उदयपुर । निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताए । तटीय क्षेत्रमा डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै […]
अमेरिका । गैर आवासीय नेपाली संघ अमेरिकाले ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामग्री नेपाल पठाएको छ । एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदीको नेतृत्त्वमा संकलित स्वास्थ्य सामग्री अमेरिकी सेनाको सहयोगमा नेपाल ल्याउन लागिएको हो । यही सामग्री ल्याउने क्रममै अमेरिकी सेनाले नेपालका लागि हुने सहयोग नेपालसम्म पुर्याउने सहमति दिएको छ । एनआरएन अमेरिका […]
काठमाडौं । अफगानिस्तानको काबुल एयरपोर्टलाई लक्षित गरी पाँचओटा रकेट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सोमबार भएको यो आक्रमणलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले बीचमै नष्ट गरिदिएको छ । अहिलेसम्म कुनै क्षति भएको समाचार आएको छैन । अहिले अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको काम गरिरहेको छ । मंगलबार अमेरिका अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिँदै छ । […]
काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सत्तारुढ गठबन्धनको सोमबार बसेको बैठकमा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाश लगायतले छानविन समितिको प्रतिवेदन आउन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका छन् । ‘तत्काल प्रतिवेदन ल्याउनुपर्यो, […]
काठमाडौं । कोरोना भाइरसका महामारीयता नेपालको हवाई उद्योगले ३७ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको छ । नेपालमा २०७६ चैतदेखि लकडाउन शुरु भएको थियो । सो समयपछिको सवा एक वर्षको अवधि (२०७८ असारसम्म)मा हवाई उद्योगले सो बराबरीको प्रक्षेपित आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो क्षति कोभिड आयपूर्वको प्रक्षेपित आयको तुलनामा […]
काठमाडौं । विराटनगर वारिवर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि जिम्बावेका अलराउण्डर सिकन्दर राजालाई भित्राएको छ । सिकन्दरले विराटनगर वारिवर्सबाट चौथो संस्करणको ईपीएल खेल्ने भएका हुन् । जिम्बावेका पूर्व कप्तानसमेत रहेका सिकन्दरलाई अनुबन्ध गरेको विराटनगरले जनाएको छ । सिकन्दरले जिम्बावेका लागि १०५ एकदिवसीय अन्तर्राष्ट्रिय, १७ टेस्ट र ४२ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका […]
WELLINGTON : New Zealand on Monday reported what authorities said was the country’s first recorded death linked to the Pfizer COVID-19 vaccine. The information was released by the health ministry following a review by an independent COVID-19 vaccine safety monitoring board of the death of a woman after receiving the vaccine. The ministry’s statement did […]
काठमाडौं । गत साताको अन्तिम कारोबार केही सम्हालिएको सेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । गत साता लगातार दुई दिन उच्च अंकले घटेर अन्तिम दिन केही सुधार भएको नेप्सेमा यो साताको पहिलो कारोबार दिन आज ४९.१८ अंकको उच्च गिरावट हुँदा ३०४४.८८ अंकमा बन्द भएको छ । आइतबरा प्रि ओपन सेसनमा दोहोरो अंकले […]
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको छ । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएरदल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । […]
काठमाडौं । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले आज पीएसजीबाट डेब्यू गर्ने पक्का भएको छ । पीएसजीले आज रेइम्सविरुद्धको खेलका लागि सार्वजनिक गरेको २२ सदस्सीय टोलीमा मेसीको नाम समावेश गरेको छ । मेसी यसै सिजन स्पेनिस ला लिगाको क्लब बार्सिलोनाबाट ‘फ्री ट्रान्सफर‘मा पीएसजीसँग अनुबन्ध भएका थिए । मेसीले अहिलेसम्म क्लब फुटबलमा बार्सिलोनाबाहेक अरूको जर्सी लगाएका छैनन् […]