झापा । नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले दुग्ध विकास संस्थान (डिडिसी) ले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले डिडिसीले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैँ सम्मिलित भएर गरेको निर्णयलाई लत्याएका भन्दै […]
झापा । नेपालमा पछिल्लो दशकमा बालश्रमको स्थितिमा सुधार आए पनि अहिले पनि इँटाभट्टा, गलैँचा कारखाना र मनोरञ्जन लगायतका क्षेत्रमा ११ लाख बालबालिका बालश्रम गर्न बाध्य छन् । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संयुक्त प्रतिवेदन, २०२१ का अनुसार पाँचदेखि १७ वर्ष उमेर समूहका कूल ७० लाख बालबालिकामध्ये ११ लाख अर्थात् १५ […]
जाजरकोट । लगातार दुई दिनसम्म परेको भारी हिमपातले यहाँ कलमी गरेका लाखौँ सुन्तलाका बिरुवा नष्ट गरेको छ । प्लाष्टिक टनेलभित्र ग्राफटिङ गरिएका लाखौँ सुन्तला, ओखर, कागतीलगायत विभिन्न जातका बिरुवा भारी हिमपातले नष्ट गरेको हो । दुई दिनसम्म परेको भारी हिमपातले कुशे गाउँपालिका–५ दम्दालामा रहेका व्यावसायिक फलफूल नर्सरीमा लाखौँ सुन्तलाका बिरुवा नष्ट भएको जेवी कृषि फार्म […]
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटअघि हुने चारदेशीय शृङ्खलामा नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमान भ्रमणमा रहेको नेपालले चारदेशीय ट्वान्टी–२० अन्तर्राष्टिय शृङ्खलाको पछिल्लो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले सन्दीप लामिछानेको कप्तानीमा खेल्न लागेको यो पहिलो खेल हो । त्यसकारण पनि यस खेललाई निकै महत्वपूर्णका साथ हेरिएको छ […]
काठमाण्डौ । ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटिएको छ । मन्दिरबाट गएको माघ ९ गतेदेखि हराएको बालकुमारीमाईको मूर्ति फेला परेको हो । बालकुमारीमाईको मूर्ति हात्तीवनको कात्तिक तार, सशस्त्र प्रहरी क्याम्प, क्लासिक टावरसँगै भेटिएको प्रदेश सांसद राजकाजी महर्जनले बताउनु भयो। आज बिहान स्थानीयले क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा प्याक गरेको अवस्थामा […]
बिर्तामोड । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको सहयोगमा मानवअधिकार समूह अर्जुनधाराले सरोकारवालासँग आवासको अधिकारको सवालमा बिहीबार अन्तरक्रिया गरेको छ । अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा समूहका अध्यक्ष चन्द्रप्रसाद सुवेदीले आवासको अधिकारका विषयमा ५ बुँदे कार्यपत्र प्रस्तुत गर्दैै नगर प्रमुख हरिकुमार रानालाई हस्तान्तरण गरेका थिए । कार्यपत्रमा जनता आवास कार्यक्रम वास्तविक विपन्नसम्म पुग्न नसकेको गुनासो […]
बिर्तामोड । हल्दिवारी गाउँपालिकाले ८ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभाको समापन कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा उत्कृष्ट कर्मचारीतर्फ सूचना प्रविधि अधिकृत सुशील कडरिया र स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला रहेका छन् । कडरियालाई नगद ३५ हजार र निरौलालाई नगद २५ हजारसहित हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। १४ औँ महाधिवेशनपछि पहिलोपटक कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो। बुधबार बसेको पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको छ। बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भ्रातृ […]
बाह्खरी । तास्मानिया सरकारले लामो समयपछि स्कुल फिर्ता भएका बालबालिकालाई एउटा विशेष कोभिड प्याकेज पठाएको छ । तर त्यसमा बच्चाहरुलाई भनेर दिइएको मास्क तिनको नाकमुख सहित आँखा पनि छोप्ने भएपछि यतिबेला सरकार पक्षको मजाक बनेको छ । नाकमुख सँगै आँखालाई पनि सुरक्षित राख्न यस्तो पठाएको हो कि भनेर धेरैले सामाजिक संजालमा ठट्टा गरेका छन् । […]
काठमाण्डौ । कुवेतले कोरोना रोकथामका लागि लागू गरेका नियमहरूको उलङ्घन गरेमा हुने जरिवाना बापतको रकम घटाएको छ । कुवेतको राष्ट्रिय सभाले बुधबार स्वास्थ्य सावधानी सम्बन्धी कानुनको संशोधनलाई अनुमोदन गर्दै सार्वजनिक स्थानमा स्वास्थ्य मापदण्ड सम्बन्धित नियम उल्लङ्घन गर्नेलाई हुने जरिवाना बापतको रकम ५ हजार कुवेती दिनारबाट ५० दिनार अर्थात् झण्डै २० हजार रुपैयाँ बनाएको हो । […]