामा ठूलो आक्रमण गरेको छ । रुसले क्षेप्यास्त्रमार्फत ओडेसामा रहेको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ । रुसी आक्रमणबाट युक्रेनकै ठूलो मानिएको प्रशोधन केन्द्र ध्वस्त भएको र ओडेसाका आकाश कालो धुँवाले ढाकिएको खबरमा उल्लेख छ । पोल्ताभाका मेयरले रुसले गरेको आक्रमण निकै डरलाग्दो र ठूलोमध्येको एक रहेको बताएका […]

अब कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज दिइने

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on अब कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज दिइने.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को खोपको पहिलो श्रृंखला पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने व्यवस्था गरेको छ । मन्त्रालयको परिवार कल्याण महाशाखाले सबै प्रदेशको स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरी पहिलो श्रृंखलाको खोप पूरा गरेको तीन महिनामै बुस्टर डोज दिन आग्रह गरेको छ । यसअघि कोभिड […]