काठमाण्डौ । नेपालले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीसँग आज पहिलो एक दिवसीय श्रृङ्खला खेल्दैछ । खेल किङ्ग सिटीमा बेलुका पौने ९ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा नेपालले क्यानडासँग आज र भोलि दुई खेलको एक दिवसीय श्रृङ्खला खेल्नेछ । क्यानडाले साद बिन जाफरको कप्तानीमा हिजो १४ सदस्यीय टोलीको घोषणा गरेको छ । यसअघि क्यानडा पुगेको […]
झापा । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात बढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु ८ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु ७ अर्ब ४१ करोड ८९ लाख ३ हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ […]
तेह्रथुम । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित […]
झापा । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको दबाबलाई निकास दिने तथा ब्याजदर बढ्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ। सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरू प्रयोग गरेर […]
मोरङ । मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागु औषध ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका १ का ४४ वर्षीय भानु याङदेनलाई सोमबार दिउँसो लागु औषध सहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम […]
काठमाडौं । जनता समाजवादीका तर्फबाट नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार विहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पुर्वाधार मन्त्रीमा इस्तियाक राई, कृषि मन्त्रीमा मृगेन्द्र यादव र वन मन्त्री प्रदीप यादवलाई जिम्मेवारी दिएका थिए । सपथ लगत्तै उनीहरुले […]
काठमाडौं । कात्तिकको पहिलो साताबाट प्रदर्शन हुने फिल्म ‘मिलन’ को डबिङ सकिएको छ । ६ महिना अघि छायाङ्कन सकिएको यो फिल्मको डबिङ सकिएको निर्माण टिमले जनाएको छ । कुशल शाह ठकुरी, सलोन बस्नेत, शिल्पा थापा, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल ९प्याकुली० लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म प्रेम कथामा निर्माण भएको हो । टेक […]
काठमाडौं । नेपालमा थप ४० जनामा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत् ३४ जना र एन्टीजेन विधिमार्फत् थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । यस्तै, सो अवधिमा १९ जना निकोसमेत […]
काठमाण्डौ । इङ्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जेसस आर्सनलमा अनुबन्ध भएका छन् । जेससलाई आर्सनलले ४५ मिलियन युरोमा लामो समयसम्मका लागि अनुबन्ध गरेको स्काई स्पोर्ट्सले जनाएको छ । आर्सनलका प्राविधिक निर्देशक एडुले गाब्रियललाई क्लब भित्राउनु ठूलो उपलब्धि रहेको र नयाँ सिजन थप उत्साहजनक हुने बताएका छन् । पाँच वटा सिजन म्यानचेस्टर सिटीमा रहेका जेससले […]
झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालको ६९ प्रतिशत जनसङ्ख्यालाई पूर्ण खोप लगाइएको छ भने ७७ प्रतिशतले कम्तिमा एउटा खोप लगाएका छन् । खोप लगाएपछि सम्बन्धित स्वास्थ्य संस्था वा खोप केन्द्रले खोपको विवरण भएको कार्ड उपलब्ध गराउँछन्। तर खोप केन्द्रबाट प्राप्त उक्त कार्डले खोप लगाएको प्रमाणको रूपमा काम गर्दैन, विशेष गरी विदेश […]