Sajhamanch Archive

अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जित.

एजेन्सी । घरेलु टोली अष्ट्रेलियाविद्धको टि–ट्वान्टीमा सिरिज अन्तर्गत पहिलो खेलमा भारतले जित निकालेको छ । शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । मनुका ओभलमा भारतले जितका लागि दिएको १६२ रनको लक्ष्य अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १५० रन बनायो । अष्ट्रेलियाका लागि कप्तान अरोन फिन्चले सर्वाधिक ३५ रनको […]

थप १२७२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १२७२ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८०४१ वटा पीसीआर परीक्षण गर्दा १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १५७५ जना कोरोना […]

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक.

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरुले आफैं सार्वजनिक गरेका छन् । आयोगले २०७५ सालमा सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएपछि आयोगका सदस्यहरुले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गरेपछि पत्रकारहरुसँग आयोगका सदस्य श्याकुमार श्रेष्ठले जनतालाई सूचनाको हक भए अनुसार प्रतिवेदनमा के […]

रिलायन्स फाईनान्स १२ औं वर्षमा प्रवेश

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय by . Leave a Comment on रिलायन्स फाईनान्स १२ औं वर्षमा प्रवेश.

झापा । रिलायन्स फाईनान्स लिमिटेड स्थापनाको ११ औं वर्ष पार गरि १२ औं वर्षमा प्रवेश गरेको छ । वि.सं.२०६६ असार २३ गते स्थापना भएको रिलायन्सले २०६६ मंसीर १८ गतेदेखि आर्थिक कारोबारको यात्रा सुरु गरेको हो । लोटस फाईनान्ससँग वि.सं.२०७१ बैशाख २५ गते  मर्ज भई संयुक्त कारोबार थालेको फाईनान्सले छोटो समयमानै आफूलाई मुलुकको स्थापित वित्तीय संस्थाका […]

जीवनसाथीसँग सधैं खुसी रहन नगराैं यी ५ गल्ती

Published: in टिप्स/जानकारी by . Leave a Comment on जीवनसाथीसँग सधैं खुसी रहन नगराैं यी ५ गल्ती.

सम्बन्ध एकपटक गठन गरेर मात्रै हुँदैन । यसलाई जारी राख्न र नियमित गराउनु पनि महत्वपूर्ण कुरा हो । कुनै पनि सम्बन्धलाई बलियो र राम्रो बनाउनको लागि सम्बन्धमा लापरवाही र एकअर्कालाई ध्यान नदिनुले अक्सर सम्बन्धमा कमजोरी ल्याउँछ । त्यसकारण तपाईं यस्ता गल्ती गर्नबाट जोगिनुपर्छ, जसले तपाईंको सम्बन्धलाई कमजोर बनाओस् । यसरी आफ्नो जीवनसाथीसँगको व्यवहारमा यस्ता बानीबाट […]

सुनचाँदीको भाउ बढ्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनचाँदीको भाउ बढ्यो.

काठमाडौं । सुनचाँदीको भाउ पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार ९ सय कायम गरेको छ । हिजो बिहीबारको तुलनामा तोलामा ३ सयले बढेको हो । बिहीबार तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मुल्य पनि तोलामा ३ सय रुपैयाँले […]

उदयपुरमा बम विष्फोट, चारजना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on उदयपुरमा बम विष्फोट, चारजना घाइते.

विराटनगर । उदयपुरको कटारी नगरपालिका वडा नं.८ मर्जेतपुरको सौर्य सिमेन्ट खानीमा बम विष्फोट भएको छ। बिहीबार राति करिब १२ बजे बम विष्फोट भएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रबहादुर श्रेष्ठले बताए। विष्फोटपछि भागदौड हुँदा चारजना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालले जानकारी दिए।  बमले एउटा स्काभेटरमा क्षति पुगेको छ ।       […]

कोरोनाविरुद्धको खोपलाई नाफाको माध्यम बनाउनु हुँदैन : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाविरुद्धको खोपलाई नाफाको माध्यम बनाउनु हुँदैन : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप उपलब्ध नभएसम्म कोरोना महामारीबाट विश्व सुरक्षित हुन नसक्ने बताएका छन्। संयुक्त राष्ट्र संघको कोभिड–१९ सम्बन्धी विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप निर्माणमा संलग्न कम्पनी र कोरोना खोप विश्व माझ पुर्‍याउन विशेष भूमिका निर्वाह गरिरहेको कोभाक्सको प्रशंसा समेत गरे। प्रधानमन्त्री ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको […]

कक्षा १२ को अन्तिम परीक्षाको फाराम भर्नुअघिसम्म कक्षा ११ को नतिजा पठाउन निर्देशन

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा १२ को अन्तिम परीक्षाको फाराम भर्नुअघिसम्म कक्षा ११ को नतिजा पठाउन निर्देशन.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम भर्नुअघिसम्म कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई निर्देशन गरेको छ । त्यसअघि विद्यालयले आफ्नो आन्तरिक कार्यतालिका अनुसार परीक्षा गर्न सक्नेछन् । पुरानो शैक्षिक सत्रको कक्षा १२ को परीक्षा झण्डै आठ महिनापछि भएकाले नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यस्तो […]

पठन संस्कृति : के सफलताका लागि पढ्न जरुरी छ ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on पठन संस्कृति : के सफलताका लागि पढ्न जरुरी छ ?.

रिडिङ इज टु द माइन्ड ह्वाट एक्सरसाइज इज टु द बडी’– जोसफ एडिसन (१६७२–१७१९) ! एक प्रख्यात अंग्रेजी साहित्यकार एवं सम्पादकले आजभन्दा करिब तीन सय वर्षअघि यो कुरा भनेका थिए । अर्थात् पढाइ दिमागका लागि त्यति नै जरुरी छ, जति शारीरिक स्वास्थ्यका लागि व्यायाम । उनको यो कुरालाई केही वैज्ञानिकले आफ्ना शोधमार्फत पुष्टि पनि गरे […]