झापा । श्रीलंकाको राजधानी कोलम्बोमा चलिरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को पाँचै शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको छ । भर्चुअल हस्ताक्षर समारोहपछि शिखर सम्मेलनले बिमस्टेक बडापत्र पारित गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री देउवाले बडापत्रमा हस्ताक्षर गरेका थिए । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, […]
झापा । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनायो । मलेसियाका लागि विजय युनी ३ रन बनाएर रन आउट भए । यसअघि मलेसियाले पहिलो ओभरको पहिलो बलमा आफ्नो पहिलो विकेट गुमायो । […]
काठमाडौं । जिल्लाको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ । स्थानीय वल्र्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको हो । आक्रोशित स्थानीयले ट्रिपरमा तोडफोड गरेका छन्, सडक अबरुद्ध पारेका छन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी […]
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष शपथ लिएका हुन् । न्यायपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी थिइन् । यसअघि श्रेष्ठ उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए ।
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन पर्वद्धन गर्नुपर्ने बताएका छन् । बुधबार बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअली सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताएका हुन् । साथै प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल […]
काठमाडौं । स्थानीय चुनावको तयारीबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा बोलाइएको छ । नेता लक्ष्मणलाल कर्णले स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने जानकारी दिए । बैठकमा समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने छ । लोसपाका […]
काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरले ठक्कर दिँदा दुई दिदीबहिनीको मृत्यु भएको छ । बुधबार बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको टिपरको ठक्करबाट मृत्यु भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको स्थानीय विनय सिम्खडाले जानकारी दिए । बा ४ ख ६९६५ नम्बरको बालुवा […]
झापा । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिरिजको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीच खेल १२ः३० मा सुरु हुनेछ । पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई […]
काठमाडौं । सिमेन्ट उद्योग सञ्चालनका लागि भएको चुनढुंगा उत्खनन् सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तीन कर्मचारीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ । सरकारी वकिल चन्द्रकुमार पोखरेल, लेखा अधिकृत श्रीभद्र गौतम र भूगर्भविद सौनक भण्डारीलाई साधारण तारिखमा रिहा गरेको हो । विशेष अदालतका सदस्यहरु रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनीहरुलाई […]
झापा । त्रिदेशीय टी–२० शृङ्खलामा मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई आठ रनले हराएको छ । मलेसियाले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजी १९ ओभर तीन बलमा एक सय ७२ रनमा अलआउट भयो । पीएनजीका लागि टोनी उराले ५६ र नोरमन भानुआले ४५ रन बनाए पनि अन्य खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् । […]