Sajhamanch Archive

पर्याप्त बजेट नभएपछि इलाममा मक्किएर भाच्चिएकै पोलको प्रयोग

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on पर्याप्त बजेट नभएपछि इलाममा मक्किएर भाच्चिएकै पोलको प्रयोग.

इलाम । पर्याप्त बजेट नभएपछि इलाममा मक्किएका भाच्चिएकै पोलहरूको प्रयोग भइरहेको छ । १५ वर्ष अगाडी गाडिएका काठका पोलहरू अति नै जिर्ण हुँदा सामान्य हावाहुरीले नै विद्युत प्रशारण अवरुद्ध हुने गरेको छ । उपभोक्ताका घरमा उज्यालो लैजानका लागि गाडिएका काठका विद्युतीय पोल नै नियमित विद्युत प्रशारणको बाधक बनेको छ । नयाँ विद्युत विस्तारमा काठका पोलहरूको […]

चीनमा पुन; संक्रमित देखिएसंगै ५ दिनमा बन्यो १ हजार ५ सय आइसोलेसन सेन्टर

Published: in परदेश (प्रवास), स्वास्थ्य by . Leave a Comment on चीनमा पुन; संक्रमित देखिएसंगै ५ दिनमा बन्यो १ हजार ५ सय आइसोलेसन सेन्टर.

चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएको पाँच दिनमा १ हजार ५ सय वटा आइसोलेसन सेन्टरका कोठाहरु निर्माण गरिएको समाचारमा जनाइएको छ। हेबेइ प्रान्तका स्थानीय अधिकारीहरुले शनिबार सो जानकारी दिएका बताइएको छ। एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही जमिनमा ती आइसोलेसन सेन्टरहरु निर्माण गरिएका बताइएको छ। समाचारमा जनाइएअनुसार चीनमा पछिल्लो समयमा कोरोना […]

विदेशमा कोरोनाको कारण ३१९ नेपालीको मृत्यु

Published: in परदेश (प्रवास), स्वास्थ्य by . Leave a Comment on विदेशमा कोरोनाको कारण ३१९ नेपालीको मृत्यु.

काठमाडौं। कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको मुत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको मुत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यससँगै विदेशमा कोरोनाबाट २० देशमा ३१९ जना नेपालीको मृत्यु भएको छ । सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म […]

इन्डोनेशियामा ज्वालामुखी विस्फोट

Published: in परदेश (प्रवास) by . Leave a Comment on इन्डोनेशियामा ज्वालामुखी विस्फोट.

एजेन्सी । इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सेमरुमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ तथा खरानी साढे पाँच किलोमिटर भन्दा धेरै परसम्म पुगेको बीबीसीले बताएको छ । स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेटमा भएको विस्फोटपछि त्यहाँको आकासमा खरानी र धुवाँ फैलिएको छ । ज्वालामुखीबाट कोही घाइते भएको वा ज्यान गएको जानकारी […]

सेयर बजार परिसूचक नेप्से २३००

Published: in अर्थतन्त्र by . Leave a Comment on सेयर बजार परिसूचक नेप्से २३००.

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २३०० नाघेको छ । साताको पहिलो कारोबार दिने २२९९.३४ अंकमा खुलेको नेप्से कारोबार खुलेको १ मिनेटमै १६.४९ अंकले वृद्धि हुँदा २३०३.०३ अंकमा पुगेको छ । उक्त अवधिमा ४८ कम्पनीको २० हजार ११२ कित्ता सेयर किनबेच हुँदा ८६ लाख २८ हजार १८० रुपैयाँको कारोबार भएको छ । नेप्से २३ सय […]

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत.

राजविराज। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १०औँ साधारणसभामा उनले देशमा सङ्कट आएको समयमा पनि पत्रकारले महत्वपूर्ण भूमिका खेल्ने भएको बताए । कुनै पनि अधिकार प्राप्तिको आन्दोलन होस् या देशलाई सङ्कट परेको […]

Nepal under India’s priority to supply COVID-19 vaccines: FM Gyawali

Published: in English by . Leave a Comment on Nepal under India’s priority to supply COVID-19 vaccines: FM Gyawali.

KATHMANDU: Foreign Minister Pradeep Kumar Gyawali has said that India has kept Nepal under priority to supply vaccines against COVID-19. Talking to media persons upon arrival at Tribhuvan International Airport following a three-day official visit to India, Minister Gyawali said that India has expressed readiness to immediately provide vaccines against COVID-19 for essential sectors in […]

झण्डै दुई लाख जनाले भारतमा पहिलो दिन कोरोना विरुद्धको खोप लगाए

Published: in परदेश (प्रवास), स्वास्थ्य by . Leave a Comment on झण्डै दुई लाख जनाले भारतमा पहिलो दिन कोरोना विरुद्धको खोप लगाए.

झापा । भारतमा हिजो पहिलो दिन झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कारोना विरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन हिजो एक लाख ९१ हजार भन्दा धेरैले खोप लगाएका हुन् । हिजो ३ हजार ३ सय ५१ केन्द्रबाट कोभ्यासिक्न र कोभिसिल्ड दुवै खोप दिइएको थियो । कोरोना विरुद्धको […]

चिसोले जनजीवन कष्टकर

Published: in समाज by . Leave a Comment on चिसोले जनजीवन कष्टकर.

महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ । पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो । गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो […]

प्रतिनिधिसभा विघटन मुद्दा ; आज सुनुवाइ हुने

Published: in राजनीति by . Leave a Comment on प्रतिनिधिसभा विघटन मुद्दा ; आज सुनुवाइ हुने.

काठमाण्डौ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आजबाट विषयवस्तुमा प्रवेश गरेर बहस सुरु हुनेछ। त्यस विवादमा संवैधानिक इजलास वा बृहत् […]