काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी, प्रदेशमा सामान्य बदली रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ […]
काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड नरहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले जसलाई जे मन लाग्छ त्यही गरेको र कसैप्रति जवाफदेही हुनुपर्छ भन्ने नदेखिएको टिप्पणी गरे । ‘हामी सबैले सबैलाई जे गर्दा पनि हुन्छ भन्ने हिसाबमा छुट दियौं । […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । भोलि सोमबार बिहान ७ बजेदेखि बस्ने गरि बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । ‘पार्टी स्थापना भएको एक वर्ष पुगेकाले के कसरी मनाउने भनि छलफल गर्न बैठक बोलाइएको हो,’ महामन्त्री ढकालले भने । ७ असारमा रास्पवा स्थापना भएको एक […]
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार आठ दिनदेखि उकालो लागेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५२.२६ अंक बढेर २०९४.३३ विन्दुमा पुगेको हो । यो चार महिनायताकै उच्च विन्दु हो । गत फागुन २ गते २१०५ विन्दुमा बन्द भएको नेप्से परिसूचक त्यसपछिका कारोबार दिनहरूमा लगातार घटेर साढे १८०० विन्दुभन्दा तल […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ । मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । ‘मेयरको निर्देशनपछि भोलिदेखि काठमाडौं महानगरका सबै […]
काठमाडौँ । यसपालि मनसुनको आरम्भमै बाढी पहिरोले पिरोल्न थालिसकेको छ। आइतबार बिहानै पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखेलामा आएको बाढीले जनधनको ठूलो क्षति पुर्याएको छ। शुक्रबार पनि बाढीले ताप्लेजुङमा मोटरेबल पुल बगाएको थियो। अत्यधिक वर्षातका कारण सिरिजंगाको खेवाङ र सिदिङ्वाको मेहेल जोड्ने तावाखोलामाथिको मोटरबल पुल बगाएपछि ताप्लेजुङ सडक सम्पर्कबाट टुटेको छ। […]
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा ९एमाले० जान तयार भएका छन् । आज दिउँसो च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा उनले दोस्रो वरीयता दिए आफू पार्टीमा फर्कन तयार भएको बताएका हुुन् । “म पार्टी एकताका लागि तयार छु । मलाई तपाईंपछिको दोस्रो वरीयताको कार्यकारी भूमिका चाहिन्छ,” उनले भेटमा राखेको आफ्नो […]
काठमाडौं । नेपालका आसिफ शेखले क्रिकेट विश्वकप छनोटमा जिम्बाव्वे विरुद्ध अर्धशतक प्रहार गरेका छन् । आसिफले २८औं ओभरको पाँचौ बलमा टेन्डाई चटारालाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनले ८२ बलमा ५ चौका मद्दतमा ५१ रन बनाए । एक दिवसीय क्रिकेटमा यो उनको नवौं अर्धशतक हो ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताएका छन् । वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको उनले बताए । आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको बताए । तराई मधेशमा धेरै गर्मी […]