Sajhamanch Archive

नवनियुक्त प्रमुख आयुक्त राईले अख्तियारमा कार्यभार सम्हाले

Published: in राजनीति by . Leave a Comment on नवनियुक्त प्रमुख आयुक्त राईले अख्तियारमा कार्यभार सम्हाले.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् । राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् । अनलाइनखबर  

JSP’s Central Committee Member Shivaji Yadav joins Oli-led NCP

Published: in English by . Leave a Comment on JSP’s Central Committee Member Shivaji Yadav joins Oli-led NCP.

KATHMANDU : Central Committee member of the Janata Samajbadi Party (JSP), Shivaji Yadav, has joined the faction of the ruling Nepal Communist Party led by KP Sharma Oli. Yadav, who is also a former member of parliament, joined the ruling party on Tuesday evening. Prime Minister Oli welcomed Yadav amid the presence of his party […]

कक्षा ८ र ११ को पाठ्यक्रममा लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा समावेश

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on कक्षा ८ र ११ को पाठ्यक्रममा लिम्पियाधुरा, कालापानी समेटिएको नक्सा समावेश.

काठमाडौं । लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा विद्यालयस्तरीय पाठ्यक्रममा समावेश गरिएको छ। कक्षा ११ र कक्षा ८ को पाठ्यक्रममा लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएर पाठ्यक्रममा समावेश गरिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् सो को जानकारी दिएका हुन्। उनले फेसबुकमा लेखेका छन्, लिम्पियाधुरा-कालापानीसहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा […]

रोनाल्डोको दुई गोलमा युभेन्ट्सको जित

Published: in खेलकुद by . Leave a Comment on रोनाल्डोको दुई गोलमा युभेन्ट्सको जित.

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्ट्सले कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानविरुद्ध २–१ को जित हासिल गरेको हो । इन्टरको मैदानमा युभेन्ट्सलाई जित दिलाउन रोनाल्डोले दुई गोल गरे । इन्टरका लागि लाउटरो मार्टिनेजले एक गोल गरे । खेलको […]

नवनियुक्त पदाधिकारीले संवैधानिक आयोगको शपथ लिए

Published: in राजनीति by . Leave a Comment on नवनियुक्त पदाधिकारीले संवैधानिक आयोगको शपथ लिए.

काठमाडौँ । संवैधानिक परिषद्को सिफारिशबमोजिम संवैधानिक आयोगहरूका नवनियुक्त पदाधिकारीहरूले आज शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विभिन्न आयोगका पदाधिकारीहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार ९ बजे शपथ गराएका हुन्। परिषद्ले गरेको सिफारिशको पत्र गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएकै दिन संसद् सचिवालयमा पुगेको थियो। पत्र संसद् सचिवालयमा पुगेको ४५ दिनपछि संसदीय सुनुवाइविनै […]

Rai takes the oath of office to head CIAA; other members of constitutional bodies take the oath

Published: in English by . Leave a Comment on Rai takes the oath of office to head CIAA; other members of constitutional bodies take the oath.

KATHMANDU : Newly-appointed members of various constitutional bodies have taken the oath of office and secrecy this morning. A constitutional council meeting held on December 15 had recommended as many as 45 individuals in various constitutional bodies. Chief Justice Cholendra SJB Rana administered oath to newly appointed office bearers amid a ceremony this morning at […]

नेपाल–क्यानाडा दौत्य सम्बन्धको वर्षगाँठ मनाइयो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल–क्यानाडा दौत्य सम्बन्धको वर्षगाँठ मनाइयो.

काठमाडौं । नेपाल–क्यानडामैत्री तथा सांस्कृतिक सङ्घ नेपालले द्विपक्षीय दौत्य सम्बन्धको ५६औँ वर्षगाँठ मनाएको छ । प्रा डा प्रदीपकुमार खड्काको अध्यक्षतामा काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल–क्यानडाबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको सङ्घले जनाएको छ । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपालको क्यानडालगायत देशसँग व्यापार वाणिज्य विस्तारसम्बन्धी तथा ग्यास सञ्चालनमा सचेतता सम्बन्धबारे जानकारी […]

मेयर कप क्रिकेट प्रतियोगिताको लागि महानगरले क्यानलाई ५० लाख दिने

Published: in खेलकुद by . Leave a Comment on मेयर कप क्रिकेट प्रतियोगिताको लागि महानगरले क्यानलाई ५० लाख दिने.

काठमाण्डौ – काठमाण्डौ महानगरले नेपाल क्रिकेट संघ क्यानलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । पहिलो संस्करणको काठमाण्डौ मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजनाको लागि महानगरले क्यानलाई रकम उपलब्ध गराउने भएको हो । क्यानले प्रतियोगिता आयोजनाको लागि मंगलबार काठमाण्डौ महानगरपालिकासँग सम्झौता गरेको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्द र काठमाण्डौ महानगरपालिकाका प्रमुख […]

ताप्लेजुङको सिनाममा आगलागी

Published: in समाज by . Leave a Comment on ताप्लेजुङको सिनाममा आगलागी.

ताप्लेजुङ – ताप्लेजुङको सिनाममा आगलागीमा परि पाँच घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब ४ बजेतिर आगलागी भएको थियो । सिरिजंघा १ सिनाम डाँडा गाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र […]

सिमसार र चुरे संरक्षणमा वन मन्त्रालयले थप बजेट व्यवस्था गर्छ ; मन्त्री आले

Published: in राजनीति by . Leave a Comment on सिमसार र चुरे संरक्षणमा वन मन्त्रालयले थप बजेट व्यवस्था गर्छ ; मन्त्री आले.

काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले त्यसको संरक्षणमा सबैले लाग्नुपर्ने बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले जैविक विविधताको संरक्षणका लागि सबै तह र तप्काबाट सिमसार क्षेत्र जोगाउनुपर्नेमा जोड दिए । सिमसार क्षेत्र […]