Sajhamanch Archive

नेपाल र बंगलादेशबीच समझदारीपत्रमा हस्ताक्षर

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on नेपाल र बंगलादेशबीच समझदारीपत्रमा हस्ताक्षर.

ढाका । नेपाल र बंगलादेशबीच आज दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बंगलादेशको राष्ट्रपति कार्यालय बंगबन्धु भवनमा पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसचिव यादवप्रसाद कोइराला […]

जेठ ३० गतेसम्म स्ववियु निवार्चन सम्पन्न गर्ने सहमति

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जेठ ३० गतेसम्म स्ववियु निवार्चन सम्पन्न गर्ने सहमति.

काठमाडौं । जेठ ३० मा स्ववियु निर्वाचन गर्ने सहमतिपछि नेविसंघको अनसन तोडिएको छ । ४८ औँ दिनमा त्रिविसँगको सहमतिपछि अनसन तोडिएको नेविसंघ नेता भुवन भट्टले जानकारी दिए । नेपाल विद्यार्थी संघ त्रिवि समितिले ४८ दिनदेखि पाँचबुँदे माग राखेर त्रिवि उपकुलपति कार्यालयमा अनसन जारी राखेको थियो । त्रिवि र नेविसंघबीच ६ बुँदे सहमति भएको छ । […]

नेपालमा २४ घण्टामा १५० कोरोना संक्रमित थपिए, ३ को मृत्यु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नेपालमा २४ घण्टामा १५० कोरोना संक्रमित थपिए, ३ को मृत्यु.

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको छ । पछिल्लो […]

प्रधानमन्त्री ओली र कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता

Published: in मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रधानमन्त्री ओली र कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेटवार्ता गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको ओली–विप्लव भेटवार्तामा बन्दी रिहाइ लगायतका माग पूरा गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए । दिउँसो १ बजे भएको भेटवार्तामा विप्लवले बन्दी रिहाइकै विषयमा चासो राखेको बजगाईंको भनाइ छ […]

कृषिमा वैदेशिक लगानी आवश्यक ; कृषिमन्त्री अर्याल

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on कृषिमा वैदेशिक लगानी आवश्यक ; कृषिमन्त्री अर्याल.

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडीआई’ आवश्यक रहेको बताएकी छन् । खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । नेपालले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र विदेशी लगानी लागु गर्न […]

चीनले दिएको कोरोना खोप एक साताभित्र ल्याइने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on चीनले दिएको कोरोना खोप एक साताभित्र ल्याइने.

काठमाडौँ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप एक साताभित्र नेपाल ल्याइने भएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले एक साताभित्रै चिनियाँ खोप नेपाल आउने बताए । उनले भने, ‘ खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय भइसकेको छ ।’ चीनले नेपाललाई पटक पटक गरी ८ […]

एनएमसी बिर्तामोडमा सहकारी शिक्षा कार्यक्रम

Published: in शिक्षा, समाज, सहकारी by . Leave a Comment on एनएमसी बिर्तामोडमा सहकारी शिक्षा कार्यक्रम.

बिर्तामोड । नेपाल बहुउद्धेश्य सहकारी संस्था अन्र्तगत बिर्तामोड कार्यालयमा आज सहकारी सदस्य शिक्षा प्रवाह गरीएको छ । बिर्तामोड कार्यालय अन्र्तगत इकाई नः १०, ११ र १२ का सदस्य एवम् गैर सदस्यहरु माझ सहकारी शिक्षा प्रवाह गरीएको हो । तालिममा एनएमसीको समग्र परिचयका बारेमा कारोबारका बारेमा अनि सदस्यहरुले पाउने सुविधाका बारेमा कार्यालय प्रमुख विकास मैनालीले सहजीकरण […]

विकास तथा प्रविधि समितिले फास्ट ट्र्याकबारे अध्ययन गर्ने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on विकास तथा प्रविधि समितिले फास्ट ट्र्याकबारे अध्ययन गर्ने.

काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले फास्ट ट्र्याक निर्माणका क्रममा विभिन्न अनियमितता भएको भन्दै अध्ययनका लागि उपसमिति गठन गरेको छ । सोमबार बसेको समितिको बैठकले नेकपा एमालेका सांसद गणेश पहाडीको संयोजक र जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल रहेको समिति गठन गरेको हो । उक्त समितिले फास्ट ट्र्याक निर्माणमा नेपाली सेनाले […]

रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयातमा वृद्धि.

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयातमा वृद्धि भएको छ । कोभिड–१९ का कारण एक वर्षसम्म चिनियाँ खाद्य सामग्रीको आयात नभएकोमा अहिले धमाधम आउन थालेको छ । गएको भदौ महिनादेखि खाद्य सामग्रीको आयातले निरन्तरता पाएको थियो । गएको पुस मसान्तसम्म न्यून सामग्री आयात भएकोमा पछिल्लो समय आयातमा वृद्धि हुँदै गएको खाद्य आयात तथा निर्यात […]

Govt waives electricity demand charges for hotels to help them recover losses during peak COVID-19 period

Published: in English by . Leave a Comment on Govt waives electricity demand charges for hotels to help them recover losses during peak COVID-19 period.

KATHMANDU: The government has decided to waive the electricity demand charges of the lockdown period for the hotel and restaurant industry that are hard hit by the COVID-19 pandemic. A cabinet meeting held recently took a decision to this effect. Minister for Communications and Information Technology Parbat Gurung, who is also the government’s spokesperson, said […]