काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्ससँग पराजित भएको छ। भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारीका क्रममा फिलिपिन्स गएको नेपाली टोलीले आज फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा भएको खेलमा घरेलु टोलीसंग १-० गोलले पराजित भएको हो। पहिलो हाफ विना कुनै गोल बराबरीमा रहेको नेपाल दोश्रो हाफमा गोल खाएर हार्न पुगेको […]
काठमाडौँ । अनलाइन बेटिङको प्रवर्द्धनमा लागेको अभियोगमा पक्राउ परेका ५ कलाकार र ३ जना युट्युबरलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। बिहीबार प्रहरीले उनीहरुलाई पक्राउ गरी सरकारी वकीलको कार्यालयमा म्याद थपका लागि उपस्थित गराएको थियो। प्रहरीले पक्राउ परेकाहरुले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको बताएको छ। नेपालको मुलुकी अपराध संहिता २०७४ […]
विराटनगर । कोशी प्रदेश सरकारले आगामि आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गरेको छ। कोशी प्रदेश सरकारका मुख्य मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले बिहीबार कोशी प्रदेशको आगामि आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। कोशी प्रदेश सरकारले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यानवयनका लागि ३६ अर्ब २४ करोड ३५ […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि भारतमा ठूलो मात्रामा विद्युत निर्यात सुरु गरेको छ । पछिल्ला हप्तामा वर्षातसँगै नदीमा पानीको सतहमा भएको वृद्धिका कारणले विद्युत निर्यात सुरु भएको हो । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार विगत ५ दिनदेखि ३०० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको छ । अब नेपालमा मनसुन प्रवेश गरेकाले असार महिनाभर […]
काबुल । अफगानिस्तानको सांगन प्रान्तमा निसास्सिएर दुई खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन् । सांगन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना भएको अफगानिस्तानी समाचार समिति खामा प्रेसले तालिवानका प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै आज जनाएको हो । उक्त कोइलाखानी गैरव्यावसायिक भएको दरा–ए–सुफ बालाका गभर्नर मोहम्मद नसिम […]
काठमाडौंं । नेपाल सुपर लिग फुटबल ९ मंसिरदेखि सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले बिहीबार दोस्रो सिजनको मिति घोषणा गरेको हो । जसअनुसार लिग ९ मंसिरमा सुरु हुनेछ र २१ पुसमा सकिनेछ । पहिलो सिजनको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको थियो । एनएसएल फुटबल आयोजनाको सबै अधिकार दिए वापत अखिल […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ । बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार […]
विराटनगर । सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न माग गर्दै विद्यार्थी संगठनहरुले गरेको तालाबन्दीका कारण पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नै स्थगित भएको छ । २८ जेठमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दीका कारण ३२ जेठबाट हुने इन्जिनियरिङ, ३ असारबाट हुने साइन्स एण्ड टेक्नोलोजी, ८ असारबाट हुने […]
काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द भएको छ । वर्षाका कारण आउटभिल्ड खेल्न लायक नभएपछि नेपालले भारत ए सँग खेल्न पाएन् र टस नै नभई खेल रद्द गरिएको हो । रद्द भएपछि दुवैले एक-एक अंक पाएका छन् । समूह बी मा नेपालले दुई खेलपछि […]
विराटनगर । कोशी प्रदेश सरकारले आज अध्यादेशबाट बजेट ल्याउने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार आर्थिक अध्यादेश र विनियोजन अध्यादेश जारी गरेका छन् । आजै बजेट सार्वजनिक गर्ने तयारी छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टका अनुसार आजै बजेट सार्वजनिक गर्ने तयारी छ । माओवादी केन्द्रको समर्थन फिर्तापछि अल्पमतमा परेको सरकारको […]