Sajhamanch Archive

प्रधान सेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on प्रधान सेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप.

काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाएका छन्। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार थापाले आज छाउनी स्थित वीरेन्द्र अस्पतालमा कोभिड १९ विरुद्धको खोपको पहिलो डोज लिएका हुन्। माघ दोस्रो सातादेखि नेपालमा पहिलो चरणको खोप अभियान सुरु भएको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाई कर्मचारी लगायत फ्रन्टलाइनरलाई खोप लगाइएको थियो। फागुन २३ गतेदेखि दोस्रो चरणको खोप […]

अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्म वितरण गर्ने

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकाले जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप मङ्गलबारसम्म वितरण गर्ने.

काठमाडौं । अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गर्ने तयारी गरेको छ। अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएले गत शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। अमेरिकामा जोन्सन समेत तीन कम्पनीका खोपले प्रयोगको अनुमति पाएका छन्। यसअघि नै […]

प्रचण्ड-माधव समूहको स्थायी कमिटी मंगलबार, केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

Published: in राजनीति by . Leave a Comment on प्रचण्ड-माधव समूहको स्थायी कमिटी मंगलबार, केन्द्रीय कमिटी बैठक बुधबार बस्ने.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड(माधव समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो । भोलि मंगलबार स्थायी कमिटी र पर्सि बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बोलाइएको हो । यसअघि ७ फागुनमा पनि स्थायी […]

वाणिज्य संघको पछिल्लो मतपरिणाम

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on वाणिज्य संघको पछिल्लो मतपरिणाम.

झापा । बिर्तामोड उद्योग वणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझै फराकिलो बनाएको छ । केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १२७७ मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले ९११ मत ल्याएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु न्यौपानेले १२५६ मत ल्याउँदा संयुक्तका नारायण चिमरियाले ९०६ मत ल्याएका छन् । […]

म्यानमारमा सेनाले चलाएको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमारमा सेनाले चलाएको गोली लागेर १८ प्रदर्शनकारीको मृत्यु.

काठमाडौं । म्यान्मारको सेनाले चलाएको गोली लागेर आइतबार १८ प्रदर्शनकारीको मृत्यु भएको छ। सेनाले केही दिनदेखि प्रदर्शनकारीमाथि व्यापक दमन गर्न थालेको छ। सैनिक ुकूुका नेताहरूले प्रदर्शन रोक्न आग्रह गरे पनि त्यसको कुनै सङ्केतनदेखिएपछि प्रहरी गोली चलाएको जनाएको छ। सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकीलाई नजरबन्दबाट मुक्त गर्न र सेनाले लिएको सत्ता फिर्ता गर्न […]

प्रधानमन्त्री पोखरा आउने भएपछि शिलान्यास कार्यक्रम राखियो

Published: in राजनीति by . Leave a Comment on प्रधानमन्त्री पोखरा आउने भएपछि शिलान्यास कार्यक्रम राखियो.

पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्चले खारेज नगर्दासम्म पोखरामा फागुन १५ गतेका लागि ओली समूहले आमसभा आयोजना गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले संसद विघटन गर्ने ओलीको कदम बदर गरिदिएपछि १५ गते अमरसिंह चौरमा गर्ने भनिएको आमसभा पनि स्थगित भयो । आमसभा स्थगित गरेर ओली समूहले पोखरा सभागृहमा प्रदेशस्तरीय […]

Dahal-Nepal faction of NCP calls SC and CWC meetings

Published: in English by . Leave a Comment on Dahal-Nepal faction of NCP calls SC and CWC meetings.

KATHMANDU: The Dahal-Nepal faction of Nepal Communist Party (NCP) has decided to hold a Standing Committee (SC) and Central Working Committee (CWC) meetings. The party secretariat meeting held in Singha Durbar decided to hold its Standing Committee (SC) and Central Working Committee (CWC) meetings to discuss the recent political development in the country. According to […]

बिर्तामोड उवासंघ चुनाव : लोकतान्त्रिक प्यानलको अग्रता कायममै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on बिर्तामोड उवासंघ चुनाव : लोकतान्त्रिक प्यानलको अग्रता कायममै.

झापा । बिर्तामोड उद्योग बाणिज्य संघको जारी मतगणना अनुसार लोकतान्त्रिक प्यानलले अग्रतालाई अझै फराकिलो बनाएको छ । केहीबेर अघिसम्म लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार प्रकाश शिवाकोटीले १०५० मत ल्याउँदा संयुक्त प्यानलका सुवास भट्टराईले ७५२ मत ल्याएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा लोकतान्त्रिकका राजु न्यौपानेले १०२१ मत ल्याउँदा संयुक्तका नारायण चिमरियाले ७५३ मत ल्याएका छन् । […]

फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

Published: in राजनीति by . Leave a Comment on फागुन २३ गते संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस.

काठमाडौं । सरकारले यही फागुन २३ गते संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले २३ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको संघीय मामिलामन्त्री गणेश ठगुन्नाले जानकारी दिए । यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भए पनि मिति तय भएको थिएन । यही […]

मन्त्रिपरिषद् बैठक बस्दै, संसद् अधिवेशन आह्वानको सिफारिस गर्ने

Published: in राजनीति by . Leave a Comment on मन्त्रिपरिषद् बैठक बस्दै, संसद् अधिवेशन आह्वानको सिफारिस गर्ने.

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज संसद् अधिवेशन आश्वान गर्न मन्त्रिपरिषद् बैठकको सूचना आएको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । यसअघि नै फागुन २३ गते संसद् आह्वान भएको बताइए पनि उनले भने आजको बैठकले मात्रै सिफारिस गर्ने जानकारी दिइन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म […]