झापा । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९९ हजार ३०० रुपैयाँ तोकिएको छ । अस्ति तोलामा ९९ हजार ७०० रुपैयाँ तोकिएको थियो । आज चाँदीको भाउ भने स्थिर छ । अस्ति जस्तै चाँदी तोलामा १३ सय ६० […]
काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् । सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमल सिंह ऐरीको देब्रे कुमको हड्डी भाँचिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको मलेसियासँगको खेलका क्रममा उनलाई कुममा चोट लागेको छ । उनको नेपाल नेशनल हस्पिटल कलंकीमा परीक्षण गर्दा उनको कुमको हड्डी भाँचिएको पत्ता लागेपछि आइतबार बिहान शल्यक्रिया गरिएको छ । डा. निरज केपी र डा. […]
झापा । श्रीलङ्कामा दैनिक उपभोग्य वस्तुको अभाव भएपछि चर्किएको आन्दोलन रोक्न कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ । हिजो बेलुकी ६ बजेदेखि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको श्रीलङ्का सरकारले सामाजिक सञ्जालको पहुँच पनि बन्द गरेको बीबीसीले जनाएको छ । श्रीलङ्कामा फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल बन्द गरिएका छन् । राष्ट्रपति गोटाबाय […]
काठमाण्डौ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसद विरुद्ध परेको रिट निवेदनमाथि आजदेखि सुनुवाइ हुँदैछ । अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमालेबाट अलग हुनु अघि नै नेपाल सहितका १४ जना सांसदलाई दलबाट कारबाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना जारी नगरेको […]
काठमाण्डौ । इस्लाम धर्मावलम्बीको पर्व रमजान शुरु भएको छ । रमजान पर्वमा मुस्लिम समुदायले एक महिनाभर बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई रोजा बस्छन् । उर्दू क्यालेण्डर अनुसार बिहान सवा ४ बजेदेखी बेलुका ६ बजेर २० मिनेट सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका […]
काठमाण्डौ । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास ‘ब्यालेन्स नेल’ आजदेखि सुरु हुँदैछ । सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको हो । मेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्टदेखि हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले बताउनुभयो । अहिलेसम्म […]
झापा । बालबालिकाले सिसाकलमले लेखेको मेटाउन प्रयोग गर्ने इरेजरमा फ्थालेट्स नामक केमिकलको प्रयोग धेरै पाइएको एक अध्ययनले देखाएको छ । एसियाली देशहरूको नमुना अध्ययनका क्रममा नेपालमा प्रयोग गरिने इरेजरमा पनि फ्थालेट्स नामक केमिकलको प्रयोग अत्यन्तै धेरै प्रयोग भएको पाइएको हो । एउटा इरेजरमा शून्य दशमलव एक प्रतिशतभन्दा धेरै फ्थालेट्स प्रयोग भएमा त्यो हानिकारक मानिन्छ । […]
काठमाडौँ । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थको लोडरअनलोड ठप्प पारेको छ । इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायत माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका उनीहरुले शुक्रबार डिपोबाट इन्धन लोड अनलोड नै बन्द गरे । जसले गर्दा […]
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका लागि आज शुक्रवार दिउँसो नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । देउवा नयाँ दिल्ली प्रस्थान गरेसँगै उहाँले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री बालकृष्ण खाणले गर्नुहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृह मन्त्री खाणले सम्हाल्ने गरी तोक्नुभएको हो । नेपालको […]