Sajhamanch Archive

भन्सार विभाग महानिर्देशकमा शोभाकान्त पौडेल

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on भन्सार विभाग महानिर्देशकमा शोभाकान्त पौडेल.

काठमाडौं । भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेलले पाएका छन् । खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका उनलाई मन्त्रालयले भन्सार विभागको नेतृत्वको जिम्मेवारी दिएको हो । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवासँगै जेठयता विभाग नेतृत्वविहीन थियो । पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा काम गरेको अनुभव छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले […]

झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा सन्तोष राजावादीसहित ९ पक्राउ

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा सन्तोष राजावादीसहित ९ पक्राउ.

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । आफूलाई सन्तोष राजावादी बनाउने व्यक्तिसहित उनको समूहका ९ जनालाई प्रहरी वृत्त, सिंहदरबारले पक्राउ गरेको जिल्ला प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी सिताराम रिजालले बताए । उनले भने, ‘अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएर राखेका छौं, मुद्दा चलाउने […]

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री पूर्णबहादुर खड्कालाई

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री पूर्णबहादुर खड्कालाई.

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो चारदिने भारत भ्रमणमा गएका छन् । प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग.

बिराटनगर । नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् । प्रदेश १ का १४ जिल्लाका कांग्रेस सभापतिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग विशेष आग्रह गरेका हुन् । प्रदेशसभाले कोशी नाम राखेपछि आन्दोलन भइरहेको भन्दै उनीहरुले भनेका छन्, ‘यो विरोधको सुनुवाइ नेपाली कांग्रेसको […]

नोबेल अस्पतालको शौचालयमा युवक मृत भेटिए

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on नोबेल अस्पतालको शौचालयमा युवक मृत भेटिए.

विराटनगर । विराटनगरको नोबेल अस्पतालको शौचालयभित्र एक जना युवक मृत भेटिएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका हुन् । आज बिहान ५:२० बजेतिर शौचालय छिरेका थिए । शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा भेटिएका थिए । […]

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर […]

कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादीलाई पनि दबाब

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेश सरकारबाट जसपा बाहिरियो, माओवादीलाई पनि दबाब.

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिंदै मन्त्रीलाई फिर्ता बोलाइएको जसपा नेता रकम चेमजोङले जानकारी दिए । ‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो । नामकरणमा पनि समस्या ल्यायो,’ उनले भने, ‘त्यसैले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको […]

राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on राष्ट्रपतिले प्रमाणीकरण गरे नागरिकता विधेयक.

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो। अहिलेको सरकारले नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष आग्रह गरेको थियो। गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता […]

राष्ट्रपतिलाई प्रचण्डले गराए भारत भ्रमणको जानकारी

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on राष्ट्रपतिलाई प्रचण्डले गराए भारत भ्रमणको जानकारी.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज बिहान भेटवार्ता गरेका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले आजदेखि सुरु हुने आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएको जानकारी दिए । भेटमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल पनि सहभागी थिए । […]

झापामा मिटरब्याजीविरूद्ध १०२ पीडितले दिए उजुरी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on झापामा मिटरब्याजीविरूद्ध १०२ पीडितले दिए उजुरी.

दमक । अनुचित लेनदेन (मिटरब्याज) पीडित १०२ जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन्। गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन्। तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले […]