काठमाडौं । शान्त स्वभाव र हँसिलो मुस्कान । झण्डै १९ वर्षको सिनियर करिअरमा नेपालीको मुहारमा यस्तै मुस्कान ल्याउन भूमिका खेलेका शक्ति गौचनले बाउण्ड्रीबाट बिदा भएको पनि पाँच वर्ष भयो । २०७५ साउनमा नेदरल्याण्ड्ससँग भएको ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए । त्यही वर्ष मंसिरमा भएको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० खेलेर घरेलु […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याएको छ । नेपालमा अवैध तरिकाले मोबाइल भित्रिनबाट रोक्न र त्यस्ता मोबाइल चल्न नदिन यो प्रणाली सञ्चालनमा ल्याइएको हो । सञ्चालनमा आएदेखि नै एमडीएमएसले कुन फोनको आईएमईआई नम्बर दर्ता छ र कुन फोनको छैन भनेर छुट्याएर राखेको छ । प्राधिकरणका अनुसार […]
काठमाडौं । देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन दिएको छ । आज सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्र लेख्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न दिर्नेशन दिएको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको भए पनि कम्पनीले आवेदन दिने म्याद थप गरेको सूचना आज जारी गरेको थियो । […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ। पार्टीका महामन्त्री डा मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाइएको हो। उक्त कार्यदलमा पदाधिकारीबाट […]
काठमाडौं। नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र बन्न नहुने बताएका छन्। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले मोर्चा आमूल परिवर्तनका लागि हुनुपर्ने बताए। ‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई […]
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको संख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ ।फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको हो । आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो ।
काठमाडौं । सरकारले जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न प्रक्रिया अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी र रोमानियामा श्रमका लागि जाने श्रमिकको हकहित रक्षा गर्ने भन्दै श्रम सम्झौताको गृहकार्य अघि बढाएको हो । मन्त्रालय स्रोतका अनुसार यी दुई देशसँग श्रम समझदारी गर्न समझदारीपत्रको मस्यौदा तयार गरेर पठाइएको छ । ती […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने सिलसिलामा संखुवासभाको तुम्लिङटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले जिल्लाका जनप्रतिनिधिहरुसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा गएका हुन् । साथै अवलोकन गर्नेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिका […]