Sajhamanch Archive

सन्दीप पक्षले पेस गरेको उमेरको कागजातमा विवाद देखिएपछि अदालतले फेरि माग्यो प्रमाण

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सन्दीप पक्षले पेस गरेको उमेरको कागजातमा विवाद देखिएपछि अदालतले फेरि माग्यो प्रमाण.

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धी मुद्दामा आज पनि अन्तिम सुनुवाइ सुरु हुन सकेन । तर, लामिछानेका कानुन व्यवसायीले सुरुदेखि नै उठाएको उमेर विवादमा फेरि प्रमाण बुझ्ने आदेश भएको छ । न्यायाधीश फडिन्द्रनाथ पराजुलीको इजलासले प्रमाण बुझ्ने आदेश दिएको हो । लामिछाने पक्षले पुर्पक्षको बहसदेखि नै मुद्दाको जाहेरवाली नाबालिग नरहेको दाबी गर्दै आएको छ । […]

लापरबाहीपूर्वक कार चलाएर दुर्घटना गराउने पृथ्वी मल्ललाई ४ वर्ष जेल सजाय

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on लापरबाहीपूर्वक कार चलाएर दुर्घटना गराउने पृथ्वी मल्ललाई ४ वर्ष जेल सजाय.

काठमाडौँ । लापरबाहीपूर्वक कार चलाएर दुर्घटना गराउने बुढानीलकण्ठ(८ भद्रकालीका पृथ्वी मल्ललाई पाटन उच्च अदालतले ४ वर्ष जेल र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । उच्च अदालतका न्यायाधीश राजेन्द्र खरेल र जगदीश घिमिरेको इजलासले फैसला सुनाउँदै मल्ललाई जेल सजाय र जरिवानाको फैसला गरेको अदालतका शाखा अधिकृत गिरिराज भण्डारीले बताए । मल्लले लापरबाहीपूर्वक चलाएको कारले […]

बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते.

धनगढी । बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन्, दुई जना घाइते छन् ।आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले बताए । अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको उनले जानकारी दिए । […]

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु थप ३ दिन हिरासतमा रहने

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु थप ३ दिन हिरासतमा रहने.

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । यो प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले बताएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी […]

सहकारीको रकम तिर्न नसकेपछि ढोरपाटनका मेयर सम्पर्कविहीन

Published: in मिडियाबाट साभार, लोकप्रिय, सहकारी by . Leave a Comment on सहकारीको रकम तिर्न नसकेपछि ढोरपाटनका मेयर सम्पर्कविहीन.

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली सम्पर्कविहीन भएका हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर सदस्यहरुको आरोप छ । ‘जिल्ला प्रशासन कार्यालयमा इमेज सहकारीका सेयर सदस्यहरुले मेयर भागेको भन्दै निवेदन लिएर आएपछि हामीले […]

कोशी प्रदेश योजना आयोगका उपाध्यक्षले लिए शपथ

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on कोशी प्रदेश योजना आयोगका उपाध्यक्षले लिए शपथ.

विराटनगर। कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। शपथग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई सबैको सहयोगमा समृद्ध प्रदेशका रुपमा विकास गर्ने बताए। उनले कोशी प्रदेश हुनु भन्दा पहिले […]

बागमतीका नवनियुक्त ६ मन्त्रीले लिए शपथ

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on बागमतीका नवनियुक्त ६ मन्त्रीले लिए शपथ.

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए । कांग्रेसबाट मसिना खड्का भण्डारी वन […]

बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on बागमतीमा मन्त्रिपरिषद विस्तार, कांग्रेसका ४ र एकीकृत समाजवादीका २ मन्त्री नियुक्त.

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन् । कांग्रेसकै रामकृष्ण चित्रकार विना […]

तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्न माग.

काठमाडौँ। नेपाल चामल, तेल, दाल, उद्योग संघले तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको छ। आइतबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको हो। संघले तोरीको तेल अत्यावश्यक खाद्य वस्तु भएको भन्दै अवैधरुपमा भित्रने तोरीको तेलका कारण स्वदेशी […]

अन्ततः भेटियो बुद्धको जहाज भित्र मुसा

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on अन्ततः भेटियो बुद्धको जहाज भित्र मुसा.

काठमाडौं । शनिबार जनकपुरमा ‘मुसा’ देखिएपछि ग्राउण्डेड भएको बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसो फेला परेको छ । जहाजमा मुसो रहेको यात्रुले देखेका थिए । तर, शनिबार चेकजाँचका क्रममा मुसो फेला नपरेका कारण जहाज जनकपुरमै रोकिएको थियो । आइतबार बिहान ट्रयापमा मुसा भेट्टिएको र जहाजलाई सम्पूर्ण चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको बुद्ध […]