Sajhamanch Archive

पत्रकार महासङ्घको चुनाव : २ बजेसम्म ५५ प्रतिशत मत खस्यो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on पत्रकार महासङ्घको चुनाव : २ बजेसम्म ५५ प्रतिशत मत खस्यो.

काठमाडौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान चलिरहेको छ । काठमाण्डौ उपत्यकासहित देशभर महासङ्घले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि मतदान भइरहेको छ । दिउँसो २ बजेसम्म ५५ प्रतिशत मतदान भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ ठाउँमा र एक एसोसिएटको दशरथ रङ्गशालामा […]

अफगानिस्तानमा ४२ जना तालिबानी लडाकुसहित ५९ जना मारिए

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on अफगानिस्तानमा ४२ जना तालिबानी लडाकुसहित ५९ जना मारिए.

काबुल । द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा विगत २४ घण्टाको अवधिमा विद्रोहीहरुका क्रियाकलाप एवं भिडन्तमा परेर ५९ जनाको मृत्यु भएको छ । अफगान युद्धको अनुगमन गरिरहेको समूहकाअनुसार विगत २४ घण्टामा आठ जना सर्वसाधारण, नौ जना सैनिक र ४२ जना तालिबानी लडाकुको ज्यान गएको छ । हिंसा न्यूनीकरण समूहले हिंसामा परेर ३० जना सर्वसाधारण, ३८ जना तालिबानी लडाकू […]

नेप्से झिनो अंकले घट्यो, सेन्सेटिभ इन्डेक्स भने बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on नेप्से झिनो अंकले घट्यो, सेन्सेटिभ इन्डेक्स भने बढ्यो.

काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने केही सुधार देखिएको छ । नेप्से परिसूचक २ दशमलव ८५ अंकले घटेर २ हजार ६ सय ७१ दशमलव ६१ अंकमा आइपुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०।६२ अंकले बढेर ४ सय ७६ दशमलव ८० […]

इथियोपियाका दुई प्रान्तबीच झडप

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by . Leave a Comment on इथियोपियाका दुई प्रान्तबीच झडप.

काठमाडौं । इथियोपियाका अफार र सोमाली प्रान्तबीच भएको झडपमा परी एक सयभन्दा धेरै आम नागरिकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार आगामी जुनमा निर्वाचन हुन गइरहेको अवस्थामा इथियोपियाका दुई प्रान्तबीचमा हिंसा भड्किएको हो । गत शुक्रबारदेखि सुरु भएको झडपमा मृत्यु हुनेमा अधिकांश गोठाला छन् । मंगलबार अफार प्रान्तका प्रहरी कमिश्नरले सोमाली प्रान्तको फौजले […]

निजामती प्रशासन झिङ्गे टसाइ सोचबाट मुक्त हुन सकेन : ईश्वर पोखरेल

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on निजामती प्रशासन झिङ्गे टसाइ सोचबाट मुक्त हुन सकेन : ईश्वर पोखरेल.

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन ‘झिङ्गे टसाइ’ सोचबाट मुक्त हुन नसकेको बताएका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विभिद पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टसाई सोच प्रमुख समस्याको रूपमा रहेको बताए । उनले समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि टिप्पणी समेत […]

आगलागीमा परेर एकै घरका दाइ र बहिनीको मृत्युु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आगलागीमा परेर एकै घरका दाइ र बहिनीको मृत्युु.

झिमरुक । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । बुधबार बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनकी सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले दिइन् । उनकाअनुसार घरमा अभिभावक नभएको बेला आगलागी भएको हो […]

NC President Deuba pays tribute to late Nabindra Raj Joshi

Published: in English, by . Leave a Comment on NC President Deuba pays tribute to late Nabindra Raj Joshi.

KATHMANDU : Nepali Congress President and former Prime Minister Sher Bahadur Deuba has said that the party and country have lost a capable leader in the demise of NC leader and former Minister Nabindra Raj Joshi. At a condolence assembly organised today by NC Central Committee at the NC central office, Sanepa, on the 13th […]

काँग्रेसभित्र कुनै विवाद छैन : नेता देउवा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on काँग्रेसभित्र कुनै विवाद छैन : नेता देउवा.

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र कुनै किसिमको विवाद नरहेको बताएका छन् । नेताहरुले पार्टी संकटमा रहेको भन्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा बोलेको विषयलाई खण्डन गर्दे सभापति देउवाले पार्टी कहिल्यै पनि संकटमा नरहेको बताएका हुन् । उनले पार्टीका नेता कार्यकर्तालाई आफैले आफैलाई कमजोर नबनाउन पनि आग्रह गरे । स्वर्गीय नवीन्द्रराज जोशीको १३ औ […]

महामारीका कारण पेट्रोलियम अन्वेषण गर्ने चिनियाँ टोली आएन

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by . Leave a Comment on महामारीका कारण पेट्रोलियम अन्वेषण गर्ने चिनियाँ टोली आएन.

काठमाडौं । दैलेखमा अन्तिम चरणमा पेट्रोलियम पदार्थ अन्वेषण काम गर्न चैत १९ अप्रिल १ मा आउने भनिएको चिनियाँ विज्ञ टोली तोकिएको मितिमा आएन । कोरोनाको महामारीको कारण चिनियाँ टोली नआएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए । यो टोलीले आएर गर्ने अन्वेषणपछि दैलेखमा पेट्रोलियम खानीको अवस्था र व्यवसायिक उत्खनन् सम्भावनाको टुंगो लाग्ने हो […]

बिर्तामोडमा मासु व्यवसायी परियार मृत भेटिए

Published: in समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा मासु व्यवसायी परियार मृत भेटिए.

बिर्तामोड । बिर्तामोडस्थित गाउँले होटलका संचालक तिलक निरौलाको हत्या भएको तीन दिनपछि बिर्तामोडमै अर्का एक व्यक्ति मृत फेला परेका छन् । हत्या गरेर फ्यालेको अवस्थामा अर्जुनधारा ६ कालीझोडा बस्ने ५० वर्षिय गौतम परियारको लाश बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको हो । परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए । […]