काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ । केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । विदेश जानुपर्ने कतिपय व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएको क्युआर कोडसहितको […]
काठमाडौं । नेपाल सरकारले डा। उमाशंकर प्रसादलाई राष्ट्रिय योजना आयोगको सदस्य पदमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सदस्य पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । स्रोतका अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षबाट प्रसादलाई सदस्यमा नियुक्त गरिएको हो । जेएनयूबाट पीएचडी गरेका रौतहटका अर्थशास्त्री प्रसादले त्रिभुवन विश्वविद्यालयमा अध्यापन पनि गराउँछन् […]
झापा । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपालका विभिन्न जिल्लामा छरिएर बसेका बङ्गाली समुदायको हक अधिकार सुनिश्चितताका लागि छुट्टै नेपाल बङ्गाली आयोग गठनका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताएका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल राष्ट्रिय बङ्गाली समाजका राष्ट्रिय अध्यक्ष पार्थो सरकार, राष्ट्रिय उपाध्यक्ष विप्लव घोषसहित पदाधिकारीसँग गरेको भेटघाट पश्चात् […]
काठमाडौ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् । सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने […]
एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन् । अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकार परास्त हुनुमा बाइडेन प्रशासन जिम्मेवार रहेको भन्दै उनले बाइडेनको राजीनामा मागेका हुन् । अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक घानी सरकारलाई टिकाइराख्न र तालिबान लडाकूहरुलाई पराजित गर्न बाइडेन प्रशासन असफल भएको ट्रम्पको भनाइ छ । आइतबार जारी […]
काठमाण्डौ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारेमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । प्रतिनिधि सभाको आज सोमवारको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न र उनीहरूको बारेमा यथार्थ जानकारी गराउन सरकारलाई निर्देशन पनि दिए । तालिबान विद्रोही […]
झापा । झापास्थित बिर्तामोड उद्योग वाणिज्य संघले घर बहाल र व्यवसायिक कर छुट गरिदिन बिर्तामोड नगरपालिकालाई आग्रह गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको नेतृत्वको टोलीले आज बिर्तामोड नगरपालिकाका उपप्रमुख तथा राजश्व परामश समितिकी प्रमुख पवित्रा महतरा प्रसाईंलाई ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्तो आग्रह गरेको हो । अहिलेको अवस्थामा बैंकको व्याज, घरभाडा तथा […]
झापा । झापाको एउटा स्थानीय तहले प्रहरीलाई जरिवानाबाट आएको रकमको ४० प्रतिशत प्रोत्साहन स्वरुप उपलब्ध गराउने निर्णय गरेको छ । अर्जुनधारा नगरपालिकाको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । नदीजन्य सामग्रीको उत्खनन् र ओसारपसारमा यहाँ सँधै विवाद हुँदै आएको छ । प्रहरीले नदीजन्य सामग्री ओसारपसार गर्ने सवारी साधनलाई प्रभावमा परेर नियन्त्रणमा लिन नसक्ने अवस्था नआओस् […]
बीबीसी । अफगानिस्तानमा तालिवानी विद्रोही समूहले कब्जा गरेसँगै अफगानिस्तानको विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । बीबीसीका अनुसार अमेरिकी सेनाले हावामा गोली चलाएको छ । उक अधिकारीले रोयटर्सलाई दिएको जानकारीअनुसार अमेरिकी सेनाले काबुल विमानस्थलमा गोली चलाएको हो । सर्वसाधारण जहाज चढ्न भिडभाड भइरहेका बेला गोली चलाएको बताइएको छ । भीड अनियन्त्रित भएपछि गोली चलाएको बताइएको […]
काठमाडौं । आफ्ना माग पूरा गर्न आमरण अनशन गरिरहेका भूपू गोर्खाहरूलाई आन्दोलन फिर्ता लिन सरकारले आग्रह गरेको छ । कुटनीतिक माध्यमबाट भूपू गोर्खाका माग संबोधनका लागि पहल गरिएको भन्दै आमरण अनशन स्थगन गर्न आज बसेको मन्त्रिपरिषद बैठकले आग्रह गरेको छ । ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन अपमानजनक रहेको र यसको अन्त्यको […]