झपा। सशस्त्र प्रहरीले पर्साबाट झन्डै चार किलो चरेस बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–१७ स्थित ईनर्वा गाउँदेखि भारततर्फ अहिर्वा गाउँ जाने कच्ची बाटो क्षेत्रबाट तीन किलो ९०० ग्राम चरेस बरामद गरिएको हो । सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट खटिएको टोलीले चेकप्वाइन्ट थापेको देखेपछि एकजना झोला फालेर भागेका थिए । सो झोला बरामद गर्दा चरेस […]
झापा। दाङको लमही नगरपालिका–५, रातोडाँडाबाट एकथान चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–५, महसेनीखोला बस्ने ४३ वर्षीय राजकुमार पुन र तुलसीपुर उपमहानगरपालिका–११, बेलगडारी बस्ने २६ वर्षीय कृष्ण चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय लमही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुरूमा हिँडिरहेका उनीहरूलाई जाँच गर्दा उक्त […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् । मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती पाएका छन् । वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो । […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि प्रसाद सापकोटालाई टेलिफोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् । देउवाले मंगलबार सभामुख सापकोटालाई टेलिफोन गरी प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न समितिको बैठक बोलाउन आग्रह गरेका प्रधानमन्त्री निकट कांग्रेसका एक नेताले जानकारी दिए । प्रतिनिधि सभा बैठक बुधबार बस्ने तय भएको छ । तर […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले एमसीसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् । आज बसेको संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङ गर्दै कांग्रेस नेता महतले एमसीसी इन्डो प्यासेफिक अन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको बताए । यसबारे कुनै पनि दलले अन्यथा लिन नहुने बताउँदै पूर्वअर्थमन्त्री महतले भने, ‘तर अहिले जनमानसमा एमसीसीबारे […]
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक जारी छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको छ। त्यसैगरी अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदमा टेबुल गर्नेबारे पनि यो बैठकमा कुरा हुनेछ।
काठमाण्डौ । आज बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्ध दिवस मनाउने गरिन्छ । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको यसवर्षको नारा ‘जीवन रक्षाः तपाईँको हातमा’ रहेको छ । हरेक वर्ष विश्वभर झण्डै दुई लाख आठ हजार […]
झिलझिले । झापाको सतासीधाम सामुदायिक बन उपभोक्ता समुह र अन्तराष्ट्रिय झापाली समाज ईजरायलको संयुक्त लगानीमा सतासीधाम पिकनिक स्पोर्टमा आरसिसी सभाहल निर्माण हुने भएको छ । शिवसताक्षी नगरको सताक्षीधाम मन्दिर दक्षिण सतासी पिकनिक स्पोर्टमा भवन निर्माण हुने भएको हो । सतासीधाममा बनभोज खाएर रमाउने टोलीले सुरक्षित भवनको आवश्यक्ता ठानेपछि सभाहल निर्माण हुने भएको अन्तराष्ट्रिय झापाली समाज […]
झापा । पछिल्लो २४ घण्टामा नेपालमा सात सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८ हजार ६ सय ९६ जनाको नमुना परीक्षण गर्दा ७ सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ३ सय १९ जना निको […]
झापा । नेपालमा थप १३ लाख १२ हजार ८० डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप आएको छ । बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको सो खोप आज बिहान नेपाल आइपुगेको हो । बेलायतले यसअघि पनि कोभ्याक्स सुविधामार्फत आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाललाई दिएको थियो ।