Sajhamanch Archive

अफगानमा रहेका नेपालीको उद्धार गर्ने मन्त्रिपरिषदको निर्णय

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अफगानमा रहेका नेपालीको उद्धार गर्ने मन्त्रिपरिषदको निर्णय.

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । उद्धारका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक कार्य अगाडि बढाउन निर्देशन दिने पनि बैठकले निर्णय गरेको हो । तालिबान विद्रोही काबुल प्रवेश गरेपछि आ–आफ्ना देशले नागरिक फिर्ता लैजान थालेका छन् ।

फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

Published: in समाज by . Leave a Comment on फरार प्रतिवादी १६ वर्षपछि पक्राउ.

मोरङ । फरार प्रतिवादीलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । डाँका मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले मोरङको मिक्लाजुङस्थित टाँडीबाट पक्राउ गरेको हो । दुईवटा डाँका मुद्दामा अदालतले १५ वर्ष कैद सजाय हुने फैसला गरेको पदम विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । धनकुटा जिल्ला अदालतले २०६२ भदौमा उनलाई ६ वर्ष कैद र […]

हाइटीको भूकम्पमा मृतकको संख्या १३०० पुग्यो, सरकारद्वारा आपतकालको घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on हाइटीको भूकम्पमा मृतकको संख्या १३०० पुग्यो, सरकारद्वारा आपतकालको घोषणा.

एजेन्सी। गत शनिबार हाइटीमा गएको ७.२ माग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब १३०० पुगेको छ । बीबीसीका अनुसार आज बिहानसम्म एक हजार २९७ जनाको मृत्यु भएको पुष्टि भएको छ । सरकारी अधिकारीका अनुसार पाँच हजार ७०० जना घाइते भएको र सयौँको अवस्था अज्ञात रहेकाले मृतकको संख्या अझै बढ्ने देखिएको छ । भूकम्पका कारण ठूलो […]

हराएका दुर्गाप्रसाद तीनघरेमा भेटिए

Published: in समाज by . Leave a Comment on हराएका दुर्गाप्रसाद तीनघरेमा भेटिए.

इलाम । भारतमा ४० वर्ष जेल जीवन बिताएर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) आइतबार इलामबाट हराएकामा प्रहरीले फेला परेको छ । ६१ वर्षीय दुर्गाप्रसाद सोमबार बिहान फेला परेका हुन् । फिक्कल जाने बाटोमा पर्ने तीनघरेमा उनी फेला परेको इलामका एसपी महेन्द्र श्रेष्ठले बताए । दुर्गाप्रसाद इलामको माई नगरपलिका–३ लुम्बाकका निवासी हुन् । लामो समय […]

सहकारीलाई ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन अर्थमन्त्रीको आग्रह

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on सहकारीलाई ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन अर्थमन्त्रीको आग्रह.

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरूलाई आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसका अवसरमा बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको बताउँदै मन्त्री शर्माले सोधे, ‘तपाईंहरुको लगानी […]

ह्वाइट हाउस बाहिर बाइडेनविरुद्ध प्रदर्शन

Published: in विश्व समाचार by . Leave a Comment on ह्वाइट हाउस बाहिर बाइडेनविरुद्ध प्रदर्शन.

एजेन्सी। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर जो बाइडेनविरुद्ध प्रदर्शन भएको छ । राष्ट्रपति बाइडेनका कारण विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको भन्दै अफगान नागरिकहरूले उनीविरुद्ध प्रदर्शन गरेको समाचार संस्था एएनआईले जनाएको छ । प्रदर्शनकारीहरूले ‘बाइडेन, तिमीले हामीलाई धोका दियौ । यो सबको जिम्मेवार तिमी हौ’ जस्ता नारा लगाएका छन् । आइतबार तालिबानले राजधानी […]

झापामा सवारी दुर्घटना एक जनाको मृत्यु

Published: in समाज, स्थानीय तह by . Leave a Comment on झापामा सवारी दुर्घटना एक जनाको मृत्यु.

झापा। झापामा सवारी दुर्घटना परी एक जनाको मृत्यु भएको छ । झापास्थित बाह्रदशी गाउँपालिका–७ सिमल चोकनजिक कारको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ । गए राति करिब साढे १० बजे प्रदेश १, ०१–०१२ प १९४२ नम्बरको स्कुटरलाई प्रदेश १, ०१–००१ च ७२७७ नम्बरको कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते भएका स्कुटर चालक […]

अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वारको प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वारको प्रबन्ध मिलाउन प्रधानमन्त्रीको निर्देशन.

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्वार प्रबन्ध मिलाउन निर्देशन दिएको जनाएका छन् । सोमबार विहान सामाजिक सञ्जाल ट्वीट मार्फत प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन आइतबार नै निर्देशन दिएको बताए । सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको […]

प्रदेश १ सहित अन्य दुई प्रदेशका तराई भू–भागमा वर्षाको सम्भावना

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ सहित अन्य दुई प्रदेशका तराई भू–भागमा वर्षाको सम्भावना.

काठमाण्डौ । अहिले मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशमा पर्ने तराईका एक/दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । यस्तै, आज वाग्मती र सुदूरपश्चिमका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ । अन्य ठाउँमा भने आज हल्कादेखि सामान्य पानी […]

रियल सोसिडाड बार्सिलोनासँग पराजित

Published: in खेलकुद by . Leave a Comment on रियल सोसिडाड बार्सिलोनासँग पराजित.

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सुखद सुरुवात गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ ले पराजित गरेको हो । गत सिजन कमजोर प्रदर्शन गरेको बार्सिलोनाले यो सिजन सहज जित निकाल्दै सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई गोल गरे । जेरार्ड पिके र सेर्जी रोबर्टोले […]