Sajhamanch Archive

वैशाख १ देखि थापाथलीमा एमालेको पार्टी कार्यालय रहने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on वैशाख १ देखि थापाथलीमा एमालेको पार्टी कार्यालय रहने.

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय वैशाख १ देखि थापाथलीमा सर्ने भएको छ । थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा एमालेको पार्टी कार्यालय सर्न लागेको हो । उक्त भवनको बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको भवनमा […]

नयाँदिल्लीमा सार्वजनिक स्थानमा चाडपर्व मनाउन रोक

Published: in विश्व समाचार, समाज by . Leave a Comment on नयाँदिल्लीमा सार्वजनिक स्थानमा चाडपर्व मनाउन रोक.

नयाँदिल्ली । भारतको नयाँदिल्लीमा कोरोना संक्रमणको दर बढेसँगै सार्वजनिक स्थानमा चाडपर्व मनाउन रोक लगाइएको छ । दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण डीडीएमएले एक सूचना जारी गर्दै सार्वजनिकस्थलमा होली, नवरात्रि लगायतका चाडपर्व मनाउन रोक लगाएको बीबीसी हिन्दीले जनाएको छ । विश्वलाई आक्रान्त बनाएको कोभिड–१९ महामारीको संवेदनशीलताप्रति सरकार गम्भीर छ । दैनिक संक्रमितको संख्या बढीरहेको अवस्थामा सरकारले सार्वजनिकस्थलमा […]

एमाले प्रदेश–१ संसदीय दलको बैठक सुरु

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमाले प्रदेश–१ संसदीय दलको बैठक सुरु.

विराटनगर । नेकपा एमाले प्रदेश नम्बर–१ संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक बसेको हो । प्रदेशसभा भवनस्थित दलको कार्यालयमा बैठक सुरु भएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । बैठकमा संसदीय बोर्डको गठन र विधान संशोधन लगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा माओवादी […]

क्षयरोगका ४१ हजार बिरामी उपचारको पहुँच बाहिर

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on क्षयरोगका ४१ हजार बिरामी उपचारको पहुँच बाहिर.

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षदेखि क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्न लागेको हो । क्षयरोगलाई नियन्त्रण र निर्मूलीकरण गरी सबै पालिका क्षयरोगमुक्त गरिने केन्द्रका निर्देशक डा. अनुज भट्टचनले बताएका छन् । गएको वर्ष एक लाख […]

नेपाली कांग्रेसका नेता सिके प्रसाईंकी धर्मपत्नीको निधन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाली कांग्रेसका नेता सिके प्रसाईंकी धर्मपत्नीको निधन.

बिर्तामोड । नेपाली राजनीतिको अग्रणी महिला नेतृ तथा प्रजातान्त्रिक समाजवादका योद्वा, नेपाली कांग्रेसका नेता सिके प्रसाईं की धर्मपत्नी गिरीराजकुमारी प्रसाईंको मंगलबार बेलुका निधन भएको छ । उनको उपचारको क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मंगलबार राति १०ः३० बजे ९० वर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ । स्वासप्रस्वासमा समस्या आएपछि उनलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो […]

Rampur Municipality has millions in unaccounted expense of COVID-19-related programs

Published: in English by . Leave a Comment on Rampur Municipality has millions in unaccounted expense of COVID-19-related programs.

RAMPUR : Rampur Municipality in Palpa allocated a total of 21.5 million rupees for COVID-19 response activities in the last and current fiscal year. However, the municipality is yet to submit its report to the Ministry of Federal Affairs and General Administration (MoFAGA). Records of Rampur Municipality shows that a total of 1,223 people were […]

अनेरास्ववियुको समानान्तर कमिटी गठन

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अनेरास्ववियुको समानान्तर कमिटी गठन.

काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले अनेरास्ववियुको समानान्तर कमिटी गठन गरेको छ । मंगलबार राजधानीमा भएको राष्ट्रिय भेलाले कमिटी गठन गरेको हो । भेलाले यसअघिका सचिव सुदेश पराजुलीलाई अध्यक्ष चयन गरेको छ । त्यस्तै भेलाले सह–अध्यक्षमा वसिम आलम, उपाध्यक्षमा यसु लामा, हिरेन्द्र शाही र महासचिवमा आरती लामा लाई चयन गरेको छ । बाह्रखरी

आज विश्व क्षयरोग दिवस मनाइँदै

Published: in मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आज विश्व क्षयरोग दिवस मनाइँदै.

काठमाडौं । प्रत्येक वर्ष मार्च २४ तारिखलाई विश्व क्षयरोग दिवसको रुपमा मनाइन्छ । नेपालमा पनि आज ‘संकेत समयको, क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । नेपालमा अहिले एक लाख १७ हजार क्षयरोगी रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक छ । सरकारले आगामी आर्थिक वर्षदेखि क्षयरोगमुक्त स्थानीय तह घोषणा अभियान सञ्चालन गर्ने योजना […]

राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्ने

Published: in अर्थतन्त्र by . Leave a Comment on राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्ने.

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ४५ करोड बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ। बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ। बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र रही […]

नेपाली खेलाडी आबद्ध मासा युनाइटेडले कराचीलाई ३५.० ले हरायो

Published: in विविधा by . Leave a Comment on नेपाली खेलाडी आबद्ध मासा युनाइटेडले कराचीलाई ३५.० ले हरायो.

काठमाडौं । पाकिस्तान नेशनल वुमन च्याम्पियन्स फुटलबमा नेपाली खेलाडी रहेको मासा युनाइटेडले कराची एफसीलाई ३५—० गोलले हराएको छ । मासाका लागि नेपाली खेलाडी अनिता केसी एक्लैले १६ गोल गरिन् । यस्तै सरु लिम्बुले १०, गीता राना र गोलकिपर एन्जिला तुम्बापो सुब्बाले समान २.२ गोल गरे । पाकिस्तानी खेलाडीले पाँच गोल गरे । पाकिस्तानको महिला लिगमा […]