झापा । झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत ‘आवाजविहीनका लागि आवास’ कार्यक्रम शीर्षकमार्फत उनीहरुले घर पाएका हुन् । आर्थिक वर्ष २०७७/०७८ मा यहाँका २७ परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको झापा क्षेत्र नं १ का सांसद राम […]
काठमाण्डौ । अफगानिस्तानलाई तालिबानले कब्जामा लिएसँगै विश्वका धेरै देशले चासो र चिन्ता देखाएका छन् । तालिबानले दबाब बढाउँदै लगेपछि राष्ट्रपति अशरफ घानीले देश छोडे पछि कहाँ गएको होला र किन देश छोडेको होला भन्ने चासो पनि बढ्दो छ । यसबीचमै राष्ट्रपति घानीले भने, – ‘रक्तपातबाट देशलाई बचाउन देश छोडेँ ।’ उनले आफ्नो फेसबुक पेजमा देश […]
झापा । पछिल्लो २४ घण्टामा मुलुकभर २२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १८६७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको परीक्षणमा २२१२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या पीसीआर विधिबाट […]
काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन् । राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बाट १७ खेलाडी बाहिरिँदा यस अघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल पनि बाहिरिएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका मध्ये १७ खेलाडी बाहिरिएको बताएको […]
झापा । झापाको कमल गाउँपालिकामा सडेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । कमल गाउँपालिका– २ स्थित क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव भेटिएको हो। स्थानीय नयाँ बस्तीमा बस्दैआएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आज बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका […]
काठमाडौं । क्यूआर कोडसहितको खोप प्रमाणपत्र अनिवार्य गरेका मुलुक जान लागेकाहरूलाई प्रमाणपत्र प्राप्त भएपछि मात्रै टिकट लिनका लागि स्वास्थ्य तथा जासंख्या मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले अनलाइनमार्फत प्रमाणपत्र पाउन सकिने भएकाले सम्बन्धित म्यानपावर वा नजिकैको स्वास्थ्य संस्थाको सहयोग लिन सकिने जनाएको छ । क्यूआरकोडसहितको खोप प्रमाणपत्र पाँच दिनभित्र तयार हुने भएकाले अनलाइनमार्फत नै प्रक्रिया […]
नवलपरासी । फरार अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् ।१० वर्षभन्दा बढी कैद सजाय तोकिएको एक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले प्रतापपुर गाउँपालिका–३, सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो । निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२, बाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए । जिल्ला […]
काठमाडौं । लुम्बिनीमा जस्तै आलोपालो गरी मुख्यमन्त्री चलाउन गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली काँग्रेससँग माग राखेका छन् । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भने, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेससँग नै प्रतिस्पर्धा हुने हो । गण्डकीमा पनि लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माग छ ।’ […]
काठमाण्डौ । अफगानिस्तानको राजधानी काबुलबाहेक प्रमुख सहर तालिबान विद्रोहीले कब्जा गरेको छ । विद्रोहीले आज बिहानै पूर्वी सहर जलालाबाद नियन्त्रणमा लिएका छन् । यससँगै अफगानिस्तानका ३४ वटा प्रान्तीय राजधानीमध्ये २३ वटा तालिबानको नियन्त्रणमा पुगेका छन् । जलालाबादमा बिना कुनै क्षति तालिबानले सहज रुपमा कब्जा जमाएको समाचार संस्था रोयटर्सले जनाएको छ । योसँगै सरकारको नियन्त्रणमा रहेको […]
काठमाण्डौ । लेबनानको उत्तर पश्चिमा पर्ने अक्करमा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । ७९ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार चलिरहेको अल्जजिराले जनाएको छ । ट्याङ्कर विस्फोटको कारण खुलेको छैन । लामो समयदेखि आर्थिक सङ्कटमा रहेको लेबनानले केही महिनादेखि इन्धन अभावको चुनौती समेत सामना गरिरहेको छ […]