झापा। झापा कारागारका १६ जना कैदीबन्दीको कैद सजाय माफी भएको छ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा उनीहरुको सजाय मिनाहा गरेको हो । देशभरबाट ५०१ जना कैदीबन्दीले कैद सजाय माफी पाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । झापा कारागारकी निमित्त प्रमुख हिमा […]
झपा । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीको आयोजनामा आज भद्रपुरमा मोटरसाइकल र्याली प्रदर्शन गरिदैछ । राष्ट्रघाती एमसीसीका विरुद्धमा आज मोटरसाइकल र्याली गर्न लागिएका भद्रपुर नगरअध्यक्ष शिवराज भण्डारीले जानकारी दिनुभयो । भद्रपुर वडा नम्बर १, २, ३ ले हिमाली चोकबाट दिउँसो १ बजे र वडा नम्बर ४, ५, ६, ७, ८, ९ र १० ले […]
झापा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८–७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिए । ती विद्यालयका लागि कूल रू […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । फागुन ८ र ९ गते बोलाइएको बैठक फागुन २० गतेसम्मका लागि सरेको हो । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक पटक सर्दै आएको छ । अन्लााइन खबरबाट
उदयपुर । उदयपुरको बेलका नगरपालिका ८ सिरुवानीवाट ठुलो परिणामको नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजाको ओसार पसार तथा कारोवाट भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले हिजो बिहान सवा २ बजे ४ सय केजी गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो । […]
वैशाख ३० गते हुनेगरी तयारी गरिँदै गरेको स्थानीय तहको चुनावबारे बिर्तामोडमा भेटिएका सर्वसाधारण नागरिकहरु साझामञ्चसँग भन्छन्ः अपेक्षाकृत काम नभई एक कार्यकाल बित्योः नरेन्द्र पराजुली स्थानीय तह वा प्रदेश सरकारको वर्तमान कार्यकाल नीति र कानून बनाउँदा बनाउदै सकिन लाग्यो । यो पाँच वर्षमा विकास निर्माणतर्फ खासै काम नभई वा आमजनताले अपेक्षा गरेको जस्तो विकास भएन । […]
झापा । आज (शुक्रबार) सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार अपरान्ह २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका हुन् । यसअघि सोमबार सर्वोच्चका सबै न्यायाधीशबीच अनौपचारिक छलफल भएको थियो । छलफलपछि शुक्रबारका दिन सर्वोच्चको पूर्ण वैठक राख्ने निर्णण्य भएका थियो । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार शुक्रबारको बैठकको […]
काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटमा ओमानसँगको खेलमा नेपालले पहिला ब्याटिङ थालेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ थालेको हो । यसअघि ओमानमा भएको चार देशीय टी–२० श्रृङ्खलामा नेपालले ओमानलाई हराएको थियो । तर यूएई र आयरल्यान्डसँग पराजित भएको थियो । ग्लोबल छनोटमा आठ देश सहभागी छन् […]
काठमाण्डौ । सुन चाँदीको भाउ आज पनि बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज तोलामा सुनको भाउ ९६ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
झापा । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट लिने कर्जाको ब्याजदर अर्थात् बैंकदर २ प्रतिशत विन्दुले थप गरेर ७ प्रतिशत पुर्याएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि बैंकदर ५ प्रतिशत रहेको थियो । यस्तै, ब्याजदर कोरिडोरसँग सम्बद्ध स्थायी तरलता सुविधा दर, नीतिगत रिपो […]