Sajhamanch Archive

गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीहरुले राजीनामा दिने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by . Leave a Comment on गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीहरुले राजीनामा दिने.

पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । बुधबार विहान बसेको माओवादी संसदीय दलको दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब राजीनामा दिनेछन् […]

नेप्सेमा ज्योति लाइफको सेयर कारोबार सुरु

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on नेप्सेमा ज्योति लाइफको सेयर कारोबार सुरु.

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएसँगै आजबाट सेयर कारोबार सुरु भएको हो । नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता सेयर ३६० रुपैयाँमा कारोबार भएको छ । ३६० रुपैयाँमा कम्पनीको सेयर ९० कित्ता कारोबार भएको छ । नेप्सेले कम्पनीको सेयर कारोबारको लागि १२० […]

श्रीलंकन पुलिससँग खेल्दै आर्मी

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on श्रीलंकन पुलिससँग खेल्दै आर्मी.

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप–२०२१ प्ले अफमा आज श्रीलंकन पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । नेपालको एक मात्र एएफसी लाइसेन्स प्राप्त आर्मीले श्रीलंकन पुलिससँग खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई टोलीबीचको खेल साँझ साढे ५ः३० बजे सुरु हुनेछ । प्ले अफअन्तर्गत पहिलो खेलमा आर्मीलाई घरेलु मैदानमा आफूलाई प्रमाणित […]

Voting underway to elect FNJ’s new leadership

Published: in English, by . Leave a Comment on Voting underway to elect FNJ’s new leadership.

KATHMANDU : The Federation of Nepali Journalists (FNJ) is all set to elect new leadership in its all chapters, province committees and the central committee. FNJ has adopted the first-ever direct voting system to elect its central committee leadership. Voting is underway in all chapters across the country. A total of 13,122 members are voting […]

वायु प्रदूषण, तत्काल सुधार नहुने संकेत

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on वायु प्रदूषण, तत्काल सुधार नहुने संकेत.

काठमाडौं । नेपालको वायु प्रदूषण तत्काल सुधार नहुने भएको छ । काठमाण्डौसहित देशका विभिन्न ठाउँको वायु प्रदूषण फेरि बढ्न थालेको र तत्काल सुधार हुने सम्भावना नदेखिएको वातावरण विभागले जनाएको छ । काठमाण्डौ अहिले पनि विश्वकै प्रदूषित सूचीको एक नम्बरमा रहेको छ । काठमाण्डौको कीर्तिपुर, रत्नपार्क, भक्तपुर, भैंसेपाटीलगायत ठाउँसहित चितवनको भरतपुर, धनगढीलगायत ठाउँहरुमा वायु प्रदूषण उच्च […]

लिभरपुल माथि रियलको सहज जित

Published: in खेलकुद, by . Leave a Comment on लिभरपुल माथि रियलको सहज जित.

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको सर्वाधिक च्याम्पियन टोली स्पेनिस क्लब रियल मड्रिडले लिभरपुलविरुद्ध सहज जित निकालेको छ । घरेलु मैदानमा च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले सहज जित निकालेको हो । मंगलबार राति भएको खेलमा रियलले लिभरपुललाई ३–१ गोल अन्तरले पराजित गरेको छ । रियललाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गरे […]

कञ्चनपुरमा कोरोना सङ्क्रमितको मृत्यु

Published: in समाज, स्वास्थ्य, by . Leave a Comment on कञ्चनपुरमा कोरोना सङ्क्रमितको मृत्यु.

कञ्चनपुर । महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका १५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उनमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । ‘भर्खरै कोरोना सङ्क्रमितको मृत्यु भएकोबारे खबर […]

आजदेखि अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लगाइँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on आजदेखि अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लगाइँदै.

काठमाडौं । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आजदेखि लगाइँदैछ । खोप अभियानका लागि सरकारले काठमाडौं उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको छ । उक्त खोप वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ […]

आज पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान हुँदै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आज पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान हुँदै.

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाण्डौ उपत्यकासहित देशभर महासंघले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिएको छ । केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष […]

बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका प्रतिनिधि लाई बिजयी गराउन मञ्चको आग्रह

Published: in समाज by . Leave a Comment on बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका प्रतिनिधि लाई बिजयी गराउन मञ्चको आग्रह.

बिर्तामोड । नेपाल पत्रकार महासंघको भोलि हुने निर्वाचनमा उम्मेद्बारी दिएका बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका प्रतिनिधिलाई बिजयी गराउन मञ्चले आग्रह गरेको छ। मञ्चका गौरादह प्रतिनिधि शृजन घिमिरे र भद्रपुरका द्रोण अधिकारी लाई जिल्ला कार्य समिति झापाको सदस्यमा मतदान गरि बिजयी गराउन आम मतदातामा अपिल गतेको मञ्चका संयोजक सरोज पौडेलले जानकारी दिए।झापा लगायतका जिल्लामा बालबालिका […]