Sajhamanch Archive

विन्टर सिजनका लागि दुई समूहलाई हिमाल आरोहण अनुमति

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विन्टर सिजनका लागि दुई समूहलाई हिमाल आरोहण अनुमति.

काठमाडौं । विन्टर सिजनका लागि हिमाल चढ्न दुई समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्म विन्टर सिजनका लागि लुजा पिक (५७२६ मिटर) र काङगेरी-२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको छ । हिमालमध्ये लुजा पिक चढ्न तीन जनाले आरोहण अनुमति लिएका छन् । उनीहरु नेपाली हुन् । यता, काङगेरी-२ आरोहणको अनुमति […]

कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु.

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । काठमाडौं र ललितपुरका २/२, मकवानपुर, कास्की, नवलपरासी पूर्व, स्याङ्जा, पाल्पा, दाङ र कैलालीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जनाएका छन् । काठमाडौंकी ७७ वर्षकी महिलाको मंसिर १६ गते मृत्यु भएको छ । मंसिर ७ गते अस्पताल […]

अष्ट्रेलियामाथि भारतको रोमान्चक जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on अष्ट्रेलियामाथि भारतको रोमान्चक जित.

एजेन्सी । भारतले अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम ओडिआई खेलमा १३ रनको रोमान्चक जित हात पारेको छ । तेस्रो तथा अन्तिम खेलमा भारतको जितसँगै तीन ओडिआई सिरिज २–१ ले सकिएको छ । यसअघि दुवै खेलमा अष्ट्रेलियाले जित हासिल गरेको थियो । बुधबार जितका लागि ३ सय ३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.३ ओभरमा २ सय […]

झापामा थप ३१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ३१ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १० महिला र २१ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा मेचीनगरमा ६, बाह्रदशीमा ५, बिर्तामोडमा ४, शिवसताक्षीमा ३, दमक, भद्रपुर र कन्काईमा २/२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै हल्दिबारी, अर्जुनधारा, कचनकवलमा १/१ र जिल्ला बाहिर ठेगाना भएका […]

राजावादीलाई छुट, गणतन्त्रवादीलाई निषेधाज्ञा ? : बाबुराम भट्टराई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राजावादीलाई छुट, गणतन्त्रवादीलाई निषेधाज्ञा ? : बाबुराम भट्टराई.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेपछि जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा ट्विट गर्दै तनहुँको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई पक्राउ गरेपछि असन्तुष्टि जनाएका हुन् । गणतन्त्रको विरोध गर्दै राजावादीहरू देशव्यापी गरिरहेको प्रदर्शनमा सरकार मौन बसेको आरोप लगाएका छन् […]

नेकपा सचिवालय बैठक आउँदाे २० गतेसम्मका लागि स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठक आउँदाे २० गतेसम्मका लागि स्थगित.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार केही बेर बसेर स्थगित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा केही बेर छलफल गरेर बैठक सकिएको छ । अब अर्को बैठक २० गते बस्ने तय भएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष […]

थप १४९० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १४९० जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८३०० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना जितेर १५६७ जना डिस्चार्ज भएका छन् । हालसम्म २ लाख १८ […]

कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा.

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएपछि प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो । पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमा लेखेका छन् ।

आदित्य र श्वेता बैबाहिक जीवनमा बाँधिए

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on आदित्य र श्वेता बैबाहिक जीवनमा बाँधिए.

बलिउडका सफल पाश्र्व गायक उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिएका छन् । गायक, कार्यक्रम संचालक आदित्यले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग बिहे गरेका हुन् । मुम्बइको जुहुस्थित इस्कान मन्दिरमा आदित्य र श्वेताले बिहे गरेका हुन् । आदित्यको घरबाट बेहुला अन्माउँदै गर्दा गायक उदितनारायण झा, गायिका दीपा नारायण झा लगायतले नृत्य गरेका थिए । […]

प्रतितोला पाँच सयले बढ्यो सुनको भाउ

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on प्रतितोला पाँच सयले बढ्यो सुनको भाउ.

झापा । सुनको भाउ बुधबार पनि बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले बुधबारका लागि छापावल सुनको भाउ प्रतितोला ९१ हजार र तेजाबीको ९० हजार ५५० रुपैयाँ तोकेको छ । मंगलबार छापावल र तेजाबी सुनको भाउ प्रतितोला क्रमश ९० हजार पाँच […]