Sajhamanch Archive

साना समस्यामा अल्झिए विकास हुन सक्दैन् : मन्त्री नेम्वाङ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साना समस्यामा अल्झिए विकास हुन सक्दैन् : मन्त्री नेम्वाङ.

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ठूला र महत्त्वपूर्ण आयोजनामा साना समस्यालाई नहेरिकन काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा भएको प्रथम चौमासिकको प्रगति समीक्षा तथा विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री नेम्वाङले साना समस्यामा अल्झिएर बसे विकास निर्माण नै हुन नसक्ने बताए । आयोजना क्षेत्र तथा प्रभावित क्षेत्रमा […]

झापामा थप ५९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ५९ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २८ महिला र ३१ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा १ महिलासहित ५ जना, मेचीनगर नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा ७ महिलासहित १० जना, भद्रपुर नगरपालिकामा ३ महिलासहित ७ जना, अर्जुनधारा नगरपालिकामा २ जना पुरुष, कनकाई नगरपालिकामा १ […]

यौन सम्बन्धमा समयको तालमेल

Published: in टिप्स/जानकारी by . Leave a Comment on यौन सम्बन्धमा समयको तालमेल.

दम्पतीले आफ्नो यौन जीवनबाट सधै एकनासले सन्तुष्ट लिइरहेका हुँदैनन् । कुनै समय उनीहरु यौनबाट भरपुर आनन्द लिन्छन् भने कहिले सामान्य । यौन क्रिया एउटै हो । तर सन्तुष्टिको स्तर किन फरक ? किनभने यसमा दम्पतीको मुड, वातावरण, स्थान, समय सबैकुरा निर्भर गर्छ । यौन सम्पर्कका लागि सबैभन्दा प्रमुख त दम्पतीको भावनात्मक अवस्था नै हो । […]

कोरोना बीमाको भुक्तानी तीन दिनभित्रै दिइ सक्न अर्थ मन्त्रालयको निर्देशन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना बीमाको भुक्तानी तीन दिनभित्रै दिइ सक्न अर्थ मन्त्रालयको निर्देशन.

काठमाडौं । अर्थ मन्त्रालयले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको छ । बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात दिनभित्रै दाबी रकम भुक्तानीको लागि निर्देशन दिए पनि यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै अब तीन दिनभित्रै रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । यसको लागि हिजो र आज अर्थ मन्त्रालयमा मन्त्री […]

राष्ट्रपति भेट्न प्रचण्ड शीतल निवासमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भेट्न प्रचण्ड शीतल निवासमा.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि शीतलनिवास पुगेका छन् । बालुवाटारबाट शीतल निवास पुगेर ओलीले राष्ट्रपति भण्डारीसँग संवाद गरेका थिए। नेकपाको विवादका कारण पछिल्लो समय अध्यक्ष दाहालले आफू घेराबन्दी परेको बताउँदै आएका छन्। यसै क्रममा उनी पनि राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका स्रोतले बतायो […]

प्रदेश १ मा २ सय ८७ जना कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २ सय ८७ जना कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय ८७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा १ सय २२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको […]

मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

Published: in समाज by . Leave a Comment on मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु.

पर्सा। पर्सामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका-६ गमरिया बस्ने २५ वर्षीय दिनेश साहको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो । मोटरबाट पानी तानेर खेतमा पानी लगाउने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि उनलाई तराई अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ […]

अझै १५ दिन सिनेमा हल नखुल्ने

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अझै १५ दिन सिनेमा हल नखुल्ने.

अहिले फिल्म क्षेत्रबाहेक भीडभाड हुने प्रायः सबै क्षेत्र खुलिसकेका छन् । आठ महिनादेखि सिनेमा हललगायत फिल्म सम्बन्धि गतिविधि ठप्प हुँदा फिल्म क्षेत्रले अर्बौंको घाटा बेहोरिसकेको छ ।  चलचित्र विकास बोर्डसँगै फिल्म सम्बद्ध विभिन्न संघ-संस्थाहरुले लामो समयदेखि सिनेमा हल, फिल्म निर्माण र प्रदर्शन खुल्ला गर्न सरकारसँग माग गरिरहेका छन् । केही दिन अगाडि ६ वटा संस्थाले […]

बहुविवाह मुद्धाका फरार प्रतिवादी कारागार चलान

Published: in समाज by . Leave a Comment on बहुविवाह मुद्धाका फरार प्रतिवादी कारागार चलान.

झापा । बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परी कारागार चलान भएका छन् । कारागार चलान हुनेमा साविक कुमरखोद गाविस ५ घर भई हाल बिर्तामोड २ बस्ने राजकुमार कोच रहेका छन् । झापा जिल्ला अदालत भद्रपुरको २०७४ असार ४ गतेको फैसलाअनुसार बहुविवाह मुद्दाका प्रतिवादी कोचलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो […]

नवौं राष्ट्रिय खेलकुद फागुनमा नुहुने

Published: in खेलकुद, समाज by . Leave a Comment on नवौं राष्ट्रिय खेलकुद फागुनमा नुहुने.

पोखरा। पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधारअन्तर्गत स्विमिङ, सुटिङ र हकीबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् । […]