Sajhamanch Archive

स्थानीय निर्वाचनका लागि दल दर्ता खुला

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on स्थानीय निर्वाचनका लागि दल दर्ता खुला.

झापा । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ। स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशन गरी दल दर्ता गर्न आह्वान गरेको हो। सोही अवधिभित्र […]

प्य्रांक भिडिओका नाममा नागरिकलाई हैरानी दिएको आरोपमा आकाश पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on प्य्रांक भिडिओका नाममा नागरिकलाई हैरानी दिएको आरोपमा आकाश पक्राउ.

झपा । प्य्रांक भिडिओ बनाउने आकाश सेढाई पक्राउ परेका छन् । ख्यालठट्टाको नाममा नागरिकलाई शारीरिक तथा मानसिक हैरानी दिएको आरोपमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोल घर भइ अहिले भक्तपुर कौशलटार बस्ने २७ वर्षीय सेडाईंलाई हिजो पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले नेपाली प्राङ्कस्टर नामक आफ्नो युट्युब च्यानेलमा प्य्रांक भिडयो शेयर गर्छन् । उनले विद्युतीय कारोबार […]

आज एमसीसी टेबुल नहुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on आज एमसीसी टेबुल नहुने.

काठमाडौँ । आजको संसद बैठकमा एमसीसी टेबुल नहुने भएको छ । सत्तारुढ काँग्रेस र माओवादी केन्द्रबीच आज एमसीसी टेबुल नगर्ने सहमति भएको बताइको छ ।

तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा by . Leave a Comment on तोलामा १६ सय रुपैयाँले घट्यो सुनको मूल्य.

झापा । सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको छ । मंगलबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेको मूल्य बुधबार भने ओरोलो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार एक सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँमा झरेको छ । […]

गौतमबुद्ध विमानस्थलमा शुक्रबार यान्त्रिक परीक्षण उडान गरिदै

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on गौतमबुद्ध विमानस्थलमा शुक्रबार यान्त्रिक परीक्षण उडान गरिदै.

काठमाडौं। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी शुक्रबार (फागुन ६ गते) देखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गरिने गरेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थलमा १० दिनसम्म सो उडान सञ्चालन हुन लागेको हो । प्राधिकरणले हिजो मंगलबार सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेसन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो । उडानको […]

सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव.

झापा । सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा सुरु गर्नुपर्नेमा जोड दिएका छन्। महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब १ सय २० दिन मात्रै पढाइ गरेर परीक्षा लिँदा पढाइमा गुणस्तर आउन नसक्ने भन्दै चैत महिनाभरि पढाएर वैशाखमा परीक्षा लिने र […]

एमसीसीको विपक्षमा उभिने माओवादीको निर्णय

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एमसीसीको विपक्षमा उभिने माओवादीको निर्णय.

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो । आज संसद बैठक बस्दैछ । बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।

दाङका सडक र बजार क्षेत्र सुनसान, दुई जना पक्राउ

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on दाङका सडक र बजार क्षेत्र सुनसान, दुई जना पक्राउ.

दाङ । एमसीसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लवं) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलले आयोजना गरेको बन्दका कारण सर्वसाधारणले सास्ती पाएका छन् । पूर्वपश्चिम राजमार्गसहित दाङका प्रमुख बजार क्षेत्रका सडकमा यातायातका साधन फाट्टफुट्ट मात्रै चलेका छन् । बन्दले रोकिएका सवारी साधनलाई प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यमा पठाइरहेको छ । शिक्षण संस्था, कलकारखाना र उद्योगधन्दा बन्द छन् । […]

झापामा ठूलो परिमाणमा औषधि बरामद

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on झापामा ठूलो परिमाणमा औषधि बरामद.

बनियानी । झापाको कचनकवल गाउँपालिकाबाट प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणमा औषधि बरामद गरेको छ । कचनकवल–१ कुट्टिबाट रू आठ लाख ४१ हजार ३९७ बराबरको २२ प्रकारका औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब परीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । भारतबाट नेपालतर्फ मंगलबार राति ११ः३० बजे बोरा बोकर शंकास्पद […]

सोलुखुम्बुमा सकेट बम भेटियो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सोलुखुम्बुमा सकेट बम भेटियो.

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका २ बेनीको फेरा भन्ने ठाउँमा एउटा सकेट बम भेटिएको छ । स्थानीयवासीले बारीमा काम गर्ने क्रममा आज मङ्गलवार दिउँसो बम देखेपछि प्रशासनलाई खबर गरेका थिए । बम फेला पारिएको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको प्रशासनले जनाएको छ । यस्तै बम डिस्पोज गर्न ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी […]