Sajhamanch Archive

‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे.

झापा। कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पुश मरेका र ८५ हजार सात सय ८४ वटामा सङ्क्रमण देखिएको जानकारी दिए । उनले […]

गुणस्तर कार्यालयका वरिष्ठ निरीक्षकविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on गुणस्तर कार्यालयका वरिष्ठ निरीक्षकविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका बरिष्ठ निरीक्षक शशीभूषण कुमार यादविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सेवामा प्रवेश गरेपछि उनको वैध आम्दानी २ करोड ७७ लाख २२ हजार ५० रुपैयाँ हुनेमा उनको आम्दानी ७ करोड २४ लाख ५६ हजार २६३ रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । उनको स्रोत […]

महोत्तरीमा एनएमबि बैंकबाट ३५ लाख लुटपाट

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on महोत्तरीमा एनएमबि बैंकबाट ३५ लाख लुटपाट.

जनकपुरधाम । महोत्तरीस्थित एनएमबि बैंकको रकम लुटपाट गरिएको छ । महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबि बैंकको शाखा कार्यालयबाट हतियारधारी समूहले मंगलबार ३५ लाख रुपैयाँ लुटपाट गरेको हो । दिउँसो १२ बजेर २५ मिनेटमा हतियार देखाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।

हवाई यात्रामा कोभिड खोप अनिवार्यको नियम हट्यो

Published: in मिडियाबाट साभार, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on हवाई यात्रामा कोभिड खोप अनिवार्यको नियम हट्यो.

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय यात्रुका लागि नेपालमा अनिवार्य गरेको पीसीआर नेगेटिभ रिर्पोट तथा कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हटाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार एक पत्र पठाउँदै कोभिड-१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट […]

टि–२० महिला क्रिकेट: नेपालद्वारा मलेसिया पराजित

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on टि–२० महिला क्रिकेट: नेपालद्वारा मलेसिया पराजित.

काठमाडौँ । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ। नेपालले मलेसियालाई सात विकेटले हराएको हो। मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको खेलमा विजयी भएसँगै नेपाल र मलेसियाबीचको शृङ्खला १–१ को बराबरीमा पुगेको छ। जितका लागि ९७ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ३ […]

‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सगरमाथा शिखरमा रोकाया

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सगरमाथा शिखरमा रोकाया.

काठमाडौँ । साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो बझाङी हुन्। छब्बीस वर्षीया उनले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गते दिउँसो साढे १२ बजे सफल आरोहण गरिन्। सगरमाथा क्षेत्रमा झण्डै एक महिना बसेर लक्ष्य प्राप्त गरेकी रोकायाले सुरुमा बेसक्याम्प पुगेर उचाइ पचाउनका […]

कार्यकर्ता नछाडे अनिश्चितकालीन हडताल सुरु गर्ने पहिचानवादीको चेतावनी

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on कार्यकर्ता नछाडे अनिश्चितकालीन हडताल सुरु गर्ने पहिचानवादीको चेतावनी.

विराटनगर । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकाहरुलाई नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल गर्ने चेतावनी दिएको छ । आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको थियो । तीमध्ये ६० जनालाई सोही दिन राति छाडिएको थियो । २६ जना अझै प्रहरी हिरासतमा छन् । प्रदेश १ […]

धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु, बेपत्ता युवतीको शव त्रिशूलीमा भेटियो

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु, बेपत्ता युवतीको शव त्रिशूलीमा भेटियो.

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर-२ मा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको धादिङ प्रहरीले जनाएको […]

Dr Bhattarai warns that bilateral relations may be harmed as India places Nepali territory in its ‘Akhand Bharat’ mural

Published: in English by . Leave a Comment on Dr Bhattarai warns that bilateral relations may be harmed as India places Nepali territory in its ‘Akhand Bharat’ mural.

KATHMANDU : Nepal Samajbadi Party Party (NSP) Chairman Dr Baburam Bhattarai has said that the ‘Akhand Bharat’ mural of India’s new parliament building will spoil relations with neighboring countries including Nepal. Dr Bhattarai warned that this mural may cause unnecessary and harmful diplomatic disputes in neighboring countries including Nepal. On Tuesday, through a social network, […]

भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

Published: in International, मिडियाबाट साभार, समाज by . Leave a Comment on भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु.

काठमाडौं । भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ । सो बसमा बिहारका बासिन्दा चढेका थिए । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको […]