Sajhamanch Archive

प्रधानमन्त्रीको भारत भ्रमण पञ्चेश्वर र एयर रुटमा ब्रेक थ्रुको आशा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रधानमन्त्रीको भारत भ्रमण पञ्चेश्वर र एयर रुटमा ब्रेक थ्रुको आशा.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही १७ जेठमा भारत भ्रमणमा जाँदैछन् । तेस्रो कार्यकालमा पहिलो विदेश भ्रमण भारतबाटै गर्न लागेका प्रधानमन्त्री प्रचण्डले यसपटक आफ्नो भ्रमणका क्रममा केही महत्वपूर्ण विषयमा ब्रेक थ्रु हुुुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा शनिबार कतिपय सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणबारे प्रश्न सोधेका थिए । […]

सीके राउत र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on सीके राउत र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता.

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान नयाँदिल्ली गएका राउतले चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । जनमत पार्टीका प्रवक्ता बीपी साहका अनुसार राउतले अरु भारतीय नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । ‘उहाँ अझै केही दिन भेटवार्तामै रहनुहुनेछ । भेटवार्ता […]

प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री, एमालेले बैठक चल्न दिएला

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री, एमालेले बैठक चल्न दिएला.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । अपराह्न ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक […]

बजेट ‘मितव्ययिता’ को ब्राण्डमा पुरानै कार्यक्रमको निरन्तरता

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on बजेट ‘मितव्ययिता’ को ब्राण्डमा पुरानै कार्यक्रमको निरन्तरता.

काठमाडौं । आगामी सोमबार संघीय संसद्‍मा पेश हुने आउँदो आर्थिक वर्ष २०८०र८१ को बजेटको मस्यौदाको काम ‘बजेट लेखन समिति’ले लगभग सकिसकेको छ । यसलाई अन्तिम रूप दिन बाँकी भए पनि बजेटले एउटा प्रारूप भने ग्रहण गरिसकेको छ । बजेट लेखन समितिका एक अधिकारीका अनुसार यसपटकको बजेटमा ‘मितव्ययिता’को ब्राण्डमा पुरानै कार्यक्रमको निरन्तरता हुनेछ । ‘यसपालीको बजेट […]

६ घण्टादेखि सांसदहरू बैठक कुरेको कुरेकै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ६ घण्टादेखि सांसदहरू बैठक कुरेको कुरेकै.

काठमाडौं । प्रमुख विपक्षी दलको अवरोधका कारण २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक ६ घण्टा हुन लाग्दा समेत सुरु हुन सकेको छैन । नेताहरुका अनुसार सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसिक्यो । अनौपचारिक छलफल पनि भइरहेका छन् । तर, पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने […]

फाइनलमा पुग्न नेपालले काजकिस्तानसंग प्रतिस्पर्धा गर्दै

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on फाइनलमा पुग्न नेपालले काजकिस्तानसंग प्रतिस्पर्धा गर्दै.

काठमाडौँ । राजधानीमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा पुग्न नेपालले काजकिस्तान प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज यी दुईबीचको खेल ५ बजे शुरु हुनेछ। नेपाल बंगलादेश र किर्किस्तानलाई हराउँदै समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहको तीन खेलमा नेपाल भारतसंग मात्र पराजित भएको हो । काजकस्तान समूह […]

रेशम चौधरीले पठाएको पत्र राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा पठायो

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on रेशम चौधरीले पठाएको पत्र राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा पठायो.

काठमाडौं । सजाय माफी गरी आफूलाई कैदमुक्त गर्न माग गर्दै रेशम चौधरीले पठाएको पत्र राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयमा पठाएका छन् । रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । टिकापुरमा […]

आइपिएलको फाइनलमा पुग्न मुम्बई र गुजरातबीच प्रतिस्पर्धा हुँदै

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on आइपिएलको फाइनलमा पुग्न मुम्बई र गुजरातबीच प्रतिस्पर्धा हुँदै.

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाईनलमा पुग्न आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समय अनुसार आज साँझ ७:४५ बजे दोस्रो क्वालिफायर खेलमा पाँच पटकको उपाधिधारी मुम्बई इन्डियन्स र साविक विजेता गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। मुम्बई एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै दोस्रो क्वालिफायर खेलमा पुगेको हो। त्यसैगरी […]

स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पुन बस्दै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पुन बस्दै.

काठमाडौँ । प्रतिनिधिसभाको २० मिनेटका लागि आजलाई स्थगित गरिएको बैठक आजै दिउँसो ३ बजे बस्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अबरुद्ध गरेपछि अपराह्न १२ः४५ मिनेटमा २० मिनेटका लागि स्थगित गरिएको थियो। सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणबस बैठक बस्ने समय परिवर्तन भएको जानकारी गराएको हो। आजै बसेको अघिल्लो बैठकमा प्रमुख […]

सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन.

जनकपुरधाम। सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादव छन् । राजगढ गाउँपालिका-१ झुटकी बस्ने लक्ष्मणप्रसाद यादवका छोरा पेसलानन्दको विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा छुइएर सिकिस्त घाइते भएका थिए। शुक्रबार विद्यालयले नियमित रूपमा खेदकुद […]