Sajhamanch Archive

चीनका ४ सहरमा लकडाउन, महिनौँपछि कोरोना सङ्क्रमणको दर वृद्धि

Published: in परदेश (प्रवास), स्वास्थ्य by . Leave a Comment on चीनका ४ सहरमा लकडाउन, महिनौँपछि कोरोना सङ्क्रमणको दर वृद्धि.

काठमाण्डौ । चीनमा पाँच महिनाभन्दा लामो समयपछि एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् । योसँगै कोरोनाको अर्को लहरबाट बच्न चीनले चार वटा सहरमा लकडाउन लागू गरेको छ । परीक्षण बढाएको छ र अरू कदम पनि उठाएको छ । थपिएका सङ्क्रमितमध्ये धेरै राजधानी बेइजिङ नजिकका छन् । बुधवार जारी गरिएको आधिकारिक तथ्याङ्कअनुसार उत्तर–पूर्वी चीनको […]

थारू गाउँमा माघी रौनक

Published: in समाज by . Leave a Comment on थारू गाउँमा माघी रौनक.

थारू समुदायमा जाँडलाई एक विशेष प्रकारको खान्कीकै रुपमा लिइन्छ । थारू समुदायले जाँड कूल देउतालाई प्रसादका रुपमा चढाउनुका साथै पाहुना सत्कारमा पनि दिने गर्छन् । हो त्यही जाँडलाई मुख्य लयका रुपमा ढालिएको गीतले अहिले कैलाली कञ्चनपुरका थारू बस्ती गुञ्जयमान बनेका छन् । कोरोना भाइरसका कारण देश लकडाउनमा परेसँगै हर्दौवा, अट्वारी, अष्टिमिकीलगायतका मौलिक चाडपर्व मान्न नपाएको […]

४४ हजार बराबरको अवैध सामान विराटनगरबाट बरामद

Published: in समाज by . Leave a Comment on ४४ हजार बराबरको अवैध सामान विराटनगरबाट बरामद.

विराटनगर । मोरङ प्रहरीले विराटनगरबाट ४४ हजार बराबरको अवैध सामान बरामद गरेको छ । मङ्गलबार साँझ प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएको अन्दाजी ४४ हजार बराबरको सामग्री बरामद गरेको हो । हिजो साँझ ६ः४५ बजेतिर विराटनगर–१४ स्थित जतुवाबाट अन्दाजी १४ हजार बराबरको खाद्यान्न सामग्रीहरू बरामद गरेको थियो । प्रहरीले दुई बोरा प्याज, दुई बोरा लसुन, दुई […]

उखु किसानको सरकारी अनुदानसहितको ७ करोड महालक्ष्मी सुगर मिलबाट पच !

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on उखु किसानको सरकारी अनुदानसहितको ७ करोड महालक्ष्मी सुगर मिलबाट पच !.

काठमाडौं । मंसिर २८ गतेबाट काठमाडौंमा सर्लाहीका किसानले थालेको आन्दोलन पुस १३ गते टुंगियो । चिनी उद्योगीबाट झण्डै ९० करोड रुपैयाँ बक्यौता बाँकी रहेको भन्दै आन्दोलनमा होमिएका किसानहरुले ३० करोड भन्दा बढी भुक्तानी आन्दोलन सकिने दिनसम्म पाए र सर्लाहीका किसान घर फर्किए । तर, माइतीघरकै आन्दोलनमा रहेका कपिलवस्तुका किसानको ७ करोड बक्यौता भुक्तानीमा भने कुनै […]

Nepal seeks donors’ help to ensure free Covid-19 vaccines

Published: in English by . Leave a Comment on Nepal seeks donors’ help to ensure free Covid-19 vaccines.

Kathmandu : The government of Nepal has called donor agencies and foreign governments to support it in its bid to ensure free Covid-19 vaccines for all of its citizens. Issuing a public notice, the Ministry of Health and Population has requested interested and capable individuals and organisations, both foreign and domestic, to extend their support […]

प्रतिनिधिसभा विघटनको मुद्धा हेर्न संवैधानिक इजलासमा मल्ललाई स्थान

Published: in राजनीति by . Leave a Comment on प्रतिनिधिसभा विघटनको मुद्धा हेर्न संवैधानिक इजलासमा मल्ललाई स्थान.

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटको सुनुवाइका लागि आज संवैधानिक इजलास बस्दैछ । विघटन विरुद्धको रिटको सुनुवाईका लागि आज संवैधानिक इजलास बस्न लागेको हो । इजलासमा यस अघि रहेका न्यायाधीश हरिकृष्ण कार्की भने रहने छैनन् । उनको स्थानमा सपना मल्ल प्रधानलाई राखेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलास गठन गरेका हुन् । इजलासमा यसअघि रहेका न्यायाधीशहरू […]

लोक सेवा आयोगले नायब सुब्बा पदको लागि माग्यो आवेदन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लोक सेवा आयोगले नायब सुब्बा पदको लागि माग्यो आवेदन.

काठमाण्डौ । लोक सेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले सातवटै प्रदेशमा जम्मा आठ सय ४३ जनाको लागि आवेदन मागेर विज्ञापन प्रकाशन गरेको हो । माग गरिएका पदहरुमध्ये खुल्लाबाट चार सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको छ […]

मल खरिदमा नेपाली कम्पनी अयोग्य

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on मल खरिदमा नेपाली कम्पनी अयोग्य.

काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारवाही गरेको छ । रासायनिक मल खरिदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई कारवाही गरिएको हो । कृषि सामग्री कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय […]

परराष्ट्रमन्त्री कोरोनाविरुद्धको खोप ल्याउने पहल गर्न भारत जाँदै

Published: in राजनीति by . Leave a Comment on परराष्ट्रमन्त्री कोरोनाविरुद्धको खोप ल्याउने पहल गर्न भारत जाँदै.

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणका क्रममा कोरोना विरुद्धको खोप ल्याउनेबारे भारत सरकारसँग पहल गर्ने भएका छन् । मन्त्रीसहितको टोली केही दिनभित्रै भारत जाने र भ्रमणका क्रममा नेपाललाई खोप दिन मन्त्रीस्तरमा नै छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालय स्रोतले बताएको छ । टोलीमा को–को रहने र कहिले प्रस्थान गर्ने भन्नेबारे मन्त्रालयले आज टुंगो लगाउँदैछ । […]

यौन हिँसाको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

Published: in समाज by . Leave a Comment on यौन हिँसाको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ.

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी आरआर क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् । आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा प्रहरीले उनलाई कलेजबाटै सोमबार पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार […]