Sajhamanch Archive

रेशम चौधरी कारागारबाट मन्त्री क्वाटर हुँदै माइतीघरमा

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on रेशम चौधरी कारागारबाट मन्त्री क्वाटर हुँदै माइतीघरमा.

काठमाडौं । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन काराबासको सजायँ भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी सरकारले सजाय माफ गरिदिएपछि डिल्लीबजार कारागारबाट रिहा भएका छन् । उनका समर्थक बिहानैदेखि डिल्लीबजार कारागार बाहिर भेला भएका थिए । समर्थकहरुले उनलाई अविर र फूलमाला लगाइदिएर स्वागत गरे । कारागारबाट रिहा भएपछि उनी सिधै पुल्चोकस्थित […]

गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछः अध्यक्ष ओली

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछः अध्यक्ष ओली.

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति रहेको भन्दै यसलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने बताए। “गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्छ । […]

सैनिक मञ्चमा खुम्चिएको गणतन्त्र दिवस

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सैनिक मञ्चमा खुम्चिएको गणतन्त्र दिवस.

काठमाडौँ । जनताले गणतन्त्र दिवस स्वतस्फूर्त रूपमा मनाउने संस्कृतिको विकास हुनुपर्ने हो । गणतन्त्रले नागरिकलाई छोएन । जसलाई छोयो उनीहरूले उही सैनिक मञ्च सजिलो ठाने । सेनाको परेड, सलामी, झाँकी छ तर गणतन्त्रका पक्षमा लड्नेहरूको त्यहाँ उपस्थिति विरलै हुन्छ । आजभन्दा १५ वर्षअघि आजकै दिन गणतन्त्रको घोषणा भएको थियो । संविधानसभाको पहिलो बैठकले यो निर्णय […]

सुधारको योजनासहित बजेट आउँदै, अन्तिम तयारीको लागि अर्थमन्त्रीको टोली रातभर मन्त्रालयमा रहने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on सुधारको योजनासहित बजेट आउँदै, अन्तिम तयारीको लागि अर्थमन्त्रीको टोली रातभर मन्त्रालयमा रहने.

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएका छन् । १७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो, जसलाई मध्यावधि समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब खर्च हुने अनुमान […]

जस्तो तयारी उस्तै नतिजा

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on जस्तो तयारी उस्तै नतिजा.

काठमाडौं । उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलमा तेस्रो भएको छ । यसअघि दुईपल्ट काभाको प्रतियोगिता जितेको नेपालले घरेलु माहोल र कोर्टको फाइदा लिँदै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको थियो । तर, सेमिफाइनलमा एसियाकै बलियो टिम कानाकस्तानसँग ३–२ को सेटमा पराजित भएपछि नेपालको लक्ष्य चकनाचुर बन्यो । उपाधि जित्न नसक्नुमा […]

संसद भवन उद्घाटन समारोहमा सेंगोलको सामुन्ने लम्पसार मोदी

Published: in International, मिडियाबाट साभार by . Leave a Comment on संसद भवन उद्घाटन समारोहमा सेंगोलको सामुन्ने लम्पसार मोदी.

काठमाडौं । भारतमा संसदको नवनिर्मित भवनको उद्घाटन भएको छ । भव्य समारोहबीच प्रधानमन्त्री नरेन्द्र मोदीले संसद भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मोदीले लम्पसार परेर सेंगोल अर्थात संसद भवनमा राखिने दण्डलाई ढोगेका छन् । मोदीले सेंगोललाई नयाँ संसद भवनमा लगेर लोक सभाका अध्यक्षको आसनको दायाँतर्फ स्थापित गरेका छन् । उनले संसद भवन एउटा भवन […]

नेपालमा ७४१ जना विदेशीले ८ महिनामा पाए श्रम स्वीकृति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on नेपालमा ७४१ जना विदेशीले ८ महिनामा पाए श्रम स्वीकृति.

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा ७४१ जना विदेशीले नेपालमा श्रम स्वीकृति पाएका छन् । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार यस वर्ष फागुनसम्म उक्त संख्यामा विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति पाएका हुन् । यस अवधिमा ७९५ जना विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा कुल […]

१७ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ३ महिनापछिको उच्च

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on १७ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ३ महिनापछिको उच्च.

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने अघिल्लो दिन सेयर बजार भने गिरावट भएको छ । सोमबार संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । आइतबार सेयर बजार नेप्सेमा दोहारो अंकको गिरावट भएको छ । यसअघि लगातार ७ कारोबार दिनसम्म नेप्से बढेको थियो । आइतबार दिनभर हरियो रहेको बजार परिसूचक नेप्से […]

काठमाडौँ महानगरले विवरण नबुझाउने अस्पतालको नाम सार्वजनिक गर्ने

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on काठमाडौँ महानगरले विवरण नबुझाउने अस्पतालको नाम सार्वजनिक गर्ने.

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचारका लागि १० प्रतिशत शय्या नछुट्ट्याउने अस्पतालको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार नाम सार्वजनिक गर्दा पनि अटेर गर्नेहरूलाई कारबाहीका लागि संघ र प्रदेश सरकारलाई लेखेर पठाउने यति गर्दा पनि अटेर गर्ने स्वास्थ्य संस्थाको प्रशासन बन्द गरिनेछ। यसका लागि काठमाडौँ महानगरले सार्वजनिक सूचना […]

सिंहदरबार धर्नामा बसेका १७ जना अधिकारकर्मी पक्राउ

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on सिंहदरबार धर्नामा बसेका १७ जना अधिकारकर्मी पक्राउ.

काठमाडौं । सिंहदरबारमा धर्नामा बसेका १७ जना अधिकारकर्मी प्रकाउ परेका छन् । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सिंहदरबारको दक्षिण ढोकामा आयोजना गरेको धर्नाबाट कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले पक्रेको हो । शीर्ष नेताहरु भ्रष्ट भएकोले लोकतन्त्र खतरामा परेको आरोप लगाउँदै समाजले नक्कली भुटानी शरणार्थी […]