Sajhamanch Archive

स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको गाडी दुर्घटना.

प्युठान । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी गाडी दुर्घटनामा परेको छ । लु १ च ६३४५ नम्बर को ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा […]

प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना

Published: (Updated: ) in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना.

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । नियमित जाँचका लागि अस्पताल ल्याइएको र अहिले चेकजाँच चलिरहेको अस्पताल स्रोतले जनाएको छ । सीता लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी।)’ बाट पीडित छिन् । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र […]

नेप्से करिब ७.७९ अंकले बढ्दा २ अर्ब ८९ करोडको कारोबार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्से करिब ७.७९ अंकले बढ्दा २ अर्ब ८९ करोडको कारोबार.

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से ७.७९ अंकले वृद्धि हुँदा १९८७.८७ बिन्दुमा बन्द भएको छ । गत साताको मंगलबारदेखि पछिल्लो पाँच कारोबार दिनमा लगातार वृद्धि हुँदा नेप्से ८५.८८ अंकको वृद्धि भएको छ । अधिकांश उपसूचकमा गिरावट भएपनि बजारलाई लिड गर्ने बैंकिङ सहित […]

नारायणी नदीमा उत्खनन रोक्न निर्देशन

Published: in International, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नारायणी नदीमा उत्खनन रोक्न निर्देशन.

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन भएको भेटिएपछि उत्खनन कार्य रोक्न निर्देशन दिइएको छ। जनगुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मासहितको टोलीले उत्खनन भइरहेको स्थानको अनुगमनपछि उत्खनन रोक्न निर्देशन दिएको हो। पानीबाटै नदीजन्य पदार्थ उत्खनन गरेको, अनुमति लिएको बाहेक अन्य एक्साभेटर प्रयोग गरेर उत्खनन गरेको र अन्यव्यक्तिलाई समेत […]

विदेशीले सहयोग रोक्ने धम्कीपछि गाँजा प्रतिबन्ध भएको हो : अर्थमन्त्री

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on विदेशीले सहयोग रोक्ने धम्कीपछि गाँजा प्रतिबन्ध भएको हो : अर्थमन्त्री.

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् ।सोमबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘जुन देशले हामीलाई यो रोक, नभए सहयोग नै बन्द हुन्छ भने, उनीहरुकै कारण कानुन बनायौं, रोक्यौं ।’ अहिले ती मुलुकले नै मेडिकल प्रपोजमा ठूलो विजनेस गरिरहेको भन्दै उनले […]

अर्थ समितिले गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई बोलायो

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on अर्थ समितिले गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई बोलायो.

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई अर्थ समितिको बैठकमा बोलाउने निर्णय गरिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकबाट उनीहरूलाई छलफलका लागि बोलाउने निर्णय गरिएको हो । बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठाइएकाले त्यसलाई सम्बोधन गर्न गभर्नर र अध्यक्षलाई बोलाउने निर्णय गरिएको समितिको सभापतित्व गरिरहेका […]

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबार

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबार.

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो । कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ । संवैधानिक परिषद्को २५ वैशाखमा बसेको बैठकले कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको […]

खडेरीले पानीका स्रोत सुकेपछि ट्याङ्करबाट पानी वितरण

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on खडेरीले पानीका स्रोत सुकेपछि ट्याङ्करबाट पानी वितरण.

जलेश्वर । जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ। पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ। जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिए। बाह्र वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार तीन सय ८० […]

व्यवसायीले आलु र प्याजको आयात रोके

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on व्यवसायीले आलु र प्याजको आयात रोके.

काठमाडौं । व्यवसायीले आलु र प्याजको आयात रोकेका छन् । सरकारले आलु र प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै अहिले भारतबाट प्याज र आलु आयात नगरेको व्यवसायीले बताएका हुन् । आलु र प्याजमा लगाइएको भ्याटबारे सरकारले स्पष्ट नगराएसम्म आयत गर्न सहज नहुने नेपाल कृषिउपज आलुप्याज आयात निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष […]

यस वर्ष विपद्बाट १२ लाख ५० हजार मानिस प्रभावित हुन सक्ने

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on यस वर्ष विपद्बाट १२ लाख ५० हजार मानिस प्रभावित हुन सक्ने.

काठमाडौँ । यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार नौ सय ९८ घर धुरीका १२ लाख ५० हजार मानिस प्रभावित हुने आँकलन गरेको हो। सबैभन्दा बढी मधेस प्रदेशमा चार लाख र […]