Sajhamanch Archive

भारतको अवरोधपछि चीनबाट आउन थाल्यो विस्फोटक पदार्थ, सेनाले पनि ल्याउँदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on भारतको अवरोधपछि चीनबाट आउन थाल्यो विस्फोटक पदार्थ, सेनाले पनि ल्याउँदै.

काठमाडौं । भारतीय अवरोधपछि नेपालमा चीनबाट विस्फोटक पदार्थ आपूर्ति थालिएको छ । विकास निर्माणका परियोजनामा विस्फोटक पदार्थ आपूर्तिमा भारतले अवरोध गरेपछि निजी क्षेत्रका व्यवसायीहरुले चीनबाट विस्फोटक पदार्थ भित्र्याउन सुरु गरेका हुन् । पछिल्लो केही दिनमा निजी क्षेत्रका व्यवसायीहरुले चीनबाट २३० मेट्रिक टन विस्फोटक पदार्थ आयात गरेका छन् । भारतको ९ महिनादेखिको निरन्तरको अवरोध पछि पछिल्लो […]

साफ च्याम्पियनसिपका लागि नेपाल टिमको घोषणा

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on साफ च्याम्पियनसिपका लागि नेपाल टिमको घोषणा.

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको आसन्न १४औं संस्करणका लागि २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका छन् । प्रतियोगिता सुरु हुनु २ साताअघि घोषणा गरिएको टिममा डिफेण्डरहरु विमल पाण्डे र सीमान्ता थापा तथा मिडफिल्डर लाकेन लिम्बु नयाँ अनुहार हुन् । […]

PM Dahal Inaugurates Lumbini Cable Car

Published: in English by . Leave a Comment on PM Dahal Inaugurates Lumbini Cable Car.

LUMBINI: Prime Minister Pushpa Kamal Dahal inaugurated the newly-installed Lumbini cable car service today. PM Dahal formally launched the cable car service by unveiling a copper plaque at the Bottom Station located at Golpark Bamghat in Butwal. The cable car spans approximately three kilometers, operating from Golpark Bamghat in Butwal sub-metropolitan city-3 to Basantapur in […]

नेप्से परिसूचक ७ दशमलव २७ अङ्कले बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्से परिसूचक ७ दशमलव २७ अङ्कले बढ्यो.

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर तीन सय ६४ […]

भक्तपुर क्याम्पसमा विवाद : नयाँ क्याम्पस चिफको कुर्सी र नेमप्लेट रुखमा

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on भक्तपुर क्याम्पसमा विवाद : नयाँ क्याम्पस चिफको कुर्सी र नेमप्लेट रुखमा.

काठमाडौं । त्रिविका क्याम्पसहरुमा नियुक्ति विवादका घटना नयाँ होइन, तर भक्तपुर क्याम्पसमा नयाँ क्याम्पस प्रमुख नियुक्ति विवाद भने जेलिँदै गएको छ । भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख डा. कृष्णप्रसाद पोखरेलले गत चैत ३० गते अनिवार्य अवकाश पाएका थिए । तत्कालीन क्याम्पस प्रमुखको अनिवार्य अवकाश पश्चात त्रिविले तत्काल नयाँ क्याम्पस प्रमुख नियुक्त गर्न सकेन । त्यसपछि त्रिविले […]

बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा.

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको थियो । त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् । यसअघि आफ्नो कार्यकक्षमा रहेको नेपालको […]

कोशीका उपसभामुख र एमाले नेतामाथि दुर्व्यवहार

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on कोशीका उपसभामुख र एमाले नेतामाथि दुर्व्यवहार.

विराटनगर । कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र नेकपा एमाले संसदीय दलका उपनेता राम रानामाथि दुर्व्यवहार गरेका छन् । उपसभामुख दनुवारमाथि उदयपुरमा र रानामाथि इलाममा दुर्व्यवहार भएको हो । बिहीबार इलामबाट झापा फर्कने क्रममा आफूमाथि इलाम नगरपालिका– ११ सोयाकमा बिहान साढे ११ बजे दुर्व्यवहार भएको एमाले नेता रानाले बताए । […]

आगामी बजेटमा सरकारले हचुवाको भरमा राजश्व वृद्धिको अनुमान गर्‍यो: सांसद लामिछाने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on आगामी बजेटमा सरकारले हचुवाको भरमा राजश्व वृद्धिको अनुमान गर्‍यो: सांसद लामिछाने.

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले आगामी बजेटमा हचुवाको भरमा राजश्व वृद्धिको अनुमान गरेको बताएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सरकारले झारा टार्ने, हेलचेक्राई र गैर जिम्मेवार तरिकाले राजश्व वृद्धिको अनुमान गरेको बताएका हुन्। सरकारले यसरी हचुवाको भरमा राजश्व वृद्धिको अनुमान गर्ने भए अर्थ मन्त्रालयका […]

एसीसी वुमन्स टी-२० इमर्जिङ एसिया कप : नेपालले भारत र पाकिस्तानसँग खेल्ने

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on एसीसी वुमन्स टी-२० इमर्जिङ एसिया कप : नेपालले भारत र पाकिस्तानसँग खेल्ने.

काठमाडौं। नेपालले एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने भएको छ । थाइल्याण्ड उक्त प्रतियोगितामा सहभागी हुन नपाउँदा नेपालले यो अवसर पाएको हो । जुन १२ अर्थात जेठ २९ गतेबाट सुरु हुने प्रतियोगिताका लागि निकै थोरै समय बाँकी भएको र भिसाको समस्या नभएको खण्डमा नेपालले पूर्ण सदस्यीय राष्ट्रहरुसँग खेल्ने मौका पाउनेछ। उक्त प्रतियोगितामा […]

मधेश प्रदेश सभा बैठक माओवादीले बहिष्कार गर्ने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on मधेश प्रदेश सभा बैठक माओवादीले बहिष्कार गर्ने.

काठमाडौं । आज बस्ने मधेश प्रदेश सभा बैठक माओवादीले बहिष्कार गर्ने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफल हुँदैछ । उक्त छलफलमा सहभागी नहुने माओवादीले जनाएको छ । प्रदेश सरकारले छलफल नै नगरी मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएकोले बहिस्कार गर्ने माओवादी केन्द्रका एक […]