झापा । बिर्तामोड नगरपालिका वडा न. ५ खेलकुद बिकास समितीको आयोजनामा झापामा प्रथम प्रदेश्स्तरिय महिला तथा पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भयोे। खेलकुद प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि प्रदेश न.१ का पुर्व सामाजिक बिकास राज्य मन्त्री जसमाया गज्मेरले गरेकी थिइन् । प्रतियोगिताको मुख्य आकर्षण नेपाल बास्केटबल टिमका रास्ट्रिय कप्तान सदिश प्रधान रहेका थिए । उनले खेलाडीहरुको मनोबल […]
काठमाण्डौ – गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर‘ ले माओवादी युद्ध र आन्दोलनलाई कतै पनि गलत रूपमा नअर्थ्याएको बरु परिवर्तनको जस दिइएको स्पष्ट पारेका छन। फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले गीतमा युद्धकै जगबलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताए। उनले समानताका लागि लडेकाहरू बीचको असमानाको दुरी देखाउन खोजेको र […]
खोटाङ । दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो । निकुञ्जभित्र गस्ती जाने […]
जनकपुरधाम । पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ । गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए […]
झापा । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक–पटक म्याद थप गर्दासमेत हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको “चारआली–केचना सडक” को निर्माण पूरा हुन सकेन । दुई महिनाअघि नै ९० प्रतिशत काम भइसके तापनि हाल व्यवसायीले बेवास्ता गर्दा निर्माणमा अवरोध भइरहेको हुलाकी राममार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिए । उनका अनुसार चारआली– केचना ४० किलोमिटर […]
बिर्तामोड । विगत लामो समयदेखि उच्च शिक्षामा अग्रणी स्थान ओगटेको बिर्तामोडस्थित मनकामना कलेजले नव आगन्तुक कक्षा ११ र स्नातक तह प्रथम वर्षका विधार्थीलाई आज स्वागत अभिनन्दन गरेको छ । क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित स्वागत अभिनन्दन कार्यक्रममा विशेष सांस्कृतिक कार्यक्रमका बीचमा विद्यार्थीहरुलाई अबिर लगाएर स्वागत गरिएको थियो । दुई खण्डमा विभाजित स्वागत कार्यक्रमको पहिलो […]
झापा । भरत प्रसाई – बिर्तामोड नगरपालिका वडा नम्बर ९ गरामनी स्थित दुर्गा माध्यमिक विध्यालयमा दुर्गा बालक्लब गठन भएको छ। क्लव संरक्षक विध्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पाठकको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। नवगठित क्लबको अध्यक्षमा सौगात घिमिरे निर्वाचित भएका छन्। क्लबको उपाध्यक्ष श्रेया भट्टराई, सचिव रश्मी भण्डारी, सहसचिव सौरव खरेल र कोषाध्यक्षमा कृष्ण राजवंशी निर्वाचित […]
काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १७ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आज १७ दशमलव ४२ अङ्कले बढेर दुई हजार सात सय ३५ दशमलव ४२ विन्दुमा पुगेको छ । आज उत्पादन र लगानी समूहबाहेक सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको शेयर एक सय २८ अङ्कभन्दा धेरैले बढेको […]
काठमाडौँ । सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट दर्ता गर्न अस्वीकार गरेको छ । मंगलबार अदालत प्रशासनले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकार भित्र नपर्ने भन्दै रिट दरपीठ गरिदिएको हो । अधिवक्ता सुरेन्द्र भण्डारी एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए । भण्डारी दरपीठका विरुद्ध पनि अदालत जाने […]
बिर्तामोड । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो । जसपा प्रदेश १ का अध्यक्ष प्रवीण […]