Sajhamanch Archive

भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भैरहवाबाट हङकङ उडान गर्दै नेपाल एयरलाइन्स.

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौंबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो । विश्व प्रसिद्ध लुम्बिनीलाई हवाईमार्गमार्फत हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट भारतको […]

आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, शिक्षा, समाज by . Leave a Comment on आजदेखि एक हप्ता कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित.

काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित गरेको जनाएको छ । हिस्टुनका महासचिव शंकर तिवारीले भने, ‘हामीले बोर्डसँगको समन्वयमा देशभरका परीक्षण केन्द्रमा आजदेखि एक हप्ता कक्षा १२ को […]

मासु भाग लगाए जसरी बाँडियो रासायनिक मल

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मासु भाग लगाए जसरी बाँडियो रासायनिक मल.

दाङ । असार सुरु भएसँगै दाङको घोराही उपमहानगरपालिका-७ राजपुरका किसानहरु धानको ब्याड राख्न मलको खोजीमा लागे । तर भनेको बेला मल पाएनन् । गत शुक्रबार चौतारी सहकारीले ७ बोरामात्रै डिएपी र युरिया मल ल्याइपुर्‍यायो । राजपुरका ६३ जना किसानका लागि त्यो मल अपुग थियो । कसैले पाउने, कसैले नपाउने स्थिति भएपछि किसानहरु आफैं सल्लाह गरेर […]

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ.

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललित निवास जग्गा प्रकरणमा गुरुङलाई नक्सालस्थित निवासबाट पक्राउ गरेको हो । २०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले कीर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । […]

नागरिकता लिन भोकभोकै लाइनमा

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नागरिकता लिन भोकभोकै लाइनमा.

विराटनगर । नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा भीड लागेको छ । सेवाग्राहीहरु बिहान झिसमिसेदेखि नै लाइनमा बसेको बताएका छन् । नागरिकता बनाउनेहरुको जिल्ला प्रशासन कार्यालयदेखि शनिबारे हटियासम्म २५० मिटर लामो लाइन लागेको छ । लाइनमा बसेकाहरू भोकभोकै छन् । धनपालथान गाउँपालिका १ बाट आएका सुनिल ऋषिदेवले बिहान ४ बजेदेखि लाइन लागेको बताए । […]

पानीको बहाव थेग्न नसकेपछि हेवाखोलाको ‘डाइभर्सन’ अधुरै

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on पानीको बहाव थेग्न नसकेपछि हेवाखोलाको ‘डाइभर्सन’ अधुरै.

पाँचथर । बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन। सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो। सोमबार साँझसम्म १२ ‘ह्युमपाइप’मार्फत खोला कटाउने प्रयास गरिए पनि सफल हुन नसकेको छैन। ठाडो खोला भएका कारण पानीको बहाव थेग्न नसक्दा ‘डाइभर्सन’मा […]

भारतमा पक्राउ परेका शिवशिखर सहकारीका अध्यक्ष शर्मालाई काठमाडौँ ल्याइयो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on भारतमा पक्राउ परेका शिवशिखर सहकारीका अध्यक्ष शर्मालाई काठमाडौँ ल्याइयो.

काठमाडौँ । सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार हुँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ । सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने […]

धान गोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु,४ जना घाइते

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on धान गोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु,४ जना घाइते.

जुम्ला । जुम्लामा करेन्ट लागेर एक जना किशोरीको मृत्यु भएको छ। भने ४ जना घाइते भएका छन्। जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ सुमलगाउँको खलापानी भन्ने ज्युलोमा धान रोपेको खेत गोड्ने क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा सुमलगाउँ निवासी अन्दाजी १७ वर्षीय प्रर्मिला परियार हुन्। लुड्कु जलविद्युत आयोजनाको विधुतको तार हावाहुरीले खेतमा परेको हुनाले करेन्ट लागेको जिल्ला प्रहरी […]

50-bed hospital handed over in Jajarkot

Published: in English by . Leave a Comment on 50-bed hospital handed over in Jajarkot.

JAJARKOT: The federal project implementation unit here handed over a 50-bed hospital to the health service office, Jajarkot, after its completion on Monday. With the modern building for the health facility, it is believed that it would contribute significantly to health services to the people here. Hospital development committee chairman Dambar Bahadur Singh informed that […]

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु.

झापा । हात्तीले आक्रमण गर्दा झापाको हल्दिबारीमा एक जना पुरूषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ५३ का गिरेन कर्मकारको मृत्यु भएको हो। एकाबिहानै उनी च्याउ टिप्न त्यसतर्फ गएका थिए। हल्दिबारी गाउँपालिका-२ को देउनिया खोलाको पुलबाट ३०० मिटर उत्तरमा सो घटना भएको […]