जुनसुकै सम्बन्ध पनि एउटा विश्वासमा बनाइन्छ, जब शंका वा दुराचार बीचमा आउँछ, यसले सम्बन्धलाई टुक्राटुक्रा पार्न समय लिँदैन । यस परिवर्तित युगमा जति सजिलै सम्बन्धहरू निर्माण हुन्छन्, त्यति नै चाँडो तिनीहरू टुक्रिन्छन् पनि । यस्तो अवस्थामा सम्बन्धमा आउने फाटोले दम्पतीहरूमा डिप्रेसन निम्त्याउन सक्छ । आजकल धेरैजसो युवापुस्ता यस अवस्थाबाट गुज्रिरहेका छन् । सम्बन्धलाई सञ्चालन गर्न […]
काठमाडौं । गएको चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आउँदो पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको […]
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५-५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी […]
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिडले अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले ध्यान दिने बताए । त्यसका लागि निजी क्षेत्रले पनि साथ दिनुपर्ने उनले बताए । “सरकार अग्रभागमा […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९११ जनामा गरिएको परीक्षणमा १४७४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । पछिल्लो २४ घण्टामा १९३१ जना डिस्चार्ज भएका छन् […]
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि खोपको प्रतीक्षा विश्वभर छ । खोप आएपछि महामारी विस्तारै नियन्त्रण हुँदै जाने अपेक्षा छ । खोप विकास गरेका केही कम्पनीले खोप प्रभावकारी रहेको र अबको केही समयमा नै विश्व बजारमा आउने दाबी गरेका छन् । अहिलेसम्म फाइजर, मोडेर्ना र अक्सफोर्ड युनिभर्सिटीले आफ्नो खोपको अन्तिम चरणको मानव […]
काठमाडौं । काठमाडौंमा सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए । त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊ जस्ता नारा पनि लगाएका थिए ।
विराटनगर । विराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना विरामीको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । विराटनगर महानगरपालिका वडा नं.४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा गएराति करिब १ बजे एम्बुलेन्स ठोक्किँदा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो । एम्बुलेन्स ठोक्किँदा गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा […]
काठमाडौं । सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै अस्पतालहरु एउटै डिजाइनका हुनेछन् । अस्पतालहरु दुई वर्षभित्र निर्माण […]
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।