Sajhamanch Archive

कोशी प्रदेशको बजेट अधिवेशन १४ जेठमा बोलाउन सिफारिस

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on कोशी प्रदेशको बजेट अधिवेशन १४ जेठमा बोलाउन सिफारिस.

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन १४ जेठमा आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १४ गतेबाट बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । सोमबार बसेको बैठकले प्रदेश निजामती सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० र […]

प्रधानाध्यापक सरुवाको विरोधमा बारामा गाउँपालिका कार्यालय तोडफोड र आगजनी

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on प्रधानाध्यापक सरुवाको विरोधमा बारामा गाउँपालिका कार्यालय तोडफोड र आगजनी.

बारा। प्रधानाध्यापक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले बाराको सुवर्णपुर गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन्। हर्दिया माविका प्रधानाध्यापक रामएकवाल प्रसाद, देवापुर वहुर्आका प्रधानाध्यापक चन्देश्वरप्रसाद यादव, नेराप्रावि मझरीका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र कवही जगाद माविका प्रधानाध्यापक नथुनीप्रसाद यादवलाई गाउँपालिकाले सरुवा गरेपछि विद्यार्थी र असन्तुष्ट समूहले गाउँपालिका कार्यालयमा तोडफोड गरेका हुन्। गाउँपालिका अध्यक्ष राजेशप्रसाद यादव, उपाध्यक्ष पुनम कुमारीको कार्यकक्ष […]

ओलीलाई नेपालको प्रश्न : अरुलाई सत्तो सराप गरेर हुँदैन, बनिसकेको सरकार किन हातबाट फुत्कियो ?

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ओलीलाई नेपालको प्रश्न : अरुलाई सत्तो सराप गरेर हुँदैन, बनिसकेको सरकार किन हातबाट फुत्कियो ?.

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारबाट बाहिरिएकोमा अरुलाई दोष दिएर सत्तोसराप नगर्न एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । हातमा आइसकेको सत्ता किन फुत्कियो भन्ने आत्मसमीक्षा गर्न नेपालले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई सुझाव दिएका हुन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति […]

फरार ढोरपाटनका मेयरसहित सहकारी सञ्चालकको यात्रा अनुमति रद्द

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on फरार ढोरपाटनका मेयरसहित सहकारी सञ्चालकको यात्रा अनुमति रद्द.

पोखरा । बागलुङको इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई यात्रा अनुमतिमा रोक लगाइएको छ । गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाएर अध्यक्ष नेपालीसहित ६ जना सञ्चालकलाई यात्रा अनुमति रद्द गर्न निर्देशन दिएको हो । कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक […]

Culture Ministry seeks clarification from Lumbini Development Trust

Published: in English by . Leave a Comment on Culture Ministry seeks clarification from Lumbini Development Trust.

KATHMANDU: The Ministry of Culture, Tourism and Civil Aviation on Sunday sought a 13-point clarification to the Lumbini Development Trust. The Ministry has given the deadline of 15 days on 13 different issues to the Trust’s Vice-Chairperson to furnish clarification on the allegations of misuse of power, arbitrary contract deal with the construction company, embezzlement […]

आज जैविक विविधता दिवस मनाइँदै

Published: in मिडियाबाट साभार, लोकप्रिय, विश्व समाचार, समाज by . Leave a Comment on आज जैविक विविधता दिवस मनाइँदै.

काठमाडौँ। अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकास जस्ता मुद्दामा जैविक विविधताको महत्त्व झल्काउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ। जमिन तथा […]

झापामा पोथी हात्ती मृत फेला

Published: in लोकप्रिय, समाज by . Leave a Comment on झापामा पोथी हात्ती मृत फेला.

बनियानी। झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ । आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्याल, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको जानकारी दिए । हात्ती मृत फेला परेको स्थानमा […]

सप्तरीमा युवकको हत्या

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सप्तरीमा युवकको हत्या.

जनकपुरधाम । सप्तरीमा एकजना युवकको हत्या भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको हो । अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी नरेशकुमार सिंहले बताए […]

विपन्न,असहाय, बेवारिसे बिरामीको निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने बालेन

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on विपन्न,असहाय, बेवारिसे बिरामीको निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने बालेन.

काठमाडौँ । कुल शय्याको दश प्रतिशत शय्या विपन्न, असहाय, बेवारिसे बिरामीका लागि छुट्याइ निशुल्क उपचार नगर्ने निजी अस्पताललाई काठमाडौ महानगर पालिकाले कारबाही गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निजि अस्पताललाई उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ सेवा दिएको विवरण अनिवार्य रुपमा हरेक महिनाको १० गते […]

आज सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरी

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आज सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउँदै प्रहरी.

काठमाडौँ ।जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ। आइतबार अबेरसम्म पनि प्रतिवेदन लेखन नसकिएपछि आज बुझाउने तयारी प्रहरीले गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० दानबहादुर कार्कीले केही जरुरी […]