Sajhamanch Archive

त्रिवि सेवा आयोगका तत्कालिन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on त्रिवि सेवा आयोगका तत्कालिन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा.

काठमाडौं । उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइराला सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको आरोपमा अख्तियारले […]

औद्योगिक क्षेत्रमा १२ घण्टासम्म विजुली काटियो, उद्योगीले मागे लोडसेडिङ तालिका

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on औद्योगिक क्षेत्रमा १२ घण्टासम्म विजुली काटियो, उद्योगीले मागे लोडसेडिङ तालिका.

झापा । एक सातायता विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पर्याप्त विजुली दिन नसक्दा समस्या परेको पूर्वका उद्योगी –व्यवसायीले बताएका छन् । भारतबाट विजुली खरिद गर्न नपाएको कारण देखाएर नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म विद्युत कटौती गरेको उनीहरुको भनाइ छ । ‘गत मंगलबारयता अघोषित रुपमा लोडसेडिङ भइरहेको छ, जसले ६० प्रतिशत उत्पादन कटौती भएको छ’, नेपाल […]

६ एसपीको काज सरुवा, मोरङमा शान्तिराज कोइराला

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on ६ एसपीको काज सरुवा, मोरङमा शान्तिराज कोइराला.

  झापा । ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मोरङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी जिल्लासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गण्डकी प्रदेश सशस्त्र गण मुख्यालय, पोखरामा काजमा एसपी पठाएको हो । मोरङमा शान्तिराज कोइराला, सिन्धुपाल्चोकमा रामेशवरप्रसाद यादव, पश्चिम नवलपरासीमा ऋषिराम कंडेल, अख्तियारमा […]

इटहरीमा बम विस्फोटः तीन जना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on इटहरीमा बम विस्फोटः तीन जना घाइते.

  झापा । सुनसरीको इटहरीमा बम विस्फोट भएको छ । गएराति इटहरी उपमहानगरपालिका–२ को नवजागृति टोलमा बम विस्फोट हुँदा तीन जना घाइते भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बम विस्फोटमा घाइते हुनेमा इटहरी उपमहानगर–२ नवजागृति टोलमा बस्ने ४० वर्षकी लक्ष्मी थापा, उनका छोरा १८ वर्षका रवीन थापा र लमजुङका २३ वर्षका […]

सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो.

झापा । सुनको भाउ आज १३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँमा झरेको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो भने अस्ति तोलामा एक लाख ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ […]

वसन्तपुरमा रहेको गद्दी बैठक आजदेखि साधारण नागरिकका लागि खुल्दै

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on वसन्तपुरमा रहेको गद्दी बैठक आजदेखि साधारण नागरिकका लागि खुल्दै.

काठमाण्डौ । काठमाण्डौको वसन्तपुरमा रहेको गद्दी बैठक आजदेखि साधारण नागरिकका लागि खुला हुँदैछ। दिउँसो ४ बजे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठकको उद्घाटन गर्ने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिएनुभयो। २०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको गद्दी बैठक पुनर्निर्माण पछि पहिलो पटक नागरिकका लागि खुला गर्न लागिएको हो […]

चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on चुनावी तालमेलबारे आज निर्णय गर्ने कांग्रेसको तयारी.

झापा । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्ने र नगर्ने भन्नेबारे आज निर्णय गर्ने तयारी गरेको छ । गएको शुक्रवारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आज बस्ने बैठकले चुनावमा तालमेल गर्ने र नगर्नेबारे निर्णय गर्ने सम्भावना रहेको कांग्रेसका नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठक […]

काठमाण्डौ बन्यो विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on काठमाण्डौ बन्यो विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर.

झापा । काठमाण्डौ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । काठमाण्डौमा अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६२ रहेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । विश्वका प्रदूषित सहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको छ । कोलकत्तामा वायु […]

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, साढे २ अर्ब रुपैयाँको कारोबार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, साढे २ अर्ब रुपैयाँको कारोबार.

झापा । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । हिजो आइतवार ४१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज सोमवार २९ दशमलव ९८ अङ्कले घटेर दुई हजार पाँच सय ४२ दशमलव २८ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेको दिन विकास बैंक, व्यापार, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको […]

सुनको भाउ चार सय रुपैयाँले घट्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ चार सय रुपैयाँले घट्यो.

झापा  । सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ। आज सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ।